Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

च्याम्पियन्स लिगको ‘ड्र’ आज सार्वजनिक हुँदै, कुन समूहमा को पर्ला?

यी हुन् च्याम्पियन लिग खेल्ने टोली

गत सिजनको च्याम्पियन लिग विजेता म्यान्चेन्सटर सिटीका खेलाडी।
खबरडबली संवाददाता

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको ‘ड्र’ आज सार्वजनिक हुँदैछ। नेपाली समयअनुसार बिहीबार राति सवा ९ बजे मोनाकोमा सिजन २०२३/२४ को ‘ड्र’ सार्वजनिक हुन लागेको हो। 

इंग्लिस क्लब म्यानचेस्टर सिटी गत वर्षको डेफिन्डिङ च्याम्पियनको हैसियतले शीर्ष वरीयतामा छ। अन्य इंग्लिस क्लबहरु म्यानचेस्टर युनाइटेड, आर्सनल, न्यूक्यास्टल पनि सिजन २०२३/२४ का लागि च्याम्पियन्स लिगमा छनोट भएर ‘ड्र’ को पर्खाईमा छन्। 

सिजन २०१६/१७ पछि आर्सनलले पहिलो पटक च्याम्पियन्स लिग खेल्दैछ। न्यूक्यास्टलले भने सन् २००२/३ मा च्याम्पिन्स लिग खेलेदेखि प्रतियोगितामा छनोट हुन सकेको थिएन।

स्कटिस च्याम्पियन सेल्टिक पनि ‘ड्र’ मा छ। ‘ड्र’ का लागि ३२ टिमलाई चार वटा ‘पट’ मा विभाजन गरिएको छ।

स्पेनका पाँच वटा टिमले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछन्। ला–लिगामा शीर्ष चार टोली ९बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड र रियल सोसिडाड० र युरोपा लिग च्याम्पियन्सको हैसियतले सेभिल्ला गरी पाँच टिमले प्रतिस्पर्धामा भाग लिन पाएका हुन्। 

यता च्याम्पियन्स लिगको उपाधि जितेको म्यानचेस्टर सिटी नै प्रिमियर लिगको विजेता भएकाले इंग्लिस टोलीले भने पाँच टिमको सहभागिता पाउन सकेन। यदी सिटी प्रिमियर लिगको अन्तिम चारमा नपरेको भए इंग्लिस टोलीबाट पनि पाँच टिमको सहभागिता हुन्थ्यो। 

जर्मन क्लब युनियन बर्लिन यो सिजन च्याम्पियन्स लिगमा डेब्यू गर्दैछ। युक्रेनी च्याम्पियन शाख्तर डोनेस्कले आफ्नो घरेलु मैदान जमर्नीको ह्याम्बर्गलाई बनाउँदै खेल्नेछ। किनभने रुसले आफ्नो देशमाथि निरन्तर आक्रमण गरिरहेको युक्रेनमा प्रतियोगिता नगरिने भएको हो।

समूह चरणका खेलहरु २९ सप्टेम्बरदेखि १३ डिसेम्बरसम्म चल्नेछन्। जुन १ मा बेम्बेलीमा फाइनल खेल हुनेछ।

यो अहिलेको ढाँचाका अन्तिम च्याम्पियन्स लिग हो। जहाँ प्रत्येक चार टोली समूहको शिर्ष दुई अन्तिम १६ मा प्रवेश गर्नेछन्।

अर्को सिजनबाट भने ३२ बाट ३६ टोली समावेश गराइनेछ। ती सबैले ८ खेल खेल्नेछन्। त्यो पनि आठ फरक विपक्षीसँग। यी सबै खेलहरुर होम एण्ड अवेको आधारमा खेलाइनेछ।

यस्तो छ ‘पट’
पट १ – म्यानचेस्टर सिटी, सेभिल्ला, बार्सिलोना, नापोली, बायर्न म्युनिख, पीएसजी, बेनफिका, फेनिवुर्ड।
पट २ – रियल मड्रिड, म्यानचेस्टर युनाइटेड, इन्टर मिलान, बोरुसिया डर्टमन्ड, एथ्लेटिको मड्रिड, आरबी लेइपजिग, पोर्तो र आर्सनल।
पट ३– शाख्तर डोनेस्क, साल्जबर्ग, मिलान, ब्रागा, पीएसभी, लाजिओ, रेड स्टार बेलग्रेड, एफसी कोपनहेगन।
पट ४– योङ ब्वाईज, रियल सोसिडाड, गालाटासारे, सेल्टिक, न्यूक्यास्टल युनाइेटेड, युनियन बर्लिन, रोयल एन्टवर्प, आरसी लेन्स।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: