Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

जुम्लाका माओवादीलाई मदिरा सेवनमा रोक

खबरडबली संवाददाता

जुम्ला । नेकपा माओवादी केन्द्र जुम्लाले आफ्ना कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको छ । जुम्लामा ३ महिने पार्टी रुपान्तरण अभियानको सुरुमा माओवादी पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको हो । 

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम 'घर घरमा माओवादी जनजनमा माओवादी' भन्ने नारासहित ३ महिने पार्टी रुपान्तरण अभियानको क्रममा गरिएको पत्रकार भेटघाटमा पार्टी अध्यक्ष विरवहादुर कुँवरले माओवादी पार्टीलाई एक भिन्न अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रुपमा प्रस्तुत गर्न उक्त निर्णय गरिएको बताए।

उनले सो अभियान पूरा गर्न मदिरा, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार, कमिशन नगर्न र नगराउन एक विशेष संकल्प प्रस्ताव पारित गरिएको बताए । ३ महिने अभियानलाई गौरवशाली, प्रभावशाली र ऐतिहासिक रुपमा सम्पन्न गर्न पार्टी सत्ता र सम्पूर्ण जवस मोर्चालाई एकीकृत रुपमा परिचालित गर्ने पनि उनले जानकारी दिए ।

३ महिने अभियानलाई सफल पार्न केन्द्रले तोकिएअनुसार जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिका नवराज न्यौपाने, सिंजा गाउँपालिका प्रभात चलाउने, हिमा गाउँपालिका गोविन्द तिमिल्सिना, तिला गाउँपालिका झक्कुप्रसाद घर्ती, तातोपानी गाउँपालिका विरबहादुर रावत, गुठिचौर गाउँपालिका रत्न गाह, पातारासी गाउँपालिका डा.कलबहादुर रोकाया र चन्दननाथ नगरपालिका विर्खबहादुर थापा खटाइएको  बताइएकाे छ । 

अभियानको अवधिमा सरकारको जनपक्षीय शुसासन र समृद्धिको कार्यलाई व्यापक जनताको घरदैलोमा पुर्‍याइने भन्दै अभियानलाई ३ चरणमा गर्ने बताइएकाे छ । पहिलो चरण वडामा केन्द्रित गर्ने, दोस्रो चरण पालिकामा केन्द्रित गर्ने र तेस्रो चरणमा जिल्ला स्तरमा सम्पूर्ण गतिविधि केन्द्रित गर्ने निर्णय गरिएकोछ । 

अभियानलाई प्रभावकारी र जनपरिचालन गर्न विभिन्न गतिविधि खेल, कला, सास्कृतिक प्रर्दशनी आयोजना र घुम्ति शिविर स्वास्थ्य शिविरहरु समेत सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending