बैतडी । बैतडीको सतबाँझस्थित सुक्खा फलफूल विकास केन्द्रको नर्सरीमा बिउका लागि ४५ हजार ओखरको दाना रोपिएका छन् । ओखरको बिजु बिरुवा उत्पादनका लागि दाना राख्ने कार्य सुरु भएको हो ।
२०१९ मा स्थापना भएको सतबाँझ बागवानी कुनै बेला रेड डेलिसियस नामको स्याउका लागि प्रसिद्ध थियो । जलवायु परिवर्तनलगायतका कारणले रेड डेलिसियस स्याउ फल्न छाडेपछि बागवानीको नाम फेरी सुक्खा फलफूल विकास केन्द्र राखिएको जनाइएको छ । अहिले यहाँ हिउँदे फलफूलका बिरुवाको नर्सरी स्थापना गरिएको छ ।
सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काका अनुसार भदौ महिनामा राखिएको ओखरको बिउबाट उत्पादन हुने बिरुवा डेढ वर्षपछि रोप्न मिल्ने हुन्छ । भदौमा राखिएको ओखरको बिरुवा आगामी वर्षको पुसमा बिक्री गर्न सकिने छ । यो वर्ष ६० हजार ओखरको दाना रोपेर बिरुवा उत्पादन गर्ने लक्ष रहेको छ। २५ हजार दाना ओखरको बिउ केही दिनपछि राख्ने तयारी छ । नर्सरीमा राखिएको ओखरको बिउमध्ये ४५ देखि ५० प्रतिशत मात्रै उम्रने गरेको प्राविधिक सहायक खड्काले बताए । ६० हजार दाना ओखरको बिउ राखेमा बढीमा तिस हजार बोट मात्रै उत्पादन हुने बताइन्छ ।
सुक्खा फलफूल विकास केन्द्रको नर्सरीमा ३० हजार ओखरका बिरुवा तयारी अवस्थामा छन् । गत वर्ष ३९ हजार बिरुवा बिक्री भएका थिए । सुक्खा फलफूल विकास केन्द्रले बर्सेनि फलफूलका बिरुवा उत्पादन गर्दै आएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको २९ हेक्टर क्षेत्रफलमा ओखर, आरु, नासपाती, स्याउ, आरुबखडा, कागजी बदामलगायतका बिरुवा उत्पादन हुँदै आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: