सुनसरी । झण्डै एक दशकसम्म सामाजिक अभियन्ताको रुपमा सक्रिय रहँदा जवाफदेही निकायलाई प्रश्न गरेरै धरानको मेयरसम्म बनेका साम्पाङ आफूलाई प्रश्न गर्नेसँग भने सधैं कठोर रुपमा पेश हुँदै आएका छन् । आफूलाई प्रश्न गरेकै आधारमा धरानका मेयर हर्क साम्पाङले एक जना युवालाई प्रहरी थुनामा पुर्याएका छन ।
यसपटक उनको यस्तो शैलीको शिकार बनेका छन्, धरान १५ का अशोक लिम्बू, जो मेयरलाई प्रश्न गरेकै आधारमा शुक्रबार साँझदेखि प्रहरी थुनामा रहेका छन् । मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागुऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन् । यसपटक पनि शुक्रबार अपरान्ह उनी आफ्नो टोलीसहित हातेमाइक बोकेर धरान १५ पुगेका थिए । त्यहाँ पुगेर मेयर हर्कले बोल्दै गर्दा ती युवाले उनलाई प्रश्न गरेका थिए । यो भिडियो पनि सार्वजनिक भइसकेको छ।
‘हर्क दाई’ भन्दै ती युवाले मेयरलाई धरानमा मान्छे डेंगुले विरामी भएको तर तपाइँ चाहिँ फोटो खिचाउँदै हिँड्ने भन्दै प्रश्न गर्छन् । मेयर साम्पाङ ‘तिमी विरोध गर्न आएको ?’ भन्दै रिसाउँछन्। त्यहीबीचमा उनले नगर प्रहरीलाई उनलाई पक्राउ गर्न निर्देशन दिन्छन् । नगर प्रहरीले समातेर इलाका प्रहरी कार्यालय पुर्याएका ती युवा अहिले पनि प्रहरी थुनामै रहेका छन् ।
उनलाइ प्रहरीले पक्राउ नगरेको र नगर प्रहरीले ल्याएर जिम्मा लगाएको एक जना युवा प्रहरीसँग रहेकेा धरानका डिएसपी नवराज मल्लले बताए । डिएसपी मल्लले लिम्बूलाई ‘मौखिक उजुरीका आधारमा राखिएको’ बताए । उनीविरुद्ध कुनै उजुरी छ भन्ने प्रश्नमा डिएसपी मल्लको जवाफ थियो ‘मेयर सा ब को मौखिक उजुरी हो ।’
प्रहरी युवा संघले धरानमा गर्ने कार्यक्रममा व्यस्त भएको, आज सार्वजनिक बिदा भएको र उसबारे जिल्ला सुरक्षा समितिका पदाधिकारी जानकार रहेको उनको भनाइ छ । प्रहरीले बिना उजुरी र बिना कुनै कसुर थुनामा राखेका युवालाई मेयर साम्पाङले भने अराजकता फैलाउने’ भनेर लाञ्छित गरेका छन् । सामाजिक सन्जाल फेसबुकमा उनले अराजकता फैलाउनेलाई थुनाएको भनेर लेखेका छन् ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मेयरमाथि अभद्र व्यवहार भएको कुरा आएपछि अनुसन्धानका लागि लिम्बूलाई नियन्त्रणमा लिएको तर शनिबार बिहानै छाडिसकेको बताइन् । अहिले भर्खरै प्रहरीले ती युवा हामीसँगै हुनुहुन्छ भनिरहेको छ नि, कसरी छुटे भन्ने प्रतिप्रश्नमा प्रजिअ पाण्डेले ‘त्यसो भए किटानी जाहेरी परेर अनुसन्धानमा होला ’ भन्ने जवाफ दिइन् । प्रहरीले भने मेयरको मौखिक उजुरीका भरमा थुनामा राखेको बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: