सुनसरी । झण्डै एक दशकसम्म सामाजिक अभियन्ताको रुपमा सक्रिय रहँदा जवाफदेही निकायलाई प्रश्न गरेरै धरानको मेयरसम्म बनेका साम्पाङ आफूलाई प्रश्न गर्नेसँग भने सधैं कठोर रुपमा पेश हुँदै आएका छन् । आफूलाई प्रश्न गरेकै आधारमा धरानका मेयर हर्क साम्पाङले एक जना युवालाई प्रहरी थुनामा पुर्याएका छन ।
यसपटक उनको यस्तो शैलीको शिकार बनेका छन्, धरान १५ का अशोक लिम्बू, जो मेयरलाई प्रश्न गरेकै आधारमा शुक्रबार साँझदेखि प्रहरी थुनामा रहेका छन् । मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागुऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन् । यसपटक पनि शुक्रबार अपरान्ह उनी आफ्नो टोलीसहित हातेमाइक बोकेर धरान १५ पुगेका थिए । त्यहाँ पुगेर मेयर हर्कले बोल्दै गर्दा ती युवाले उनलाई प्रश्न गरेका थिए । यो भिडियो पनि सार्वजनिक भइसकेको छ।
‘हर्क दाई’ भन्दै ती युवाले मेयरलाई धरानमा मान्छे डेंगुले विरामी भएको तर तपाइँ चाहिँ फोटो खिचाउँदै हिँड्ने भन्दै प्रश्न गर्छन् । मेयर साम्पाङ ‘तिमी विरोध गर्न आएको ?’ भन्दै रिसाउँछन्। त्यहीबीचमा उनले नगर प्रहरीलाई उनलाई पक्राउ गर्न निर्देशन दिन्छन् । नगर प्रहरीले समातेर इलाका प्रहरी कार्यालय पुर्याएका ती युवा अहिले पनि प्रहरी थुनामै रहेका छन् ।
उनलाइ प्रहरीले पक्राउ नगरेको र नगर प्रहरीले ल्याएर जिम्मा लगाएको एक जना युवा प्रहरीसँग रहेकेा धरानका डिएसपी नवराज मल्लले बताए । डिएसपी मल्लले लिम्बूलाई ‘मौखिक उजुरीका आधारमा राखिएको’ बताए । उनीविरुद्ध कुनै उजुरी छ भन्ने प्रश्नमा डिएसपी मल्लको जवाफ थियो ‘मेयर सा ब को मौखिक उजुरी हो ।’
प्रहरी युवा संघले धरानमा गर्ने कार्यक्रममा व्यस्त भएको, आज सार्वजनिक बिदा भएको र उसबारे जिल्ला सुरक्षा समितिका पदाधिकारी जानकार रहेको उनको भनाइ छ । प्रहरीले बिना उजुरी र बिना कुनै कसुर थुनामा राखेका युवालाई मेयर साम्पाङले भने अराजकता फैलाउने’ भनेर लाञ्छित गरेका छन् । सामाजिक सन्जाल फेसबुकमा उनले अराजकता फैलाउनेलाई थुनाएको भनेर लेखेका छन् ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मेयरमाथि अभद्र व्यवहार भएको कुरा आएपछि अनुसन्धानका लागि लिम्बूलाई नियन्त्रणमा लिएको तर शनिबार बिहानै छाडिसकेको बताइन् । अहिले भर्खरै प्रहरीले ती युवा हामीसँगै हुनुहुन्छ भनिरहेको छ नि, कसरी छुटे भन्ने प्रतिप्रश्नमा प्रजिअ पाण्डेले ‘त्यसो भए किटानी जाहेरी परेर अनुसन्धानमा होला ’ भन्ने जवाफ दिइन् । प्रहरीले भने मेयरको मौखिक उजुरीका भरमा थुनामा राखेको बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: