रामेछाप । रामेछाप जिल्लामा आलुको उत्पादन २८ प्रतिशतले वृद्धि भएको छ । विगत वर्षहरुको तुलनामा यसवर्ष आलु उत्पादन भएकाे हाे ।
विगत वर्षहरुमा कृषकहरूले परम्परागत रूपमा गर्दै आएको आलु खेतीमा आधुनिक विधि सहित उन्नत जातको बिउको प्रयोग गरेपछि आर्थिक वर्ष २०७८/०७९ मा भन्दा २०७९/०८० मा आलुको उत्पादनमा वृद्धि भएको हो ।
किसानहरूलाई आलु उत्पादन सम्बन्धी तालिमको व्यवस्था, पीबीएस तथा उन्नत आलुको बिउको प्रयोग, सिँचाइ सुविधाको विस्तार, उचित मल खादको प्रयोग, रोग कीराको पहिचान तथा रोकथाम र ड्याम बनाएर आलु खेती गरिएका कारण गत वर्षको भन्दा यो वर्ष २८ प्रतिशतले आलु उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रेले जानकारी दिए ।
आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गएको आर्थिक वर्ष २०७९/८० मा रामेछापमा आलुको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा वृद्धि भएको छ । उनका अनुसार क्रप कटिङ प्रविधिबाट लिइएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रति हेक्टर १५ दशमलव १४ मेट्रिक टन उत्पादन भई जिल्ला भर ४९ हजार ६ सय ३० मेट्रिक टन आलु उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा आलुको उत्पादकत्व बढेर प्रति हेक्टर १९ दशमलव ३८ मेट्रिक टन फल्दा यो वर्ष ६४ हजार ७८७ मेट्रिक टन आलु उत्पादन भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ रामेछापको विभिन्न भेगका तीन हजार २ सय ७८ हेक्टर जमिनमा आलु बाली लगाइएकोमा आर्थिक वर्ष २०७९/०८० मा २ प्रतिशतले वृद्धि भई तीन हजार तीन सय ४३ हेक्टर जमिनमा आलु लगाइएको थियो । दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको रामेछापमा विशेष गरी उमाकुण्ड, गोकुलगंगा, दोरम्बा शैलुङ, सुनापति गाउँपालिकासहित खाँडादेवी गाउँपालिकाको माथिल्लो भेगमा पर्याप्त मात्रामा आलु उत्पादन हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: