Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

यो देशलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन चाहेका छौंः विप्लव

खबरडबली संवाददाता

रुपन्देही । नेकपा महासचिव नेत्रविक्रम (विप्लव) सीले यही अवस्थामा एमसीसी कार्यान्वयन हुन नदिने बताएका छन् । समाजवादी मोर्चाले बुटवलमा आयाेजना गरेकाे सन्देश सभामा सम्वाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

बुधबारबाट सुरु हुन लागेको एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताउँदै  उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अगाडि एससीसीका नाममा नेपाल लुट्न नपाइने बताए । उनले भने– नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौ, नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिदैन, समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।

विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको मोर्चा बनेको बताएका छन् । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको घोषणा सभामा उनले समाजवादी मोर्चाको बचाउ गर्दै अहिलेको आवश्यकताले यो गठन भएको दाबी गरे ।

यो कुनै व्यक्तिगत चाहनाबाट नभएर अहिलेको आवश्यकतामा आधारित भएर गठन भएको छ । राजनीतिक धेरै उपलब्धी धेरै भएका छन्, तर पूँजीवाद आयो, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा धेरै चाहेका उपलब्धी भएनन् अब एक्लै हिँडेर त्यो उपलब्धी हुनसक्दैन भनेर समाजवादी आन्दोलनका लागि यो मोर्चा बनेको हो, नेता विप्लवले भने– विश्वबाट नै दलाल पूँजीवादी तत्वले सत्ता कब्जा गर्न खोजेको अवस्थामा समाजलाई निराशा बनाउन नदिन यो मोर्चा तयार भएको, यसले नैराश्यता हटाउन सहयोग गर्ने उनको दावी छ, धेरै उलपब्धी भएका छन् ।

उनले नेपाली जनता संघर्षमा गुज्रेका छन् भन्ने मात्र होइन त्यो संघर्ष मानेर नयाँ चिज खोजेको र पुरानाबाट धेरै चिज संभव नभएको दावी गरेका छन् । उनले माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै यो मोर्चा बनाउन धेरै त्याग गरेको बताएका छन् । ‘धेरैलाई आश्चर्य लागेको छ, सरकारको नेतृत्व गरेका प्रचण्डको नेतृत्वमा किन मोर्चा बन्यो, नेकपा किन सहभागी भयो, यसमा प्रचण्डको ठूलो त्याग छ, सत्ता र यो मोर्चा फरक हो’, उनले भने ।

महासचिव विप्लवले भने, ‘यो देशलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन चाहेका छौं, त्यसैका लागि यो मोर्चा बनेको हो, हामीलाई सरकारमा जाने लोभ छैन । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने हो ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending