Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सर्पले डसेका बिरामीको सेनाको सहकार्यमा प्रभावकारी उपचार

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सेनाको सहयोगमा सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रमा एक वर्षमा सर्पले डसेर आएका छ हजारभन्दा धेरै बिरामीको उपचार गरिएको छ ।

मुलुकका विभिन्न स्थानमा सेनाको सहयोगमा सञ्चालनमा रहेका २३ सर्पदंश उपचार केन्द्रले गत आर्थिक वर्ष २०७९र८०मा सर्पले डसेर आएका छ हजार चार सय ६७ जनालाई उपचार सेवा प्रदान गरेको हो ।

तीमध्ये सेनाको पूर्ण स्वामित्वमा पाँच, सेना(स्थानीय निकाय र जनस्वास्थ्य कार्यालयको सहकार्यमा १४ तथा सेना र स्थानीयबीचको समन्वयमा चार वटा सर्पदंश केन्द सञ्चालनमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

सर्पदंशबाट अतिप्रभावित २६ मध्ये १८ जिल्लामा सञ्चालित ती २३ केन्द्रमा २४ सैँ घण्टा सैनिक जनशक्ति परिचालित भई प्रदान गरिएको उपचार सेवाबाट सर्पले टोकेर हुने मृत्युदर घटाउन ठूलो सहयोग पुगेको छ । नेपालका तराईका सम्पूर्ण तथा भित्री मधेसका केही जिल्लालाई विषालु सर्पको बिगबिगीका हिसाबले जोखिम मानिन्छ ।

विषालु सर्पले डसेमा तुरुन्तै उपचार प्राप्त नभएमा बिरामीको ज्यानै जाने जोखिम उच्च रहन्छ । ती उपचार केन्द्रमार्फत सेनाको सहयोगमा हालसम्म एक लाख १६ हजार तीन सय ५१ जना सर्पले टोकेर आएका बिरामीको उपचार भइसकेको छ ।

सोबाहेक सेनाका क्षेत्रीय अस्पताल, फिल्ड एम्बुलेन्स गुल्म र विभिन्न युनिटमा रहेका स्वास्थ्योपचार कक्षले समेत आवश्यकता र स्रोत साधनको  उपलब्धताअनुसार सर्पदंश, बिच्छी, खजुरोलगायतका किराले टोकेर आएका बिरामीलाई सेवा प्रदान गर्दैआएको छ ।

झापाको चारआली, मोरङको कालापानी-लेटाङ, सुनसरीको इटहरी ब्यारेक, उदयपुरको  बेलका, कटारी र भुल्के,  सप्तरीको कल्याणपुर, सिरहाको बन्दीपुर र चौहर्वा, धनुषाको महेन्द्रनगर ब्यारेकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छ ।

झापाको चारआली र कपिलवस्तुको गोरुसिङ्गेमा विसं २०६० मा स्थापना भएका सर्पदंशसम्बन्धी पुराना उपचार केन्द्र हुन् भने महोत्तरीमा स्थापित केन्द्रले सबैभन्दा बढी उपचार सेवा प्रदान गर्दैआएको छ । विसं २०७१ मा स्थापना गरिएको महोत्तरीको बर्दिवासमा रहेको केन्द्रले सर्पले टोकेर आएका ३० हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको छ ।

सर्लाहीको लालबन्दी, पर्सा ठोरीस्थित निर्मलबस्ती, नवलपरासीको त्रिवेणी, कपिलवस्तुको गोरुसिङ्गे र बहादुरगञ्ज, दाङको गढवा, प्युठानको  स्वर्गद्वारी–दिवाङ, बाँकेको ओभरी र इमामनगर ब्यारेक, बर्दियाको ठाकुरबाबा, कञ्चनपुरको अर्जुनी र कैलालीको  गौरीगङ्गामा सर्पदंश उपचार केन्द्र सेनाको सहकार्यमा सञ्चालनमा छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि २० हजारभन्दा बढी मानिसलाई सर्पले डस्ने गरेको तथ्याङ्क छ । वार्षिकरुपमा एक हजारभन्दा बढीको सर्पदंशका कारण निधन हुने गरेको छ । नेपालमा खासगरी विभिन्न प्रजातिका गोमन र करेत सर्प बढी विषालु मानिन्छ । 

स्वास्थ्य विभागका तथ्याङ्कअनुसार नेपालका २६ जिल्लालाई सर्पदंशबाट अतिप्रभावित मानिएको छ । झण्डै ९० प्रजातिका सर्प यहाँ पाइन्छ । त्यसमध्ये १७ देखि २० प्रजातिका सर्पलाई विषालु मानिन्छ । पर्याप्त सचेतना र उपचारको अभावमा बर्सेनि एक हजारभन्दा बढी सर्वसाधारणको सर्पले टोकेर ज्यान गुमान परेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा सर्पदंशबाट हुने विश्वव्यापी मृत्यु तथा अपाङ्गतालाई ५० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । नेपालमा सर्पदंश जोखिम न्यूनीकरणका लागि सरकारको प्रयासमा सेना जोडिएको छ । सोहीक्रममा सामुदायिक सर्पदंश उपचार केन्द्रमार्फत  उपचारालाई छिटो र प्रभावकारी बनाउँदै सेनाले हजारौँको ज्यान जोगाउन सफल भएको छ ।

अधिकांश सर्प उपचार केन्द्र सैनिक ब्यारेकसँगै सञ्चालनमा रहेकाले बिरामीले सहज र सुरक्षित महसुस गर्दैआएका छन् । सर्पको टोकाइबाट बच्न खाटमा सुत्ने, झुल हाल्ने, जुत्ता लगाउने, राति हिँड्नु परेमा उज्यालो बालेर मात्र हिँड्ने, घर वरपरका प्वाल बन्द गर्ने र झारपात हटाउनुपर्ने हुन्छ । कदम कदाचित सर्पले टोकी हालेमा बिरामीलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा पुर्‍याउन सक्नु नै बुद्धिमानी हुन्छ ।

सेनाले सर्पले डसेपछि उपचार गर्ने मात्र नभई समय-समयमा सामुदायमा पुगेर सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending