गुल्मी । गाडीको टायरमा आगो लगाएर प्रदर्शन गर्ने क्रममा मानिस जलेको भिडियोलाई ‘आत्मदाह’ गरेको भन्दै गलत प्रचार–प्रसार गरेर समाजमा भ्रम पैदा गर्नेहरूलाई प्रहरीले कारबाही गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीले विभिन्न माध्यमबाट आत्मदाहको गलत प्रचार गर्नेहरूलाई कारबाही अगाडि बढाएको हाे ।
केही दिनअघि गुल्मी अस्पतालमा उपचारका क्रममा अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका– ७ भगवती काउलेकी ६ वर्षीया बालिका प्रशंसा मरासिनीको मृत्यु भएको थियो । चिकित्सकको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै मृतकका आफन्तले अस्पताल र प्रशासनपरिसरमा नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका थिए ।
सोही क्रममा टायरमा पेट्रोल छर्किएर आगो लगाउने क्रममा जलेर तीन युवा घाइते भएका थिए । तीमध्ये एकजना जलेर गम्भीर भएका छन् । टायरमा पेट्रोल छर्किएर बाल्ने क्रममा एक्कासि आगो शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका- ७ का सागर र लक्ष्मण पाण्डेय तथा वडा नम्बर ८ का कृष्ण पौडेल जलेर घाइते भएका थिए ।
सोही भिडियोलाई सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले समेत पेजमार्फत ‘न्याय नपाएपछि युवाले गरे आत्मदाह’ भन्दै गलत प्रचार गरेका थिए । जसका कारण बुधबार प्रहरी र प्रशासनले निकै सास्ती खेप्नुपरेको थियो । भिडियाे देखेपछि गृह मन्त्रालय, प्रहरीका माथिल्ला निकायदेखि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाले समेत निगरानी र चासो देखाएका थिए ।
प्रशासनकै अगाडि आत्मदाहको गतल समाचार बाहिरिएपछि आफूहरूलाई माथिल्लो निकायबाट थुप्रै फोन र स्पष्टीकरण सोधिएकाले जागिरकै चुनौती भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले गुनासो गरे ।
प्रहरीले बुधबार र बिहीबार दिनभर विभिन्न सामाजिक सञ्जालहरूको निगरानी गर्यो । सोही क्रममा दुई मिडियाका पेज र एक व्यक्तिलाई पत्ता लगाएर माफी मगाउने र खण्डन गर्न लगाउने काम भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविककिशोर प्रधानले जानकारी दिए । सैपाल एफएम बझाङको पेज, वीर गोर्खाली टिभी र गुल्मीकै व्यवसायी अर्जुन कार्कीले युवा जलेको भिडियोलाई अतिरञ्जित गरेर ‘आत्मदाह’ भनेर गलत प्रचार गरेको प्रहरी उपरीक्षक प्रधानले बताए ।
यस्तो गलत सूचनाले स्वयं पीडितलाई थप पीडा दिएको छ । नियामक निकायहरूले स्पष्टीकरण र सास्ती खेप्नुपरेको छ । यस्तो गलत प्रचारले आमनागरिकमा निराशा पैदा गर्ने भएकाले भ्रामक समाचार सार्वजनिक नगर्न प्रहरी उपरीक्षक प्रधानले सबैमा अनुरोध गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - २१:५७
काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...
आषाढ़ १४ गते, २०८३ - २१:५४
काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...
आषाढ़ १४ गते, २०८३ - २१:४८
काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...
आषाढ़ १४ गते, २०८३ - २१:४३
विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...
आषाढ़ १४ गते, २०८३ - २१:३९
काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...
आषाढ़ १४ गते, २०८३ - २१:३४
रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...
आषाढ़ १४ गते, २०८३ - २१:३१
काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...
आषाढ़ १४ गते, २०८३ - २१:२९
काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...
आषाढ़ १४ गते, २०८३ - २१:२८
काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...
आषाढ़ १४ गते, २०८३ - २१:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...



प्रतिकृया लेख्नुहोस्: