रामेछाप । रामेछाप जिल्लामा आलुको उत्पादन २८ प्रतिशतले वृद्धि भएको छ । विगत वर्षहरुको तुलनामा यसवर्ष आलु उत्पादन भएकाे हाे ।
विगत वर्षहरुमा कृषकहरूले परम्परागत रूपमा गर्दै आएको आलु खेतीमा आधुनिक विधि सहित उन्नत जातको बिउको प्रयोग गरेपछि आर्थिक वर्ष २०७८/०७९ मा भन्दा २०७९/०८० मा आलुको उत्पादनमा वृद्धि भएको हो ।
किसानहरूलाई आलु उत्पादन सम्बन्धी तालिमको व्यवस्था, पीबीएस तथा उन्नत आलुको बिउको प्रयोग, सिँचाइ सुविधाको विस्तार, उचित मल खादको प्रयोग, रोग कीराको पहिचान तथा रोकथाम र ड्याम बनाएर आलु खेती गरिएका कारण गत वर्षको भन्दा यो वर्ष २८ प्रतिशतले आलु उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रेले जानकारी दिए ।
आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गएको आर्थिक वर्ष २०७९/८० मा रामेछापमा आलुको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा वृद्धि भएको छ । उनका अनुसार क्रप कटिङ प्रविधिबाट लिइएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रति हेक्टर १५ दशमलव १४ मेट्रिक टन उत्पादन भई जिल्ला भर ४९ हजार ६ सय ३० मेट्रिक टन आलु उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा आलुको उत्पादकत्व बढेर प्रति हेक्टर १९ दशमलव ३८ मेट्रिक टन फल्दा यो वर्ष ६४ हजार ७८७ मेट्रिक टन आलु उत्पादन भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ रामेछापको विभिन्न भेगका तीन हजार २ सय ७८ हेक्टर जमिनमा आलु बाली लगाइएकोमा आर्थिक वर्ष २०७९/०८० मा २ प्रतिशतले वृद्धि भई तीन हजार तीन सय ४३ हेक्टर जमिनमा आलु लगाइएको थियो । दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको रामेछापमा विशेष गरी उमाकुण्ड, गोकुलगंगा, दोरम्बा शैलुङ, सुनापति गाउँपालिकासहित खाँडादेवी गाउँपालिकाको माथिल्लो भेगमा पर्याप्त मात्रामा आलु उत्पादन हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: