रुपन्देही । नेकपा महासचिव नेत्रविक्रम (विप्लव) सीले यही अवस्थामा एमसीसी कार्यान्वयन हुन नदिने बताएका छन् । समाजवादी मोर्चाले बुटवलमा आयाेजना गरेकाे सन्देश सभामा सम्वाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।
बुधबारबाट सुरु हुन लागेको एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अगाडि एससीसीका नाममा नेपाल लुट्न नपाइने बताए । उनले भने– नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौ, नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्तसहितको सहयोग हामीलाई चाहिदैन, समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।
विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको मोर्चा बनेको बताएका छन् । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको घोषणा सभामा उनले समाजवादी मोर्चाको बचाउ गर्दै अहिलेको आवश्यकताले यो गठन भएको दाबी गरे ।
यो कुनै व्यक्तिगत चाहनाबाट नभएर अहिलेको आवश्यकतामा आधारित भएर गठन भएको छ । राजनीतिक धेरै उपलब्धी धेरै भएका छन्, तर पूँजीवाद आयो, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा धेरै चाहेका उपलब्धी भएनन् अब एक्लै हिँडेर त्यो उपलब्धी हुनसक्दैन भनेर समाजवादी आन्दोलनका लागि यो मोर्चा बनेको हो, नेता विप्लवले भने– विश्वबाट नै दलाल पूँजीवादी तत्वले सत्ता कब्जा गर्न खोजेको अवस्थामा समाजलाई निराशा बनाउन नदिन यो मोर्चा तयार भएको, यसले नैराश्यता हटाउन सहयोग गर्ने उनको दावी छ, धेरै उलपब्धी भएका छन् ।
उनले नेपाली जनता संघर्षमा गुज्रेका छन् भन्ने मात्र होइन त्यो संघर्ष मानेर नयाँ चिज खोजेको र पुरानाबाट धेरै चिज संभव नभएको दावी गरेका छन् । उनले माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै यो मोर्चा बनाउन धेरै त्याग गरेको बताएका छन् । ‘धेरैलाई आश्चर्य लागेको छ, सरकारको नेतृत्व गरेका प्रचण्डको नेतृत्वमा किन मोर्चा बन्यो, नेकपा किन सहभागी भयो, यसमा प्रचण्डको ठूलो त्याग छ, सत्ता र यो मोर्चा फरक हो’, उनले भने ।
महासचिव विप्लवले भने, ‘यो देशलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन चाहेका छौं, त्यसैका लागि यो मोर्चा बनेको हो, हामीलाई सरकारमा जाने लोभ छैन । मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - २१:५७
काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...
आषाढ़ १४ गते, २०८३ - २१:५४
काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...
आषाढ़ १४ गते, २०८३ - २१:४८
काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...
आषाढ़ १४ गते, २०८३ - २१:४३
विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...
आषाढ़ १४ गते, २०८३ - २१:३९
काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...
आषाढ़ १४ गते, २०८३ - २१:३४
रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...
आषाढ़ १४ गते, २०८३ - २१:३१
काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...
आषाढ़ १४ गते, २०८३ - २१:२९
काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...
आषाढ़ १४ गते, २०८३ - २१:२८
काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...
आषाढ़ १४ गते, २०८३ - २१:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...



प्रतिकृया लेख्नुहोस्: