Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

उपत्यकामा सवारी दुर्घटनाको मुख्य कारण दुईपांग्रेकाे लापरबाही

खबरडबली संवाददाता

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको सबैभन्दा बढी ध्यान काठमाडौं उपत्यकामा हुने गरेको छ । लापरबाही रुपमा सवारी नचलाउन् भनेर ठाउँ ठाउँमा सडक छेउछाउ सीसीटीभी जडान गरिएका छन् ।

सवारीको गति मापन गर्न भन्दै ट्राफिक प्रहरीले ‘लिडार गन’को समेत प्रयोग गर्दै आएको छ । तर पनि सवारी सञ्चालनमा लापर्वाही गरिँदा एकपछि अर्को दुर्घटना भइरहेका छन् । काठमाडौं उपत्यकामा प्रहरीको पछिल्लो तीन आर्थिक वर्षमा भएको दुर्घटना हेर्दा अधिकांश चालककै लापरबाही देखिन्छ ।

काठमाडौं उपत्यकाकाको भक्तपुर–कोटेश्वर सडक खण्डमा नै तीब्र गतिमा सवारी सञ्चालन गर्ने गरिएको भन्दै ट्राफिक प्रहरीले सधैंजसो नै लिडार गनले गति मापन गरिरहेको हुन्छ । त्यही सडक खण्डको पेप्सीकोलामा आइतबार तीब्र गतिमा हुइँकिएको सार्वजनिक बस सडकमै पल्टियो । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको उक्त बस पल्टिएर विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडीसँग ठोक्किन पुग्यो । दुर्घटनामा परी दुई जनाले ज्यान गुमाए । जता पायो उतैबाट बाइक क्रस गर्ने, जथाभावी बाटो काट्ने पैदलयात्री र तीब्र गतिका सवारी चलाउँदा यो दुर्घटना भएकाे प्रहरीकाे भनाइ छ ।

उपत्यकामा भएको सवारी दुर्घटनाको प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो तीन आर्थिक वर्षमा ३० हजार ९ सय ५३ सवारी दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७७र७८ मा ९ हजार ५ सय ४५ सवारी दुर्घटना हुँदा १ सय ६६ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा १० हजार ७ सय ३३ दुर्घटना हुँदा १ सय ९१ को मत्यु भयो । त्यस्तै, वर्ष ७९र८० मा १० हजार ६ सय ७५ दुर्घटना हुँदा १ सय ८७ जनाको मृत्यु भएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार, दुर्घटना हुनेमा सबै भन्दा धेरै दुईपांग्रे सवारी साधन रहेका छन् । जसमा चालकको लापरवाही प्रमुख कारण बनेको छ । ओभरटेक र सवारी साधनमा आएको खरावीसँगै यात्रुको गल्ती पनि दुर्घटनाको अर्को कारण रहेको ट्राफिक प्रहरीहरू बताउँछन् । सडक अवस्था पनि कमजोर छ । कालोपत्रे गरेका सडकहरुमा खाल्डाखुल्डी भएका छन् भने कच्ची सडकमा समेत सवारी तिब्र गतिमा गुडाउदा दुर्घटना हुने गरेका छन् ।

त्यस्तै, ट्राफिक नियमको पालना एवं सडक सुरक्षाप्रति उदासीन व्यवहार, सडक लेन पालनाप्रति उपेक्षा, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्तिले दुर्घटनाहरु हुने गरेका छन् । वर्षेनी सडक सञ्जाल, सवारी र पैदल यात्रीको संख्यामा बृद्धि हुँदा पनि सरकारले सडक सुरक्षामा ठोस योजना अघि सारेको छैन । एक लाख किलोमिटर सडक मध्ये दुईतिहाई सडक निर्माणमा सुरक्षाको मापदण्ड पालना नगरिएको सडक सुरक्षाविद् बताउँछन् ।

सवारी दुर्घटना धेरैजसो मानवीय त्रुटी वा लापरबाही नै हुने गरेको छ । सडकको स्तरीकरण, सडक सुरक्षाका लागि उपयुक्त सरकारी नीति, नियमको तर्जुमा गरी प्रभावकारी कार्यान्वयन आवश्यक छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending