मोरङ । विराटनगरस्थित सुविधासम्पन्न निजी अस्पतालमा १३ वर्षीया बालिकाले छोरा जन्माएकी छन् । आठ महिनाअघि १६ वर्षीय बालकसँगको सम्पर्कबाट बालिकाले बच्चा जन्माएको खुलेको हो।
बुधबार सुविधासम्पन्न अस्पतालमा सामान्य प्रसूतिबाट २ दशमलव ७ किलोग्रामको बच्चा जन्माएकाे हाे । भदौ १२ गते पेट दुखेर अस्पताल भर्ना भएकी बालिकाको १३ गते बुधबार सामान्य प्रसूतिबाट बच्चा जन्मिएकोमोरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालले बताए ।
अस्पताल स्रोतका अनुसार शिशु र बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको र बालिकालाई विराटनगरकै एक बालगृहमा राखिएको छ । बालिकालाई गर्भवती बनाउने बालकलाई नियन्त्रणमा लिएर ‘बाल निगरानी कक्ष’मा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवैबीच गत पुसमा शारीरिक सम्पर्क भएको खुलेको छ । प्रहरीसमक्ष बालिकाले सम्पर्क भएका बालक र घटनाबारे जानकारी गराएपछि बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हाल पीडित र पीडक दुवैको पहिचान गोप्य राखेर प्रहरीले डीएनए परीक्षणको तयारी गरेको छ ।
कोसी अस्पताल विराटनगरका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अशोक मेहताका अनुसार पछिल्लो समय खानपान तथा वातावरणका कारण बालिकामा सानै उमेरबाट महिनावारी सुरु हुने गरेको छ । यससँगै बालिकाहरुको हर्मोन विकास हुँदा र महिनावारी सुरु भएको अवस्थामा शारीरिक सम्पर्क हुँदा गर्भ रहने गरेको डा. मेहताको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: