नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गेखोलामा पुल निर्माण अलपत्र परेको छ । तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ । कावासोती नगरपालिका–३ र ४ लाई जोड्ने गरी केरुङ्गेखोलामा निर्माणाधीन पुल अलपत्र परेको हो ।
विसं २०७७ असारसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्नेमा यसै अलपत्र पारी ठेकेदार सम्पर्कविहीन भएपछि समस्या भएको कावासोती –४ का वडाध्यक्ष नारायणप्रसाद लोहनीले बताए । पुल काम विसं २०७५ मा सुरु भएको थियो ।
पुलको केही भाग निर्माण सकिएको छ । बीच खण्डमा ढलानको काम बाँकी रहेको छ । आफूले पटक–पटक फोन गर्दा ठेकेदार सम्पर्कमा नआएको र कामसमेत अघि नबढाएको उनले बताए ।
“वडा, पालिकास्तरबाट पटक–पटक ताकेता गर्यौँ तर निर्माणको काम अघि बढाउन ठेकेदारले आलटाल गर्दै आएको छ”, वडाध्यक्ष लोहनीले भने । पुल निर्माण नहुँदा पानी पर्ने बित्तिकै आवतजावतमा समस्या हुने गरेको उनले बताए ।
एक सय ४० मिटर लम्बाइको पुल करिब १० करोड ५० लाखमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो । तर पटक–पटक म्याद थप गर्दासमेत निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।
पछिल्लोपटक विसं २०८० असारसम्म पुल निर्माण गर्ने गरी म्याद थप गरिएको थियो । यस अवधिमा समेत काम नसकेपछि पुलको काम झनै अन्योल अवस्थामा पुगेको वडाध्यक्ष लोहनीले बताए ।
कावासोती –३ र ४ लाई जोड्ने मात्रै नभएर हुप्सेकोट गाउँपालिकालाई सहजरूपमा सदरमुकाम कावासोती आउने सडकखण्डको पुलसमेत भएकाले यसको निर्माणमा ढिलाइ हुँदा जनताले धेरै सास्ती खेप्नुपरेको उनको भनाइ थियो ।
निर्माणधीन पुल अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि कावासोती नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नवलपुरलाई पत्राचार गरी ठेकेदारलाई झिकाई आवश्यक कारबाही र निर्माणको काम अघि बढाउन यसअघि पत्राचारसमेत गरेको थियो ।
गत असारमा निर्माण कम्पनीले असारभित्र ढलान गरी काम सक्ने प्रतिबद्धतासमेत जनाएकामा सो समयमा कुनै काम नगरी अहिलेसम्म अलपत्र पारेको वडाध्यक्ष लोहनीले बताए ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र महर्जनका अनुसार पुल निर्माणको म्याद सकिएकाले केन्द्रबाट म्याद थप भएमा काम अघि बढ्ने जानकारी दिनुभयो । नियमित प्रक्रियामा पुलको म्याद थप नहुने र पुराना ठेक्काको म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णय आएमात्र म्याद थप हुने उनले बताए ।
विकल्पमा सोही ठेकेदारबाट काम गराउनका लागि १० प्रतिशत क्षतिपूर्ति तिराएर काम लगाउन सकिने उनको भनाइ छ । ‘पुल निर्माण यसअघि नै सक्नुपर्नेमा ढिलो भयो, म्याद थप भएको छैन, केन्द्र सरकारले म्याद थप गरेमात्रै काम अघि बढ्ने हो वा क्षतिपूर्ति तिरेर काम गर्न सक्छ”, उनले भने, “अब वर्षा पनि कम हुन लागेको छ, ठेकेदारलाई चिठ्ठी काट्नुपर्ला ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: