Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

गुल्मीमा ‘आत्मदाह’को भ्रामक प्रचार गर्नेलाई प्रहरीले कारबाही गर्ने

खबरडबली संवाददाता

गुल्मी । गाडीको टायरमा आगो लगाएर प्रदर्शन गर्ने क्रममा मानिस जलेको भिडियोलाई ‘आत्मदाह’ गरेको भन्दै गलत प्रचार–प्रसार गरेर समाजमा भ्रम पैदा गर्नेहरूलाई प्रहरीले कारबाही गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीले विभिन्न माध्यमबाट आत्मदाहको गलत प्रचार गर्नेहरूलाई कारबाही अगाडि बढाएको हाे ।

केही दिनअघि गुल्मी अस्पतालमा उपचारका क्रममा अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका– ७ भगवती काउलेकी ६ वर्षीया बालिका प्रशंसा मरासिनीको मृत्यु भएको थियो ।  चिकित्सकको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै मृतकका आफन्तले अस्पताल र प्रशासनपरिसरमा नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका थिए ।

सोही क्रममा टायरमा पेट्रोल छर्किएर आगो लगाउने क्रममा जलेर तीन युवा घाइते भएका थिए । तीमध्ये एकजना जलेर गम्भीर भएका छन् । टायरमा पेट्रोल छर्किएर बाल्ने क्रममा एक्कासि आगो शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका- ७ का सागर र लक्ष्मण पाण्डेय तथा वडा नम्बर ८ का कृष्ण पौडेल जलेर घाइते भएका थिए ।

सोही भिडियोलाई सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले समेत पेजमार्फत ‘न्याय नपाएपछि युवाले गरे आत्मदाह’ भन्दै गलत प्रचार गरेका थिए । जसका कारण बुधबार प्रहरी र प्रशासनले निकै सास्ती खेप्नुपरेको थियो । भिडियाे देखेपछि गृह मन्त्रालय, प्रहरीका माथिल्ला निकायदेखि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाले समेत निगरानी र चासो देखाएका थिए ।

प्रशासनकै अगाडि आत्मदाहको गतल समाचार बाहिरिएपछि आफूहरूलाई माथिल्लो निकायबाट थुप्रै फोन र स्पष्टीकरण सोधिएकाले जागिरकै चुनौती भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले गुनासो गरे । 

प्रहरीले बुधबार र बिहीबार दिनभर विभिन्न सामाजिक सञ्जालहरूको निगरानी गर्‍यो । सोही क्रममा दुई मिडियाका पेज र एक व्यक्तिलाई पत्ता लगाएर माफी मगाउने र खण्डन गर्न लगाउने काम भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविककिशोर प्रधानले जानकारी दिए । सैपाल एफएम बझाङको पेज, वीर गोर्खाली टिभी र गुल्मीकै व्यवसायी अर्जुन कार्कीले युवा जलेको भिडियोलाई अतिरञ्जित गरेर ‘आत्मदाह’ भनेर गलत प्रचार गरेको प्रहरी उपरीक्षक प्रधानले बताए । 

यस्तो गलत सूचनाले स्वयं पीडितलाई थप पीडा दिएको छ । नियामक निकायहरूले स्पष्टीकरण र सास्ती खेप्नुपरेको छ । यस्तो गलत प्रचारले आमनागरिकमा निराशा पैदा गर्ने भएकाले भ्रामक समाचार सार्वजनिक नगर्न प्रहरी उपरीक्षक प्रधानले सबैमा अनुरोध गरेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending