Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

सप्तरी क्षेत्र ४ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य सिंह पक्राउ

खबरडबली संवाददाता

सप्तरी  । कर्तव्य ज्यान मुद्दाका दोषी मधेश प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा मधेश प्रदेश सप्तरी क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित यादव गोविन्द चौधरीको हत्या अभियोगमा अदालतबाट दोषी ठहर  भएपछि उनलाई प्रहरीले पक्राउ गरेकेा हाे ।  

सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीका अनुसार फैसलाको सम्पूर्ण अभिलेख सर्वोच्चले यसै साता जिल्ला प्रहरी कार्यालयलाई पठाउनेबित्तिकै सदस्य सिंहलाई सप्तरी प्रहरीले सोमवार पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ । चर वर्ष जेल सयाज तोकिएका सिंह प्रदेश सभामा तीनै तहको अदालतबाट दोषी ठहर गर्दै चार वर्षको जेल सजाय तोकिसकिएको व्यक्ति मधेश प्रदेश सभामा प्रदेश सांसदको रुपमा रहँदै आएका थिए ।  

स्वतन्त्र सांसदका रुपमा निर्वाचित उनी २०७१ सालमै दोषी ठहर भएको जिल्ला अदालतको फैसलामा उल्लेख गरिएको छ । उनलाई सप्तरी लिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको ईजलाशले २०७१ चैत ११ गते अनिरुद्रसहितका व्यक्तिलाई ४ वर्ष कैदको फैसला गरेको थियो । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालेको २०७५ भदौँ ९ गतेको संयुक्त इजलाशले उनको हकमा जिल्लाको फैसलालाई नै सदर गरेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र वमकुमार श्रेष्ठ संयुक्त इजलासले २०७८ पुस १३ गते यसअघि जिल्ला तथा उच्च अदालतले गरेको  निर्णयलाई नै सदर गर्ने आदेश दिएको देखिन्छ । आरोपित यादवको निर्देशनमा साविकको बोदे बर्साइन गाविस –४ बाट वि.स. २०६४ असार ९ गते सप्तरी खोक्सरप्रवाह –१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीलाई नियन्त्रत्रणमा लिई नेङ्गडा गाविस –५ वैरिया टोलमा पुगाई पीडितलाई पाँचवटा गोली हानी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ । 

मृतकको २०६४ असार १० गते राजविराजस्थित अञ्चल अस्पतालमा शव परीक्षण भएको अस्पताल अभिलेखले जनाएको छ । उक्त विषयमा जाहेरी परेपछि यादव अदालतमा बयान दिनसमेत नआई फरार भएका थिए ।  अदालतले दोषी ठहर गरे पनि प्रहरीले भने हालसम्म यादवलाई पक्राउ गरेको छैन । मृतकका दिदी धनगढी गाविसकी ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दिएकाे थियाे  । 

फैसलामा के छ ?

सप्तरी जिल्ला अदालतले अनिरुद्र सिंह यादवसहतिको विरुद्ध २०७१–१२–११ गतेको फैसलामा भनिएको छ, “प्रतिवादीउपरको मुलुकी ऐनको दफा १३ (४) को अभियोग दावी पुग्न सक्दैन । प्रतिवादीको कसुर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (२) बमोजिम मृतकलाई घेरा हाल्ने र मार्न संयोग पारिदिनेसम्मको कसुरमा सग्लन भएको देखिन आउँछ । 

यसरी प्रतिवादीको कसुर १७ (२) नम्बरसम्मको देखिदा सोही नम्बर बमोजिम मृतकलाई घेरा हाल्ने र मार्नको निमित्त संयोग पारिदिनेसम्मको कसुरमा कसुरको मात्राका अधारमा यी प्रतिवादीलाई ४ वर्ष कैद हुन्छ । यस्तै, प्रतिबादीमध्येका ताराकान्त यादवले गरेको पुनराबेदनमा उच्च अदालत राजविराज इजलासले २०७५ भदौँ ९ गरेको फैसलाअनुसार रुकमिनि चौधरीले गरेको वकपत्र र जाहेरवालाको बकपत्र समेतबाट प्रतिवादी ताराकान्त यादव अरु किसिमको मुलतबी भएको पुष्टी भएको देखिएको हुँदा प्रतिबादी ताराकान्त यादवलाई ज्यानसम्बन्धीको १७ (२) अनुसार ४ वर्ष कैद हुने ठहराएको सुरु सप्तरी जिल्ला अदालतको मिति २०७१–१२–११ को फैसला हद्सम्म मिलेको नदेखिदा केही उल्टीभई प्रतिवादी ताराकान्त यादवलाई ज्यानसम्बन्धीको १७ (३) अनुसार निज प्रतिवादीको कसुरको मात्राको आधारमा २ वर्ष कैद हुने र अरुको हकमा जिल्ला अदालतको फैसला मिलेको देखिदा सदर हुने ठहर छ । 

कानुनको पालना र वर्षौदेखि अन्याय अत्याचार व्याप्त समाजमा न्याय स्थापनाका निम्ती प्रदेश सभा सदस्य सिंहलाई प्रहरीले तत्काल पक्राउ गर्न स्थानीहरूको माग रहँदैआएको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending