काठमाडौं ।
यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ। भारतमा पहिलो पटक मोटो जीपी आयोजना हुने अवसरमा यामाहा नेपालले आफ्नो प्रेस विज्ञप्ति मार्फत् यस ऐतिहासिक अवसरको घोषणा गरेको हो।
नेपाली मोटरसाइकलको इतिहासमै पहिलो पटक यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेशनल सर्किट, नोएडासम्म मोटो जीपी हेर्न भारत लैजाने भएको छ। २०२३ को २० सेप्टेम्बरदेखि ब्लू स्क्वायर, नक्सालबाट सुरु भएर २३ मोटो जिपिको प्रत्यक्ष अनुभब गरी त्यहाँ बाट पुन काठमन्डौ फर्की यो यात्रा सम्पन्न हुनेछ । छानिएका यामाहा राइडरहरूले मोटोजीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकनको अनुभव प्राप्त गर्नेछन्। मोटो जीपी भारतमा सन् २०२३ को २२ देखि २४ सेप्टेम्बरसम्म हुँदैछ।
यामाहाले नेपाली समुदायका बिचमा रेसिङको भावनालाई जगाउने काम गरेको गरिरहेको छ । यामाहाका स्पोर्ट्स मोटरसाइकल र मोटोजीपीप्रति यामाहाका राइडरहरूको उत्साहलाई मनन् गर्दै ‘राइड टु मोटो जीपी’ को इभेन्ट तयार गरिएको हो।
यसमा सहभागिताका लागि यामाहा नेपालले एक विशेष माइक्रोसाइटको सिर्जना गरेको छ जहाँ यामाहा राइडरहरूले पहिलो चरणको दर्ताका लागि आफ्ना प्रारम्भिक विवरणहरू पठाउन सक्नेछन्। पहिलो चरणको दर्ता कार्यक्रम सेप्टेम्बर ९, २०२३ सम्म रहनेछ। दर्तापछि यामाहाले अर्को राउन्डको छ्नौट प्रकृया अघी बढाउनेछ । यामाहाले दशजना राइडरहरूको छनोट गर्नेछ। छनोट भएकाहरूले केही नियम र सर्तहरू पनि पालना गर्नु पर्नेछ।
‘हामीले धेरै मोटरसाइकल र मोटो जीपी फ्यानहरूले आफ्नो दुई पाङ्ग्रेमा भ्यालेन्टिनो रोसीका स्टिकरहरू लगाएको देखेका छौं। त्यतिमात्र नभई गियाकोमो अगोस्टिनी, जोर्जे लरेन्जोजस्ता यामाहा राइडरहरूले पनि युवाहरूलाई रेसिङमा उत्प्रेरित गरेका छन्। मोटो जीपीमा हालका यामाहाका फेबियो क्वार्टारारो पनि यसमा अगाडि छन्। यामाहा चढ्नेहरू, जो मोटो जीपीका प्रशंसक छन् र जो रेसको साक्षी भई त्यस रोमान्चक क्षणमा जिउन चाहन्छन्, वहाँहरुका लागि ‘राइड टु मोटो जीपी’ एक अविष्मरणीय अवसर हो। हामी यामाहाका तर्फबाट सबै यामाहाका राइडरहरूलाई यस प्रतियोगिताको लागि आवेदन दिन र जीवनमा अविस्मरणीय क्षण प्राप्त हुने अवसरको रुपमा अनुभव गर्न अपील गर्दछौं। हामी यो घोषणा गर्न पाउँदा एकदमै खुसी छौं’ एम. ए. डब्लूका यामाहा डिभिजनका सीईओ राजु क्षेत्रीले आव्हान गरे।
यामाहा मोटरको स्थापनादेखि नै यसको कर्पोरेट संस्कृतिको रूपमा मोटरस्पोर्टहरू अनिवार्य रूपमा रहँदै आएका छ। राइड टु मोटो जीपी, मोटो जीपीको रोमान्चकतालाई नेपाल नजिकै ल्याउन र धेरै मोटरस्पोर्टका उत्साहीहरुलाई रेसिङतर्फ आकर्षित गर्नका लागि एउटा कोसेढुङ्गा हो। यसैगरी यामाहा नेपालले नेपालमा रेसिङ इभेन्टहरुको प्रवर्धन गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: