Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सल्यानको लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्रले पायाे पाँच वर्षपछि डाक्टर, स्थानीय खुसी

खबरडबली संवाददाता

सल्यान । सल्यानको लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयपछि डाक्टरबाट सेवा सुरु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रले झण्डै पाँच वर्षपछि डाक्टर पाएको हो ।

२०६४ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा बल्ल तल्ल आएका एक जना डाक्टर पनि अध्ययन विदामा गएका थिए । त्यस यता कुनै पनि डाक्टर आउन मानेका थिएनन् । डाक्टर सहित १० जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य केन्द्रमा छत्रेश्वरी गाउँपालिकाले निरन्तर प्रयासपछि आफै डाक्टर नियुक्त गरेर सेवा प्रदान गरेको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिए ।

सुविधा सम्पन्न अस्पतालहरुमा समेत डाक्टर जान नमानिरहेको अवस्थामा विकट क्षेत्र लेखपोखरामा डाक्टरको व्यवस्था भएपछि स्थानीयहरु खुसि छन् । तर आएका डाक्टर लामो समय सम्म टिक्ने हुन् की होइनन् भन्ने चिन्ता स्थानीयमा छ । संघीय सरकारसंग अनुमति लिई आवश्यक सबै प्रक्रिया गरेर डाक्टरको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष बुढाथोकीको भनाई छ ।

छत्रेश्वरी, गाउँपालिका संगै शारदा नगरपालिकाका केही वडाका नागरिकलाई समेत उपचार सुविधा दिनका लागि भन्दै लेखपोखरामा स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयहरुलाई खलंगा, श्रीनगर, लुहाम तथा दाङ पुग्नुपर्ने बाध्यता थियो । अव भने गाउँमै डाकटर सहितको स्वास्थ्य सेवा सुरु भएपछि विभिन्न रोगको चेकजाँच र उपचार पाइने अपेक्षा गरिएको स्थानीय रेमन्त पुनले बताए ।
यहि भदौ ३ गतेदेखि छत्रेश्वरी गाउँपालिकामा जोडिएकी मेडिकल अधिकृत डाक्टर निशा आचार्यले प्राथमिक स्वास्थ्य केन्द्र लेकपोखराबाट सेवा सुरु गरेको ४÷५ दिन भइसकेको छ ।

आफु लामो समय सम्म सेवा गर्ने प्रतिवद्धता सहित आएको उनले बताइन् । ‘डाक्टर छिटो जाला भनेर स्थानीयहरु आत्तिनु परेन’, उनले भनिन्, ‘तर केही चुनौतीहरु छन्, पहिले यहाँ डाक्टर किन टिकेनन् भन्ने पनि बुझ्नुपर्छ । विरामी जाँचेर मात्र भएन, त्यसै अनुसार औषधि, परिक्षणका सामग्रीहरु उपलब्ध हुनुपर्याे । हामी र हाम्रो पालिकाको टिम सबै व्यवस्थापनका लागि लागिपरेका छौँ ।’
डाक्टर आचार्य लुम्बीनी मेडिकल कलेजबाट एमबिबिएस गरेर करिव एक वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सेवा गरिसकेकि छिन् । यस्तै उनीसंग संजिवनी मेडिकल कलेजमा अध्यापन संगै स्थानीय सरकारसंगको समन्वयमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनको पनि अनुभव छ ।

प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा हाल मुख्य रुपमा ल्याबको समस्या रहेको जनाउदै उनले भनिन्, ‘कतिपय मेसिनहरु छ, तर संचालन छैन । केही मेसिन उपकरण ल्याउने तयारी भएको छ । वेसिक जाँचहरु दिसापिसाव, रगतको जाँच नहुँदा, एक्सरे सेवा नहुँदाखेरी उपचारमा समस्या हुन्छ । सबै औषधिहरु पनि उपलब्ध छैन ।’ असाध्यै न्यून औषधिहरु उपलब्ध भएको र यसबाटै सेवा सुरु गरेको जनाउँदै डाक्टर आचार्यले धेरै चुनौतीहरु भएपनि विस्तारै व्यवस्थापन गर्दै जाने बताइन् । ‘दरबन्दी भएपनि डाक्टर नहुँदा ल्याब तथा अन्य मेसिन, उपकरण नभएको होला, हाम्रो टिम लागिपरेको छ । सुधार हुनेमा हामी आशावादी छौँ’, उनले भनिन् । हाल दैनिक आफुले २५ देखी ३० जनालाई चेकजाँच गर्नेगरेको उनको भनाई छ ।

निरन्तरको प्रयासमा डाक्टरको व्यवस्थापन गर्न सफल भएको भन्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले डाक्टर सहितको सेवा दिन आवश्यक पर्ने औषधि, उपकरण पालिकाको श्रोत साधनले भ्याएसम्म व्यवस्थापन गर्दै गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिने बताइन् । छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संयोजक केशरी भट्टराईका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टर, एकजना स्टाफ नर्स, एक जना एचए, तीन जना अहेव, ३ जना अनमी र एक जना ल्याब असिस्टेन्टको दरबन्दी छ । स्वास्थ्य केन्द्रमा आएका डाक्टर हेमराज शर्मा २०७५ भदौमा अध्ययन विदामा गएपछि डाक्टर अभावमा स्वास्थ्य संस्था सञ्चालन हुँदै आएको थियो ।

 डाक्टरको स्थायी पदपूर्तीका लागि स्वास्थ्य शाखाको समन्वयमा प्रदेश तथा केन्द्र सरकार समक्ष अनुरोध गर्दा पनि ग्रामिण भेगमा डाक्टर नआएपछि पालिकाले आफ्नै पहलमा बल्ल डाक्टर नियुक्त गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर वस्नेतले जानकारी दिए । यसका साथै लेखपोखरा स्थित पाखापानीमा १५ सैयाको अस्पताल निर्माण कार्य पनि भइरहेको बताए । अस्पताल निर्माणमा ढिलाई भइरहेकोमा आफुहरु निर्वाचित भएर आइसकेपछि सम्बन्धीत ठाउँमा लेखि पठाएर तथा निर्माण कम्पनीलाई समेत पटक पटक ताकेता गरेर अस्पताल निर्माणको कामलाई तिब्रता दिन आग्रह गरिएको वस्नेतको भनाई छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending