Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

सल्यानको लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्रले पायाे पाँच वर्षपछि डाक्टर, स्थानीय खुसी

खबरडबली संवाददाता

सल्यान । सल्यानको लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयपछि डाक्टरबाट सेवा सुरु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रले झण्डै पाँच वर्षपछि डाक्टर पाएको हो ।

२०६४ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा बल्ल तल्ल आएका एक जना डाक्टर पनि अध्ययन विदामा गएका थिए । त्यस यता कुनै पनि डाक्टर आउन मानेका थिएनन् । डाक्टर सहित १० जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य केन्द्रमा छत्रेश्वरी गाउँपालिकाले निरन्तर प्रयासपछि आफै डाक्टर नियुक्त गरेर सेवा प्रदान गरेको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिए ।

सुविधा सम्पन्न अस्पतालहरुमा समेत डाक्टर जान नमानिरहेको अवस्थामा विकट क्षेत्र लेखपोखरामा डाक्टरको व्यवस्था भएपछि स्थानीयहरु खुसि छन् । तर आएका डाक्टर लामो समय सम्म टिक्ने हुन् की होइनन् भन्ने चिन्ता स्थानीयमा छ । संघीय सरकारसंग अनुमति लिई आवश्यक सबै प्रक्रिया गरेर डाक्टरको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष बुढाथोकीको भनाई छ ।

छत्रेश्वरी, गाउँपालिका संगै शारदा नगरपालिकाका केही वडाका नागरिकलाई समेत उपचार सुविधा दिनका लागि भन्दै लेखपोखरामा स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयहरुलाई खलंगा, श्रीनगर, लुहाम तथा दाङ पुग्नुपर्ने बाध्यता थियो । अव भने गाउँमै डाकटर सहितको स्वास्थ्य सेवा सुरु भएपछि विभिन्न रोगको चेकजाँच र उपचार पाइने अपेक्षा गरिएको स्थानीय रेमन्त पुनले बताए ।
यहि भदौ ३ गतेदेखि छत्रेश्वरी गाउँपालिकामा जोडिएकी मेडिकल अधिकृत डाक्टर निशा आचार्यले प्राथमिक स्वास्थ्य केन्द्र लेकपोखराबाट सेवा सुरु गरेको ४÷५ दिन भइसकेको छ ।

आफु लामो समय सम्म सेवा गर्ने प्रतिवद्धता सहित आएको उनले बताइन् । ‘डाक्टर छिटो जाला भनेर स्थानीयहरु आत्तिनु परेन’, उनले भनिन्, ‘तर केही चुनौतीहरु छन्, पहिले यहाँ डाक्टर किन टिकेनन् भन्ने पनि बुझ्नुपर्छ । विरामी जाँचेर मात्र भएन, त्यसै अनुसार औषधि, परिक्षणका सामग्रीहरु उपलब्ध हुनुपर्याे । हामी र हाम्रो पालिकाको टिम सबै व्यवस्थापनका लागि लागिपरेका छौँ ।’
डाक्टर आचार्य लुम्बीनी मेडिकल कलेजबाट एमबिबिएस गरेर करिव एक वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सेवा गरिसकेकि छिन् । यस्तै उनीसंग संजिवनी मेडिकल कलेजमा अध्यापन संगै स्थानीय सरकारसंगको समन्वयमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनको पनि अनुभव छ ।

प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा हाल मुख्य रुपमा ल्याबको समस्या रहेको जनाउदै उनले भनिन्, ‘कतिपय मेसिनहरु छ, तर संचालन छैन । केही मेसिन उपकरण ल्याउने तयारी भएको छ । वेसिक जाँचहरु दिसापिसाव, रगतको जाँच नहुँदा, एक्सरे सेवा नहुँदाखेरी उपचारमा समस्या हुन्छ । सबै औषधिहरु पनि उपलब्ध छैन ।’ असाध्यै न्यून औषधिहरु उपलब्ध भएको र यसबाटै सेवा सुरु गरेको जनाउँदै डाक्टर आचार्यले धेरै चुनौतीहरु भएपनि विस्तारै व्यवस्थापन गर्दै जाने बताइन् । ‘दरबन्दी भएपनि डाक्टर नहुँदा ल्याब तथा अन्य मेसिन, उपकरण नभएको होला, हाम्रो टिम लागिपरेको छ । सुधार हुनेमा हामी आशावादी छौँ’, उनले भनिन् । हाल दैनिक आफुले २५ देखी ३० जनालाई चेकजाँच गर्नेगरेको उनको भनाई छ ।

निरन्तरको प्रयासमा डाक्टरको व्यवस्थापन गर्न सफल भएको भन्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले डाक्टर सहितको सेवा दिन आवश्यक पर्ने औषधि, उपकरण पालिकाको श्रोत साधनले भ्याएसम्म व्यवस्थापन गर्दै गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिने बताइन् । छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संयोजक केशरी भट्टराईका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टर, एकजना स्टाफ नर्स, एक जना एचए, तीन जना अहेव, ३ जना अनमी र एक जना ल्याब असिस्टेन्टको दरबन्दी छ । स्वास्थ्य केन्द्रमा आएका डाक्टर हेमराज शर्मा २०७५ भदौमा अध्ययन विदामा गएपछि डाक्टर अभावमा स्वास्थ्य संस्था सञ्चालन हुँदै आएको थियो ।

 डाक्टरको स्थायी पदपूर्तीका लागि स्वास्थ्य शाखाको समन्वयमा प्रदेश तथा केन्द्र सरकार समक्ष अनुरोध गर्दा पनि ग्रामिण भेगमा डाक्टर नआएपछि पालिकाले आफ्नै पहलमा बल्ल डाक्टर नियुक्त गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर वस्नेतले जानकारी दिए । यसका साथै लेखपोखरा स्थित पाखापानीमा १५ सैयाको अस्पताल निर्माण कार्य पनि भइरहेको बताए । अस्पताल निर्माणमा ढिलाई भइरहेकोमा आफुहरु निर्वाचित भएर आइसकेपछि सम्बन्धीत ठाउँमा लेखि पठाएर तथा निर्माण कम्पनीलाई समेत पटक पटक ताकेता गरेर अस्पताल निर्माणको कामलाई तिब्रता दिन आग्रह गरिएको वस्नेतको भनाई छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending