काठमाडौं । आयोजक राजर्षी गुरुकुल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राजर्गी गुरुकुल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो ।
सल्लाघारीस्थित राजर्षी गुरुकुलको मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा राजर्षी गुरुकुलले नेइबरहुड स्कुललाई २–१ ले पराजित गर्यो । निर्धारित समयको खेल २–२ को बराबरी भएपछि पेनाल्टीमा राजर्षी गुरुकुलले खेल जितेको हो । राजर्षी गुरुकुलका दिग्गज श्रेष्ठ फाइनल खेलको प्लेअर अफ दि म्याच घोषित भए ।
यस्तै गर्ल्सतर्फ काठमाडौं वर्ल्ड स्कुलले फाइनलमा रातो बंगला स्कुललाई २-१ ले नै हरायो । निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि पेनाल्टीमा काठमाडौं वर्ल्ड स्कुलले बाजी मार्यो । काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह फाइनल खेलको प्लेअर अफ दि म्याच बनिन् ।
प्रतियोगितामा ब्वाइजतर्फ नेइबरहुडका सुसन थापा मगर बेस्ट प्लेअर घोषित भए भने चेल्सी वर्ल्ड स्कुलका आदित्य शाह सर्वाधिक गोलकर्ता, राजर्षी गुरुकुलका दिगग्ज श्रेष्ठ उत्कृष्ट गोलकिपर चयन भए । राजर्षी गुरुकुलकै उर्जन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । अक्सफोर्डले फेयर प्लेको अवार्ड पयो ।
यस्तै गर्ल्सतर्फ रातो बंगलाकी आहाना ढुंगाना उत्कृष्ट खेलाडी घोषित भइन् भने रातो बंगलाकै सान्वी कार्की सर्वाधिक गोलकर्ता र काठमाडौं वर्ल्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलकिपर घोषित भइन् । च्याम्पियन काठमाडौं वर्ल्ड स्कुलकै सरोज थापा उत्कृष्ट प्रशिक्षक चयन भए । चेल्सी वर्ल्ड स्कुललले फेयर प्ले अवार्ड पायो ।
राजर्षी गुरुकुलको आयोजनामा भएको प्रतियोगितामा विभिन्न २१ स्कुलका १९ ब्वाइज र ८ गर्ल्स गरी कूल २७ टोलीको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - २२:१३
काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भ...
चैत्र २१ गते, २०८२ - २२:१२
काठमाडौं । नेकपा मसालकानेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारलाई अमेरिकाको प्रभावमा सञ्चालन भएको ‘कठपुतली सरकार’को संज्ञा दिएका छन्। ...
चैत्र २१ गते, २०८२ - २२:०२
काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाखदेखि 'एक महिने जरा अभियान' सञ्चालन गर्ने भएकाे छ । कांग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन...
चैत्र २१ गते, २०८२ - २२:०१
पोखरा । पोखराको जोगीमणीमा दुई जना चिनियाँ नागरिकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। २०८२ चैत १९ गते दिउँसो स...
चैत्र २१ गते, २०८२ - २१:४३
चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...
चैत्र २१ गते, २०८२ - २१:२४
महोत्तरी । गौशाला नगरपालिका–५ का वडाअध्यक्ष ओमप्रकाश गुप्ताले गौशाला बजार अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन्। बजार क्षेत्रको अतिक्रमित संरचना हट...
चैत्र २१ गते, २०८२ - २१:१०
तनहुँ । व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा...
चैत्र २१ गते, २०८२ - २१:०७
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन्। तोकिएको समयभित्र ...
चैत्र २१ गते, २०८२ - २०:५६
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिन आग्रह ...
चैत्र २१ गते, २०८२ - २०:५५
काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भ...


प्रतिकृया लेख्नुहोस्: