Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

महिला क्रिकेटमा नेपाल मलेसियासँग पराजित

खबरडबली संवाददाता

काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले  १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

मलेसियालाई जिताउन ओपनर ऐन्ना हमिजा हसिमले नट आउट ३७ रन बनाइन् । महिरा इज्जती इस्मालीले २१ रन जोडिन् । बलिङतर्फ नेपालका रुबिना क्षेत्री, सीता राना मगर र  पूजा महताे समान १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो ।  नेपालको ब्याटिङको बीचमा वर्षाका कारण खेल रोकिएपपछि १८ ओभरमा घटाइएको खेलमा मलेसियाले ८५ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् । यस्तै इन्दु बर्माले २० रन बनाइन् । ओपनिङमा आएकी काजल श्रेष्ठले २१ बलमा १ चौका सहित १८ रन बनाइन् । दोस्रो विकेटका लागि काजल र इन्दु बर्माले २५ रनको साझेदारी बनाए ।

त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन् । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो ।

आज मलेसियासँगको फराकिलो हारको बाबजुत पनि नेपाल रनरेटका आधारमा शिर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । मलेसिया भने जितका बाबजुत पनि बाहिरिएको हो । नेपालले शनिबार दोस्रो स्थानमा रहेको हङकङसँग फाइनल खेल्नेछ ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो । नेपालको नेटरनरेट ०.८५३ र हङकङको ०.१९२ छ । मलेसियाको ३ खेलमा ४ अंक भए पनि नेटरनरेटका कारण फाइनलमा पुग्न सकेन । मलेसियाको नेटरनरेट ०.००७ मात्रै रह्यो ।

यो चारदेशीय शृंखलापछि नेपालले मलेसियामा नै आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोट खेल्ने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधरले हाईज्याक गरेकाे मोहनविक्रम सिंहको दाबी

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भ...

अहिलेको सरकार अमेरिकाको कठपुतली हो : मोहनविक्रम सिंह

काठमाडौं । नेकपा मसालकानेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारलाई अमेरिकाको प्रभावमा सञ्चालन भएको ‘कठपुतली सरकार’को संज्ञा दिएका छन्। ...

'एक महिने जरा अभियान' सञ्चालन गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाखदेखि 'एक महिने जरा अभियान' सञ्चालन गर्ने भएकाे छ । कांग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन...

पोखरामा चिनियाँ नागरिक लुट्ने चार जना पक्राउ

पोखरा । पोखराको जोगीमणीमा दुई जना चिनियाँ नागरिकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।  २०८२ चैत १९ गते दिउँसो स...

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन ।  भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...

वडाअध्यक्षले गराए अनिश्चितकालीन बजार बन्द

महोत्तरी । गौशाला नगरपालिका–५ का वडाअध्यक्ष ओमप्रकाश गुप्ताले गौशाला बजार अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन्। बजार क्षेत्रको अतिक्रमित संरचना हट...

फोहरबाट मोहरः व्यासले कमायो १७ लाख

तनहुँ । व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा...

इरानलाई ट्रम्पको चेतावनी : ४८ घण्टाभित्र सम्झौता गर, नत्र...

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन्। तोकिएको समयभित्र ...

ब्याज मिनाहा गर्न मुख्यमन्त्री बानियाँद्वारा माग

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिन आग्रह ...

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि

काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending