जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाले आफ्ना कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको छ । जुम्लामा ३ महिने पार्टी रुपान्तरण अभियानको सुरुमा माओवादी पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको हो ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम 'घर घरमा माओवादी जनजनमा माओवादी' भन्ने नारासहित ३ महिने पार्टी रुपान्तरण अभियानको क्रममा गरिएको पत्रकार भेटघाटमा पार्टी अध्यक्ष विरवहादुर कुँवरले माओवादी पार्टीलाई एक भिन्न अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रुपमा प्रस्तुत गर्न उक्त निर्णय गरिएको बताए।
उनले सो अभियान पूरा गर्न मदिरा, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार, कमिशन नगर्न र नगराउन एक विशेष संकल्प प्रस्ताव पारित गरिएको बताए । ३ महिने अभियानलाई गौरवशाली, प्रभावशाली र ऐतिहासिक रुपमा सम्पन्न गर्न पार्टी सत्ता र सम्पूर्ण जवस मोर्चालाई एकीकृत रुपमा परिचालित गर्ने पनि उनले जानकारी दिए ।
३ महिने अभियानलाई सफल पार्न केन्द्रले तोकिएअनुसार जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिका नवराज न्यौपाने, सिंजा गाउँपालिका प्रभात चलाउने, हिमा गाउँपालिका गोविन्द तिमिल्सिना, तिला गाउँपालिका झक्कुप्रसाद घर्ती, तातोपानी गाउँपालिका विरबहादुर रावत, गुठिचौर गाउँपालिका रत्न गाह, पातारासी गाउँपालिका डा.कलबहादुर रोकाया र चन्दननाथ नगरपालिका विर्खबहादुर थापा खटाइएको बताइएकाे छ ।
अभियानको अवधिमा सरकारको जनपक्षीय शुसासन र समृद्धिको कार्यलाई व्यापक जनताको घरदैलोमा पुर्याइने भन्दै अभियानलाई ३ चरणमा गर्ने बताइएकाे छ । पहिलो चरण वडामा केन्द्रित गर्ने, दोस्रो चरण पालिकामा केन्द्रित गर्ने र तेस्रो चरणमा जिल्ला स्तरमा सम्पूर्ण गतिविधि केन्द्रित गर्ने निर्णय गरिएकोछ ।
अभियानलाई प्रभावकारी र जनपरिचालन गर्न विभिन्न गतिविधि खेल, कला, सास्कृतिक प्रर्दशनी आयोजना र घुम्ति शिविर स्वास्थ्य शिविरहरु समेत सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - २१:५७
काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...
आषाढ़ १४ गते, २०८३ - २१:५४
काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...
आषाढ़ १४ गते, २०८३ - २१:४८
काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...
आषाढ़ १४ गते, २०८३ - २१:४३
विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...
आषाढ़ १४ गते, २०८३ - २१:३९
काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...
आषाढ़ १४ गते, २०८३ - २१:३४
रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...
आषाढ़ १४ गते, २०८३ - २१:३१
काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...
आषाढ़ १४ गते, २०८३ - २१:२९
काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...
आषाढ़ १४ गते, २०८३ - २१:२८
काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...
आषाढ़ १४ गते, २०८३ - २१:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...



प्रतिकृया लेख्नुहोस्: