Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

ड्राइभिङ स्कूल संघ, नेपालका पदाधिकारीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

'ड्राइभिङ स्कूलका समस्या समाधान गर्न सरकार गम्भीर छ'

खबरडबली संवाददाता
काठमाडौं । ड्राइभिङ स्कूल संघ, नेपालले प्रधानमन्त्री प्रचण्डलाई १२ बुँदे माग सहित ज्ञापन पत्र बुझाएकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रमबीच ज्ञापन पत्र बुझाएकाे हाे ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले ड्राइभिङ स्कूलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । उनले मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए  । 
 
ड्राइभिङ स्कूल संघ, नेपालले बुझाएकाे ज्ञापनपत्रको पूर्णपाठः 
सम्माननीय प्रधानमन्त्री ज्यू 
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार
काठमाण्डौ, नेपाल 
बिषयः ज्ञापन पत्र सम्बन्धमा । 
महोदय्
प्रस्तुत विषयमा देशमा विद्यमान रहेको वेरोजगार समस्याहरुको हल होस् तथा सवारी दुर्घटना न्युनिकरण भई धनजनको क्षतिहुनबाट बचाउने उद्देश्यका साथ हामी ड्राइभिङ्ग स्कुल संचालकहरुले ड्राइभिङ्ग सीप सिकाउने समान उद्देश्यका व्यवसायीहरु मिलेर विधिवत रुपमा ड्राइभिङ्ग स्कुल संघ नेपाल दर्तागरी यस संघको छातामा रहेर नेपाल सरकारका बिभिन्न निकायमा दर्ता तथा अनुमति लिई ड्राइभिङ्ग स्कुल संचालन गर्दै आएको कुरा अवगत गराउदछौं । वेरोजगार युवा युवतीहरुलाई सवारी चालक प्रशिक्षण गराई स्वदेश तथा विदेशमा समेत रोजगार सृजनागराउदै देशको आर्थिक अवस्थालाई मजबुत बनाउन आवश्यक वातावरण बनाई थप शसक्त रुपमा अगाडि बढाउने लक्ष्य सहित हाम्रो ड्राइभिङ्ग स्कुल संघले तपशिल बमोजिमका समस्याहरुलाई समाधानको वातावरण बनाई विद्यमान अवस्थामा रहेका ऐन नियम संशोधन गर्नुपर्ने भए ऐन नियम संशोधन गरी कार्यन्वयन गरिदिनुहुन सम्माननिय प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौं । 
तपसिल
१) सवारी चालक अनुमति पत्र (लाईसेन्स) को आवेदन दर्ता गर्दा ड्राइभिङ्ग प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाण पत्र पेश गर्नुपर्ने प्रावधान सरकारले खारेज गर्दा दक्ष सवारी चालकको उत्पादनमा कमि आई अत्याधिक दुर्घटना भएर धनजनको ठुलो क्षति भईरहेकोले सवारी चालक अनुमति पत्र लिनको लागी ड्राइभिङ्ग तालिम तथा सिकेको प्रमाण पत्र अनिवार्य गराइयोस् ।  
२) सवारी चालक प्रशिक्षण केन्द्रको लागि प्रशिक्षण कार्यमा प्रयोगहुने सवारी साधनहरुमा पनि निजि तथा सामुदायिक विद्यालय सरह भन्सार शुल्कमा छुट तथा सवारी साधनहरुको रंग एउटै हुने व्यावस्था मिलाइयोस् । 
३) सबै प्रशिक्षण केन्द्रहरुले प्रशिक्षण प्रयोजनको लागि छुट्टा छुट्टै प्रशिक्षण स्थल बनाई प्रयोग गर्दा अत्याधिक मात्रामा खेती योग्य जमिन मासिने भएकोले प्रशिक्षण स्थल साझा रुपमा प्रयोग गर्न पाउने व्यावस्था गराइयोस् । 
४) विदेशको तुलनामा नेपालमा सावरी साधन बाट अत्यधिक दुर्घटना हुने हुदा यहाँका ड्राइभिङ्ग प्रशिक्षण केन्द्रहरुलाई समय समयमा यस सम्बन्धी तालिम, अध्ययन, लागी स्वदेश तथा बिदेश अवलोकन गर्ने प्रावधान मिलाईयोस। 
५) सवारी चालक अनुमति पत्र सम्बन्धी परीक्षा तथा अन्य निति नियम र नियमावली सम्बन्धी कार्यमा ड्राइभिङ्ग स्कुल संघको तर्फबाट पनि बिज्ञको प्रतिनिधित्व हुने व्यावस्था मिलाइयोस् । 
६) ड्राइभिङ्ग प्रशिक्षण केन्द्र दर्ता नविकरण  प्रत्येक ५÷५ वर्षमा नविकरण गर्ने व्यवस्था मिलाईयोस् ।
७) सवारी चालक अनुमति पत्र नविकरणको म्याद ५ वर्षको सट्टा त्यसलाई १० वर्षको नविकरण हुने व्यावस्था मिलाइयोस् । साथै विदेशमा रहेको नेपालीहरुलाई विदेशबाट नै नविकरण गर्न मिल्ने व्यवस्था गराईयोस । 
८) ड्राइभिङ्ग प्रशिक्षण केन्द्र दर्ता तथा नविकरण गर्दा नेपाल सरकारबाट अनिवार्य गरिएको मेकानिकल सुपरभाईजर र मेकानिकल इन्जिनियर आवश्यक नभएकोले सो ब्यवस्था हटाइयोस् ।  
९) दर्ता नविकरण नभएका व्यक्ति, समुह बाट पनि ड्राइभिङ्ग प्रशिक्षणको कार्य गराई रहेको र यसमा राज्यमौन रहेको हुदा दर्ता नविकरण गरी राज्यलाई कर तिर्ने व्यवसायीको व्यवसाय धरापमा परेकोले यस्तो कार्यको अनुगमन गरी त्यस्ता व्यक्ति, समुहहरुलाई तुरुन्त कारवाही गरियोस् ।
१०) सवारी चालक अनुमती पत्र नयाँ तथा नविकरण, प्रतिलिपि, वर्ग थप गरेको १,२ वर्षसम्म पनि सवारी चालक अनुमती पत्र वितरण नभएकोले यस कार्यलाई सबै प्रदेश कार्यलय मार्फत प्रिन्ट गराई यसलाई एक हप्ताभित्रमा नै दिने व्यवस्था मिलाईयोस ।
११) सवारी चालक अनुमती पत्रको लिखित परिक्षामा असफल भएपश्चात ९० दिनसम्म परिक्षामा सहभागी हुन नपाउने व्यवस्थाको अन्त्य गरियोस । 
१२) लिखित परिक्षा दिई उतिर्ण भईसकेका प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक परिक्षा असफल भए एक वर्ष भित्रमा राज्यको राजस्व बुझाई जति पटक पनि प्रयोगात्मक परिक्षा दिन पाउने व्यवस्था गरियोस ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending