Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

भ्रष्टाचारी जोसुकै होस् कसैलाई पनि छोड्नु हुँदैन : मन्त्री किराती

खबरडबली संवाददाता

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचारी जोसुकै होस् कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पर्यटनमन्त्री किराँतीले यस्ताे बताएका हुन् । 

उनले  सबै भ्रष्टाचारसम्बन्धी मुद्दामा सुक्ष्म ढंगले अनुसन्धान हुनुपर्ने बताउँदै भ्रष्टाचार मुद्दामा सरकारले व्यवसायिक र कानुनी ढंगले छानबिन गर्नुपर्ने बताए । सबै भ्रष्टाचारी जोसुकै होस् कसैलाई पनि छोड्नुहुने भन्दै उनले 'दूधको दूध पानीको पानी छुट्याउनुपर्ने बताए ।

सुन प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पृर्वसभामुख कृष्णबहादुर महरालाई सरकारले किन पक्राउ नगरेको भनी पत्रकारले सोधेको प्रश्नमा मन्त्री किराँतीले सुन प्रकरणमा अनुसन्धान जारी रहेकाले पक्राउ गरिहाल्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए।

'सुन प्रकरणमा संलग्न भए/नभएको पुष्टि गर्न महराको छोरा अनुसन्धानको दायरामा आउनु भएको छ। अनुसन्धान जारी छ,'उनले भने,'अनुसन्धान गर्दै जाँदा म आएपनि मलाई नछोड्नु भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले बोल्दै हिँड्नु भएको छ।  भ्रष्टाचारीलाई छोडिनु हुँदैन। निर्दोष फस्नु हुँदैन।' उनले हल्लाको भरमा नभइ जरैदेखि अनुसन्धान हुनुपर्ने बताए। 

तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि पूर्वसभामुख महरा र उनका छोरा राहुलको संलग्नता रहेको सीआईबीको अनुसन्धानले देखाएको छ ।  इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको  थियो। तर हालसम्म महराविरुद्ध मुद्दा चलाइएको छैन।

सोही प्रकरणमा राहुल पक्राउ परेपनि महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending