काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले देव उद्यान गौशालालाई मङ्लबारसम्म बक्यौता बुझाउन आग्रह गरेको छ । कोषले आज एक सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन र नयाँ सम्झौता गर्न गौशालालाई अनुरोध गरेको विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।
उनका अनुसार कोषको साउन १ गतेको निर्णयबाट गठित बाँकी बक्यौता असुली कार्य टोलीले स्थलगत रुपमा अनुगमन गरी कोषअन्तर्गत रहेका पसल, पार्किङको बक्यौता रकम कार्यालयमा दाखिला गर्न अनुरोध गरेको थियो ।
पटक पटकको टेलिफोन सम्पर्कबाट ताकेता गर्दा केही सञ्चालक व्यक्तिरफर्मरसंस्थाले आंशिक रकम कोषको बैंक खातामा दाखिला गरी कोषको कोष तथा आय लेखा व्यवस्थापन शाखामा भौचर बुझाएको र त्यसमा पनि कतिपयले आंशिक मात्रै र कतिपयले नबुझाएको पाइएकाले भदौ १२ गते कार्यालय समयभित्र बाँकी बक्यौता बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।
कोषले पत्राचार गरेको र कारणवस पत्र नपाएको भए सूचनालाई नै आधार मानेर तोकिएको समयसीमाभित्र आफूले तिर्न बाँकी रकम बुझाउन जानकारी गराएको छ । म्यादभित्र बाँकी बक्यौता नबुझाउनेलाई बक्यौता असुली कार्य टोलीको सिफारिसअनुसार कानुनी प्रक्रियाअनुसार कालोसूचीमा राखेर सम्बन्धित व्यक्ति–संस्था–फर्म–कम्पनीको बैंक खातासमेत रोक्का राख्न सिफारिस गरी सरकारी बाँकीसरह असुलउपरको कारबाही गरिने चेतावनी दिइएको कोषका कार्यकारी निर्देशक डा।खतिवडाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - ०९:३०
बर्दिवास। महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण...
फाल्गुन २१ गते, २०८२ - ०९:२६
काठमाडौं । बालेन शाहले काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेका छन्। मतदान गरेपछि उनी झापा जाने तयारीमा रहेका छन्। सुरक्षा स्रोतका अनुसार बालेन मा...
फाल्गुन २१ गते, २०८२ - ०९:१४
ओखलढुंगा। ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।...
फाल्गुन २१ गते, २०८२ - ०९:०९
काठमाडौं। उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार असावधानीवश पड्किएको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र ताव...
फाल्गुन २० गते, २०८२ - १९:१५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
फाल्गुन २० गते, २०८२ - १९:१०
इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...



प्रतिकृया लेख्नुहोस्: