Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

यामाहाद्वारा ‘राइड टु मोटो जीपी’को घोषणा

खबरडबली संवाददाता

काठमाडौं ।  

यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ। भारतमा पहिलो पटक मोटो जीपी आयोजना हुने अवसरमा यामाहा नेपालले आफ्नो प्रेस विज्ञप्ति मार्फत् यस ऐतिहासिक अवसरको घोषणा गरेको हो।

नेपाली मोटरसाइकलको इतिहासमै पहिलो पटक यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेशनल सर्किट, नोएडासम्म मोटो जीपी हेर्न भारत लैजाने भएको छ। २०२३ को २० सेप्टेम्बरदेखि ब्लू स्क्वायर, नक्सालबाट सुरु भएर २३ मोटो जिपिको प्रत्यक्ष अनुभब गरी त्यहाँ बाट पुन काठमन्डौ फर्की यो यात्रा सम्पन्न हुनेछ । छानिएका यामाहा राइडरहरूले मोटोजीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकनको अनुभव प्राप्त गर्नेछन्। मोटो जीपी भारतमा सन् २०२३ को २२ देखि २४ सेप्टेम्बरसम्म हुँदैछ।


यामाहाले नेपाली समुदायका बिचमा रेसिङको भावनालाई जगाउने काम गरेको गरिरहेको छ । यामाहाका स्पोर्ट्स मोटरसाइकल र मोटोजीपीप्रति यामाहाका राइडरहरूको उत्साहलाई मनन् गर्दै ‘राइड टु मोटो जीपी’ को इभेन्ट तयार गरिएको हो।

यसमा सहभागिताका लागि यामाहा नेपालले एक विशेष माइक्रोसाइटको सिर्जना गरेको छ जहाँ यामाहा राइडरहरूले पहिलो चरणको दर्ताका लागि आफ्ना प्रारम्भिक विवरणहरू पठाउन सक्नेछन्। पहिलो चरणको दर्ता कार्यक्रम सेप्टेम्बर ९, २०२३ सम्म रहनेछ। दर्तापछि यामाहाले अर्को राउन्डको छ्नौट प्रकृया अघी बढाउनेछ । यामाहाले दशजना राइडरहरूको छनोट गर्नेछ। छनोट भएकाहरूले केही नियम र सर्तहरू पनि पालना गर्नु पर्नेछ।

‘हामीले धेरै मोटरसाइकल र मोटो जीपी फ्यानहरूले आफ्नो दुई पाङ्ग्रेमा भ्यालेन्टिनो रोसीका स्टिकरहरू लगाएको देखेका छौं। त्यतिमात्र नभई गियाकोमो अगोस्टिनी, जोर्जे लरेन्जोजस्ता यामाहा राइडरहरूले पनि युवाहरूलाई रेसिङमा उत्प्रेरित गरेका छन्। मोटो जीपीमा हालका यामाहाका फेबियो क्वार्टारारो पनि यसमा अगाडि छन्। यामाहा चढ्नेहरू, जो मोटो जीपीका प्रशंसक छन् र जो रेसको साक्षी भई त्यस रोमान्चक क्षणमा जिउन चाहन्छन्, वहाँहरुका लागि ‘राइड टु मोटो जीपी’ एक अविष्मरणीय अवसर हो। हामी यामाहाका तर्फबाट सबै यामाहाका राइडरहरूलाई यस प्रतियोगिताको लागि आवेदन दिन र जीवनमा अविस्मरणीय क्षण प्राप्त हुने अवसरको रुपमा अनुभव गर्न अपील गर्दछौं। हामी यो घोषणा गर्न पाउँदा एकदमै खुसी छौं’ एम. ए. डब्लूका यामाहा डिभिजनका सीईओ राजु क्षेत्रीले आव्हान गरे।

यामाहा मोटरको स्थापनादेखि नै यसको कर्पोरेट संस्कृतिको रूपमा मोटरस्पोर्टहरू अनिवार्य रूपमा रहँदै आएका छ। राइड टु मोटो जीपी, मोटो जीपीको रोमान्चकतालाई नेपाल नजिकै ल्याउन र धेरै मोटरस्पोर्टका उत्साहीहरुलाई रेसिङतर्फ आकर्षित गर्नका लागि एउटा कोसेढुङ्गा हो। यसैगरी यामाहा नेपालले नेपालमा रेसिङ इभेन्टहरुको प्रवर्धन गर्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending