Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

‘सरसफाइमैत्री पालिका’ खोटाङको साकेला

खबरडबली संवाददाता

खोटाङ । साकेला गाउँपालिकाले फोहरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ । गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाइ पूर्णरुपमा ‘सरसफाइमैत्री पालिका’ बनाउन डस्टबिन राख्न सुरु गरेको हो । 

जिल्लाको सबैभन्दा सानो (पाँच वडामात्र रहेको) साकेला गाउँपालिकाले मानेभञ्ज्याङदेखि नौलाखर्कसम्मको बजार, पार्क तथा सडकमा फालिएका फोहरमैला हटाउनुका साथै आवश्यकपर्ने र बढी जनघनत्व हुने ठाउँमा डस्टबिन राखेको छ । गाउँपालिकाको समृद्धिका लागि हरेक दिन विविध गतिविधि गर्दै आएको पालिकाले सार्वजनिक बिदाका दिनमा समेत फोहरमैला व्यवस्थापन र सरसफाइका क्षेत्रमा काम गर्दै आएको छ । 

गाउँपालिकाले सुरु गरेको अभियानमा गाउँपालिकाअन्तर्गतका सबै कर्मचारी औपचारिक पोशाक लगाएरै उत्साहका साथ सहभागी हुने गरेका छन् । गाउँपालिकाले सबै वडाअन्तर्गतका विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिकस्थल, सडक तथा पार्कमा फोहरमैला व्यवस्थापनका लागि डस्टबिन राख्ने गरेको छ । 

विभिन्न ठाउँमा राखिएका डस्टबिनमा सङ्कलन गरिएका फोहरमैलालाई गाउँपालिकाले डम्पिङसाइटमा लगेर व्यवस्थापन गर्ने जनाइएको छ । फोहरमैला व्यवस्थापनका लागि साकेला गाउँपालिका–३ खिदिमामा जग्गाकोसमेत व्यवस्थापन भइसकेको र डम्पिङसाइट निर्माण गर्ने तयारी भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए । 

गाउँपालिकाले सुरु गरेको फोहरमैला व्यवस्थापन कार्यलाई सहयोग गर्न स्थानीय नागरिकसमेत अग्रसर भएर लागिपरेका छन् । “पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफैँ अग्रसर र जिम्मेवार बन्नुपर्छ, अनिमात्र हामीले देखेको सपना पूरा हुन्छ”, गाउँपालिका प्रमुख राईले भने, “सपना देखिसकेपछि योजना बनाएर काम गर्नुपर्छ । स्थानीय सरकारले सुरु गरेका सकारात्मक अभियानमा नागरिकले पनि साथ दिनेरहेछन् ।”

गाउँपालिकास्थित पूर्ण सरसफाइ कार्यक्रमको आयोजनामा भएको सरसफाइ कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय व्यवसायी र सरोकारवाला निकायको सहभागिता रहने गरेको छ । फोहरमैला व्यवस्थापनबारे पूर्ण सरसफाइ कार्यक्रमका कर्मचारीबाट सडक नाटकसमेत प्रस्तुत गरिएपछि सरसफाइ अभियानको कार्यक्रम सञ्चालन गरिएको हो ।

फोहरमैला व्यवस्थापन र पूर्ण सरसफाइको कार्यक्रम पालिकाका सबै वडा र टोल तथा बस्तीमा नियमितरुपमा गरिने गाउँपालिकाका प्रवक्ता जीवन खत्रीले जानकारी दिए । सरसफाइमैत्री स्थानीय तह बनाउन पालिकाले गर्ने हरेक गतिविधिप्रति जागरुक भएर सहयोग गरिने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । 

साकेला गाउँपालिकामा विगत चार वर्षअघिदेखि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ । विगतमा गैरसरकारी संस्थामार्फत सञ्चालन हुँदै आएको उक्त कार्यक्रम एक वर्षदेखि भने गाउँपालिका आफैँले सञ्चालन गरिरहेको छ । 

हरेक विकास निर्माणका कामलाई सार्थकता तुल्याउन सरकार र नागरिक एकढिक्का भएर अघि बढ्नुपर्ने गाउँपालिका प्रमुख राईले बताए । यसैक्रममा गाउँपालिका प्रमुख राईले विकास निर्माणका काम तथा परिवर्तनका लागि आफू केन्द्रित हुन नहुने धारणासमेत व्यक्त गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्सं...

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजै गर्ने रास्वपाको अडान

काठमाडौं । सत्ता पक्षका सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ आजै सम्पन्न गर्नुपर्ने अडान राखेका छन्। आज बिहान बसेको संसदीय सुनुवा...

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हतारोमा गर्न नहुने भन्दै विपक्षी दलको माग

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न समय दिनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले संसदीय सुनुवाइ...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन सार्न नेकपाको माग

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न मा...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन सार्न माग

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न मा...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो अध्यक्ष केपी शर्मा ओली को निवास ग...

सर्वोच्चमा प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता अन्योलमा, प्रशासनिक अवरोधको आरोप

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालतमा दिनभर दर्ता हुन नसकेपछि न्यायिक प्रशासनमाथि प्रश...

औषधी पसलमै ठूलो मात्रामा लागुऔषध फेला

ढल्केबर। इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले औषधी पसलमा ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका...

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३ सय...

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending