काठमाडौं । यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन । तीज गीत भन्ने बितीकै छोरी चेलीले आफ्ना, समाज वा देशका समस्या र परिस्थितिलाई उनेर गाइन्थ्यो । यो नै तीज गीतको मूल मर्म हो ।
तर पछिल्ला केही वर्षमा तीजका गीतमा यी कुराहरु समेटिएको पाईंदैन । धेरै गीतहरु भ्यूजमूखी मात्र छन् । रातो सारी लाएर नाचेका भिडियो अपलोड गर्दै तीज नाम दिइएको हुन्छ । सबैमा यो लागू भएको हुँदैन । अझै पनि तीजको मर्मलाई जीवन्त राख्दै बनेका गीत पनि सार्वजनिक भएका छन् । यहीमध्ये विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएकी गीतकार तथा संगीतकार जानकी पन्थले पनि यस वर्षको तीज पर्वलाई केन्द्रित गरेर तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ ल्याएकी छन् ।
म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द र संगीत जानकीकै रहेको छ । लोकप्रिय गायिका अस्मिता अधिकारी र अलिफ खानको सुमधुर स्वरले सजिएको गीतमा महेन्द्र भन्डारीको संगीत संयोजन रहेको छ । गीतले बोकेको शब्द भाव उच्च र फराकिलो प्रकारको रहेकाे छ । गीतमा एकातिर काठमाडौंमा लामो समयसम्म भाडामा बस्नुपरेको र आफ्नो एउटा घर जोड्न नसक्दाको पिडालाई समेटिएको छ भने अर्कोतिर तराइजस्तो उर्वर भुमी बाझो राखेर शहरमा अर्काको घरमा भाडामा बस्नुको औचित्य नरहेको सकारात्मक सन्देश दिन खोजिएको छ ।
कलाकारहरु अनु शाह र एसराज गराचको प्रभुख अभिनय तथा नृत्य रहेको यश गीतमा बालकलाकारहरु हृदया र आदित्यलाई पनि देख्न सकिन्छ । सुब्रत आचार्यको निर्देशन सन्तोष राजबाहकको नृत्य निर्देशन रहेको छ ।मोहन राईले नृत्य संयोजन गरेको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् । विष्णु खड्काको सम्पादन रहेको यस गीतको भिडियोलाई सेलीब्रेसन हाइट, सुकेधारा र टिकाथली आसपासका क्षेत्रमा छायांकन गरिएको हो ।
भिडियोमा लामो समय भाडामा बसेका दम्पतीहरुको व्यथालाई देखाइएको छ । गीतकी सर्जक जानकी भन्छिन् ‘सधैं गरगहना नयाँ सारीको मात्र माग कति गर्नु रु घर पाए त गहना पनि चाहिदैन लुगा बरु पुराना लगाउँला । तर आफ्नो नै हो है अब यहाँबाट अन्त सर्न पर्दैन है भन्ने एउटा आभास भने चाहिने रैछ । यो कुरा म लगायत भाडाको घरमा बस्ने अन्य धेरैले महसुस गर्नुभएको होला । हामी सबैको कथा–व्यथा बोकेको तीज गीत हो । सबैले माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु ।’
पन्थका यसअघि ‘ओए बुढा’, ‘तम्घासबाट हिँडेको गाडी’, ‘पल्लाघरे लाहुरेले लान्छ अरे बाइ’, ‘बबाल तीज’ लगायतका तीज गीत तथा वाचा त गरे, बोल न केही, रोकिन लाग्यो सास मेरो प्रिया, तिम्रो त आज खुशिको पल, मायालाइ तराजुमा, मायाकै पीडा नसकि खप्न अनायासै सोध्यौ यस्तो प्रश्न, यदि तिमी खुशी छौ भने, लागायतका आधुनिक गीत गजल र हल्ला चल्छ चलिरहन देउ, यो मायामा रुन नपरोस्, डाडावारि जुन भयो त डाडापारी घाम, न्याउली रुदा यो मन रुन्छ नि, माया मारे है, अहिलेसम्म फोनै आएन लगायतका लोकदोहोरी गीतहरु हालसम्म पनि लोकप्रिय छन् ।
उनले केही चलचित्रहरुमा समेत आफ्ना शब्द सजाइसकेकी छन् भने पन्थ एकल शब्द तथा संगीतमा एकल एल्वम निकाल्ने नेपालकी प्रथम महिला समेत हुन् । २०६८ सालमा सार्वजनिक भएको एल्वम ुसंघारु बाट उनले यो उपाधी प्राप्त गरेकी हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: