Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८० शनिबार | 23rd September, 2023 Sat

अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !

खबरडबली संवाददाता

काठमाडौं । यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले पैसा खर्च गर्नुपर्नेछ ।

रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो । युरोपेली युनियनका तर्फबाट विज्ञापन तथा प्राइभेसीलाई लिएर लगातार दबाब बढिरहेको बेला मेटाले आफ्ना सेवाबापत शुल्क लिने निधो गरेको छ ।

मेटाको योजना अनुसार युरोपेली युनियन सम्बद्ध देशका कुनै पनि प्रयोगकर्ताका लागि फेसबुक तथा इन्स्टाग्राममध्ये एउटाका लागि शुल्क तिर्दा अर्को प्लाटर्फम निस्शुल्क चलाउन पाइने व्यवस्था गरिनेछ । साथै सशुल्क सेवा लिनेका लागि फेसबुक तथा इन्स्टाग्राममा विज्ञापन देखाइनेछैन ।

फेसबुक तथा इन्स्टाग्रामको सशुल्क संस्करणका लागि कति शुल्क तिर्नुपर्ने छ भन्ने बारेमा अहिलेसम्म खुलाइएको छैन ।

मेटाले पनि युरोपमा सशुल्क सेवा सुरुआत गर्ने समाचारका विषयमा कुनै आधिकारिक भनाइ सार्वजनिक गरेको छैन । एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबार अगाडि प्रदर्शन गर्ने वैद्य माओवादीका १७ कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं । सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहर...

सरकार र शिक्षक महासंघबीच वार्ता जारी

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सिंहदरबारमा रहेको गृह मन्त्रालयमा वार्ता जारी रहेकाे छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा...

शिक्षक आन्दाेलनकाे रिपाेर्टीङ गरीरहेका पत्रकारमाथि प्रहरीको हातपात

काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनकाे  रिपाेर्टीङ गरीरहेका सञ्चारकर्मीलाई दुव्र्यवहार र हातपात गरेका छन् ।  सिंहदरबारकाे दक्षिण गेटभित्र प्रवेश...

मलेसिया पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइने दिने भन्दै लाखौं रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हाल काठमाडौंको सेतोप...

झापामा सरकारी गाडीको ठक्करबाट दुईजना घाइते

काठमाडौं । झापाको कन्काई नगरपालिका–३ मा शुक्रबार सरकारी गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । दुर्घटनामा कन्काई नगरपालिका–३ की ६२ वर्षीया भूमिका ...

हेटौंडामा डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ

काठमाडौं ।  हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने  थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिग्रेनीका ३६ वर्षीय जीवन लामा भन्ने जीवन जि...

प्रेमी भेट्न इलाम पुगेकी युवतीलाई प्रभु बैंक कर्मचारीद्धारा बलात्कार प्रयास

इलाम । इलाम घुम्न गएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला प्रभु बैंक इलाम शाखाका कर्मचारी प्रमेश पोखरेलले बलात्कार प्रयास गरेका छन् । तराईको जिल्लाबा...

इलाम–२ मा सुहाङ की झलनाथ ?

काठमाडौं । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गिए सुवास नेम्वाङको निधन भए सँगै  इलाम क्षेत्र नं. २ प्रतिनिधीसभामा  निर्वाचन क्षेत्र जनप्रतिनि...

सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्छः मन्त्री शर्मा

काठमाडौं, ५ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा सबै सरोकारवाल...

भारतबाट आयात हुने केरामा पानामा देखिए सँगै आयातमा कडाइ

काठमाडाैं  । भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending