काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजबाट एमालेमा पहिरो जाने थालेको बताएका छन् । पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
खनालले आफूहरु सही बाटोमा अघि बढ्न सके पार्टी पंक्तिभित्रका भ्रमहरुका बादल फाटेर जाने बताए । उनले भने, ‘अहिले हामी के कुरामा बढी चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग छ । विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन् । तर, हामीले यही मञ्जबाट एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं । अब एमालेभित्र पहिरो जाँदैछ ।’
उनले एमालेसँगको मतभिन्तालाई प्रष्टसँग देख्नुपर्ने बताउँदै पार्टीनिकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै एमाले अहिले पनि समाजवादमा जान सकिँदैन भन्ने पक्षमा रहेको जिकिर गरे ।
उनले भने, ‘एमालेले अहिले त समाजवाद ल्याउँनै सक्दैन भन्छ समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन । अहिले पनि दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज हुर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन त्यसले जबज नै लक्ष्य हो भन्छ । त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो ।’
उनले जबजले कम्युनिष्ट पार्टीको नेतृत्व र मार्क्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने टिप्पणी गरे । आफूहरू समाजवादको बाटोमा रहेको उल्लेख गर्दै समाजवाद आवश्यकताबारे जानकारी गराउँन राष्ट्रव्यापी रुपमा अभियान लिएर जाने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: