काठमाडौं । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको सबैभन्दा बढी ध्यान काठमाडौं उपत्यकामा हुने गरेको छ । लापरबाही रुपमा सवारी नचलाउन् भनेर ठाउँ ठाउँमा सडक छेउछाउ सीसीटीभी जडान गरिएका छन् ।
सवारीको गति मापन गर्न भन्दै ट्राफिक प्रहरीले ‘लिडार गन’को समेत प्रयोग गर्दै आएको छ । तर पनि सवारी सञ्चालनमा लापर्वाही गरिँदा एकपछि अर्को दुर्घटना भइरहेका छन् । काठमाडौं उपत्यकामा प्रहरीको पछिल्लो तीन आर्थिक वर्षमा भएको दुर्घटना हेर्दा अधिकांश चालककै लापरबाही देखिन्छ ।
काठमाडौं उपत्यकाकाको भक्तपुर–कोटेश्वर सडक खण्डमा नै तीब्र गतिमा सवारी सञ्चालन गर्ने गरिएको भन्दै ट्राफिक प्रहरीले सधैंजसो नै लिडार गनले गति मापन गरिरहेको हुन्छ । त्यही सडक खण्डको पेप्सीकोलामा आइतबार तीब्र गतिमा हुइँकिएको सार्वजनिक बस सडकमै पल्टियो । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको उक्त बस पल्टिएर विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडीसँग ठोक्किन पुग्यो । दुर्घटनामा परी दुई जनाले ज्यान गुमाए । जता पायो उतैबाट बाइक क्रस गर्ने, जथाभावी बाटो काट्ने पैदलयात्री र तीब्र गतिका सवारी चलाउँदा यो दुर्घटना भएकाे प्रहरीकाे भनाइ छ ।
उपत्यकामा भएको सवारी दुर्घटनाको प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो तीन आर्थिक वर्षमा ३० हजार ९ सय ५३ सवारी दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७७र७८ मा ९ हजार ५ सय ४५ सवारी दुर्घटना हुँदा १ सय ६६ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा १० हजार ७ सय ३३ दुर्घटना हुँदा १ सय ९१ को मत्यु भयो । त्यस्तै, वर्ष ७९र८० मा १० हजार ६ सय ७५ दुर्घटना हुँदा १ सय ८७ जनाको मृत्यु भएको थियो ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार, दुर्घटना हुनेमा सबै भन्दा धेरै दुईपांग्रे सवारी साधन रहेका छन् । जसमा चालकको लापरवाही प्रमुख कारण बनेको छ । ओभरटेक र सवारी साधनमा आएको खरावीसँगै यात्रुको गल्ती पनि दुर्घटनाको अर्को कारण रहेको ट्राफिक प्रहरीहरू बताउँछन् । सडक अवस्था पनि कमजोर छ । कालोपत्रे गरेका सडकहरुमा खाल्डाखुल्डी भएका छन् भने कच्ची सडकमा समेत सवारी तिब्र गतिमा गुडाउदा दुर्घटना हुने गरेका छन् ।
त्यस्तै, ट्राफिक नियमको पालना एवं सडक सुरक्षाप्रति उदासीन व्यवहार, सडक लेन पालनाप्रति उपेक्षा, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्तिले दुर्घटनाहरु हुने गरेका छन् । वर्षेनी सडक सञ्जाल, सवारी र पैदल यात्रीको संख्यामा बृद्धि हुँदा पनि सरकारले सडक सुरक्षामा ठोस योजना अघि सारेको छैन । एक लाख किलोमिटर सडक मध्ये दुईतिहाई सडक निर्माणमा सुरक्षाको मापदण्ड पालना नगरिएको सडक सुरक्षाविद् बताउँछन् ।
सवारी दुर्घटना धेरैजसो मानवीय त्रुटी वा लापरबाही नै हुने गरेको छ । सडकको स्तरीकरण, सडक सुरक्षाका लागि उपयुक्त सरकारी नीति, नियमको तर्जुमा गरी प्रभावकारी कार्यान्वयन आवश्यक छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: