तुलसीपुर । केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफैँले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गरेका छन् ।
कृषि शिक्षा बढी प्रयोगात्मकमा केन्द्रित हुने भएकाले पनि सबै विद्यार्थी मिलेर यसरी कृषि खेती गरिएको र उत्पादित तरकारी आफैँले बिक्री गर्ने गरेको एक विद्यार्थी रेशम विश्वकर्माले बताए । “हाम्रो विषय पनि कृषि भएकाले कृषिलाई कसरी आधुनिककरण गर्न सकिन्छ भन्ने पनि थाहा हुन्छ”, उनले भने, “खोज अनुसन्धान गर्न सहज पनि भएको छ ।”
विद्यालयले बीउलगायत अन्य प्राविधिक सहयोगका साथै आवश्यकता अनुसार ऋण पनि दिने गरेकामा विद्यार्थीरुले त्यो ऋण त्यही उत्पादित वस्तु बिक्री गरेर तिर्नाका साथै बाँकी रहेको रकम कोषमा जम्मा गर्ने गरेका छन् ।
प्रयोगात्मकका लागि लाग्ने खर्च त्यही कोषबाट ब्यहोर्दै आइएको विद्यार्थी शोभा बुढाथोकीले बताइन् । तुलसीपुर–३ स्थित गोटीखोलामा आठ कट्ठा, रानागाउँमा दुई बिघा १७ कट्ठा, गाडीबरा सामुदायिक वनको एक बिघा जति जग्गा भाडामा लिएर यसरी खेती तथा अन्य प्रयोगात्मक कार्य हुँदै आएको छ । विद्यार्थीहरुले यसअघि ५२ किलो बोडी तथा सिमी बिक्री गरेका थिए ।
त्यस्तै हाल हलेदो, सयपत्री, आँप, कटहर, अमिला जातका फलफूल, सितलचिनी, खयर, अमला, हर्रोबर्रो, भटमासलगायत खेती गरेका छन् । विद्यालयमा उद्यमी क्लब गठन गरेर यसरी उनीहरु व्यवसायमा जोडिएको विद्यालयका कृषि सङ्काय प्रमुख समीक्षा गुप्ताले बताइन् । सैद्धान्तिक कक्षाबाहेक प्रयोगात्मक कक्षाको समयमा उनीहरुले समूह बनाएर यसरी खेती गर्दै आएका छन् ।
मेहनतअनुसारको फल प्राप्त भएपछि विद्यार्थीहरुलाई थप हौसला मिलेकोे छ । विद्यार्थीहरुलाई आम्दानी पनि हुने र अनुसन्धान पनि हुने भएकाले पनि व्यावसायिक खेतीलाई प्रोत्साहन गरिएको हो । योसँगै विद्यार्थीहरुले कस्तो ठाउँ र कस्तो मौसममा के खेती हुन्छ भन्ने कुरा पनि थाहा पाउने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: