काठमाडौँ । अंग्रेजी राम्रो, मेकअप म्याच गर्ने, हँसाइ राम्रो भएको, जिउडाल मिलेको, कपडा लगाउँदा फिगर राम्रो देखिने युवतीलाई १२/१५ लाख तिर्न कसैले गाह्रो मान्दैनन्,’ दुबईमा बन्धक बनाइएकी एक युवतीले भनिन्, ‘घरेलु कामदारका लागि भन्दै दैनिक विभिन्न देशबाट डिमान्ड आउँछन् तर हामीलाई बन्धक बनाएको नेपाली एजेन्टसँग कुरा मिलेको छैन।’
घरको आर्थिक अवस्था कमजोर भएकाले दुबई गएकी सिन्धुपाल्चोककी २२ वर्षीया ती युवतीले कक्षा १२ सम्म पढेकी छिन्। आमाबुवाकी प्यारी छोरी बनेर हुर्किएकी उनमा बिदेसिने चाहना भने पटक्कै थिएन।
उनकी एउटी सानी बहिनी पनि छिन्। बुढेसकालमा जन्मिएका दुई छोरीको पढाइ र भविष्य कसरी सुन्दर बनाउन सकिएला भनेर बुवाआमाले चिन्ता लिने गरेको उनलाई थाहा थियो। बुवाआमाको त्यही चिन्तालाई खुसीमा बदल्ने र बहिनीको उज्ज्वल भविष्यका लागि जिम्मेवारी लिने संकल्प बोकेर उनी बिदेसिएकी थिइन्। तर उनले आफन्तबाटै यस्तो संकटको भुमरीमा फसिएला भन्ने सोचेकै थिइनन्।
अलिकति पढेलेखेकी र चिटिक्क देखिने भन्दै आफूलाई नेपाली एजेन्टले बढी मूल्यमा बेच्ने कोसिस गरिरहेको ती युवतीले बताइन्। ती एजेन्टले आफूलाई नराम्रो नजरले हेर्ने गरेको पनि उनको भनाइ छ। उनले यी सबै पिरव्यथा र बाध्यताबारे सामाजिक सञ्जालमा राखेर वैदेशिक रोजगार उद्धार केन्द्रसमक्ष सहयोगको याचना गरेकी छिन्।
भिजिट भिसामा दुबई पुगेर काम गरेर अलिकति पैसा कमाउने सोच उनमा थियो। तर दुबई पुगेर काम गर्ने त परको कुरा, व्यक्तिगत स्वतन्त्रता सबै गुमेको उनको भनाइ छ। एउटा बन्द कोठामा थुनिन विवश उनले दुबई टेकेयता परिवारसँगको सम्पर्क पनि टुटेको बताइन्।
नेपाली एजेन्टले ल्याएर आफूलाई थुनेको कोठामा अरू १३ नेपाली महिला पनि रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्। उक्त बन्द कोठाबाट १४ महिलाले उद्धारका निम्ति सामूहिक अपिल गरिरहेको वैदेशिक रोजगार उद्धार केन्द्र नेपालका अध्यक्ष इन्द्रलाल गोलेले बताए।
‘नेपाली महिला सबैभन्दा बढी कुवेत, इराक, ओमन र भारतमा बेचिएका छन्,’ उनले भने, ‘पुरुष भने कम्बोडिया, लाओस, भियतनाम, बर्मामा बेचिने गरेका छन्।’ यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: