पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले किर्ते नागरिकताका दोषी र बलात्कार आरोपीलाई पक्राउ गरेको छ । किर्ते नागरिकताका दोषी फिदिम नगरपालिका १४ का मेखबहादुर राई र बलात्कारका आरोपी मिक्लाजुङ गाउँपालिकाका ५० वर्षीय गंगा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुबै जनालाई फिदिम बजारमा लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीलनजङ्ग थापाले बताए । सर्वोच्च अदालतको २०७९ भदौ १६ गतेको फैसलाले मेखबहादुरलाई किर्ते नागरिकतामा दोषी ठहर गरेको प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई मंगलबार नै जिल्ला अदालत पाँचथरमा पेस गरी अदालतको पत्रादेशले जिल्ला कारागार पाँचथरमा बुझाइएको जनाइएको छ । अदालतको फैसलामा मेखबहादुरले एक वर्ष कैद र २० हजार रुपियाँ जरिवाना सजाय भुक्तान गर्नुपर्ने तोकिएको छ ।
बलात्कार आरोपी गंगा राईलाई अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धानका लागि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । फरक क्षमता भएकी बालिकालाई गंगाले गत साउन २९ गते साँझ जबरजस्ती करणी गरेको आरोप छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८१ - १६:१७
तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक...
बैशाख २४ गते, २०८१ - १६:०९
गुल्मी । यात्रुको चाप बढेपछि गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान थप भएको छ । थप उडान सँगै अब विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको हो । ...
बैशाख २४ गते, २०८१ - १५:२५
काठमाडौं । गृह मन्त्रालयले हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ । पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहा...
बैशाख २४ गते, २०८१ - १५:२१
काठमाडौं । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरासानले आईसीसी टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ । दैनिक भास...
बैशाख २४ गते, २०८१ - १५:१८
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अतिक्रमण गरिएका ८३ प्राकृतिक ताल खाली गरान थालेकाे छ । कैलालीको धनगढीमा रहेका ८३ वटा प्राकृतिक ताल अतिक्रमणको...
बैशाख २४ गते, २०८१ - १५:१३
विगतमा आफुबाट कमजोरी भएको गाैतमकाे स्वीकार
बैशाख २४ गते, २०८१ - १४:५२
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ । प्रतापपुर गाउ...
बैशाख २४ गते, २०८१ - १४:३५
काठमाडौं । काठमाडौंबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजबाट धुँवा निस्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारका लागि उड्न लागेको जहाजक...
बैशाख २४ गते, २०८१ - १४:३३
सर्लाही । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख...
बैशाख २४ गते, २०८१ - १४:२८
धनुषा । जनकपुरमा दिनदहाडै बन्दुक देखाएर सहकारी कर्मचारीको ८० लाख रुपियाँ लुटिएको छ । सोमबार करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषा...
प्रतिकृया लेख्नुहोस्: