सर्लाही । सर्लाही सदरमुकाम मलंगवाको अवस्था शनिबार तनावग्रस्त बनेको छ । शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगबाबा बजार क्षेत्र अशान्त बनेको हो ।
शुक्रबार मध्यरातबाट अवस्था सामान्य भए पनि शनिबार बिहानबाट अवस्था तनावग्रस्त बनेको छ । आक्रोशित युवाहरू बिहानदेखि चौक चौकमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि मलङ्गवा बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित अप्रिय घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।
गएराति झडप रोक्न प्रहरीले १६ शेल अश्रुग्याँस र एक राउण्ड हवाइ फायर गरेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बेलाबेलामा अश्रुग्याँस प्रहार गरिरहेको छ ।
नगरपालिका चोक, मुख्य बजार क्षेत्रसहित भित्री बस्तीहरुमा समेत प्रदर्शन र ढुंगामुढा भइरहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ। गएरातिको तनावका कारण मलंगवा बजार आज ठप्प रहेकाे छ।
सम्पूर्ण पसल, व्यवसाय बन्द छन् भने मानिसको चहलपहल न्यून देखिन्छ। यातायातका साधन चलेका छैन। बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले धार्मिक, जातीय, सांस्कृतिक सद्भाव कायम राख्न अपिल गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - ०९:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...
जेष्ठ २५ गते, २०८३ - ०९:२७
रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...
जेष्ठ २५ गते, २०८३ - ०९:२३
काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...
जेष्ठ २५ गते, २०८३ - ०९:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...
जेष्ठ २५ गते, २०८३ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...
जेष्ठ २४ गते, २०८३ - २१:४६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...
जेष्ठ २४ गते, २०८३ - २१:४०
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...
जेष्ठ २४ गते, २०८३ - २१:३८
काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...
जेष्ठ २४ गते, २०८३ - २१:३०
उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...
जेष्ठ २४ गते, २०८३ - २१:२८
काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...



प्रतिकृया लेख्नुहोस्: