गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका नागरिकलाई व्यक्तिगत घटना दर्ता घरबाटै गर्नसक्ने गरी व्यवस्था मिलाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ देखि गाउँपालिकाभित्रका सबै नागरिकले घरमै बसेर अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्नसक्ने व्यवस्था गरेको हो ।
गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले अनुसार जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्धविच्छेदलगायत घटना घरबाटै गर्न सकिने बताए ।
घटना दर्ताका लागि मोबाइल वा कम्युटरमार्फत विवरण अनलाइनमार्फत भर्न सकिनेछ । भौगोलिक हिसाबले जटिल रहेको अजिरकोटभित्रका केही वडामा वडा कार्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था छ । त्यसैले नागरिकको घरघरसम्म सेवा पुर्याउन घटना दर्ता अनलाइन माध्यमबाट गर्न थालिएको उनको भनाइ छ । बसाइँसराइ नभएका तर गाउँ छोडेर अन्यत्र बसोबास गर्दै आएका नागरिकका लागि पनि यसले घटना दर्ताका लागि सहज हुने अध्यक्ष देवकोटाले बताए ।
“अब घटना दर्ताका लागि फारम भर्न वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको छ”, उनले भने, “अवदेखि घरमा बसेर आफ्नो मोबाइलबाट घटना दर्ताको फारम भरेर सेवा लिन पाउनेछन् । अनलाईनमार्फत घटना दर्ताका गरेपछि सेवाग्राहीले टोकन प्राप्त गर्ने र सम्बन्धित वडा कार्यालयमार्फत घटना दर्ता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।” अनलाइन फारम भर्नका लागि वेबसाइट र क्युआर कोड दुवै प्रयोगमा ल्याइएको अध्यक्ष देवकोटाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - १५:२४
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...
चैत्र ८ गते, २०८२ - १५:०५
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत र...
चैत्र ८ गते, २०८२ - १४:५३
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको...
चैत्र ८ गते, २०८२ - १४:२३
कपिलवस्तु। कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेख...
चैत्र ८ गते, २०८२ - १४:१२
कपिलवस्तु । कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको विवाद अझै साम्य भएको छैन। महराजगञ्जका केही स्थानमा स्थानीय युवा प्रदर्शन...
चैत्र ८ गते, २०८२ - १४:०३
काठमाडौं । आइतबार धुम्बाराहीमा बसेको बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा। शेखर कोइराला सहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन ...
चैत्र ८ गते, २०८२ - १३:४७
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसम्बन्धी मुद्दामा संशोधित निर्णयको फाइल मगाउन आदेश दिएको छ। गत बिहीबार न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार...
चैत्र ८ गते, २०८२ - १३:३९
मस्को। रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ।...
चैत्र ८ गते, २०८२ - १३:१०
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका...
चैत्र ८ गते, २०८२ - १२:५९
काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ललितपुर महानगरपालिकाको हरिसिद्धीस्थित होसना इट...


प्रतिकृया लेख्नुहोस्: