Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पर्यटनबोर्ड र एसटएलआरपीले पायो पाटा गोल्ड अबार्ड– २०२३

खबरडबली संवाददाता

काठमाडौं ।  पर्यटनबोर्ड÷एसटएलआरपीले पाटा गोल्ड अबार्ड– २०२३ पाएको छ ।  नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा संचालित जीविकोपार्जन पुनःउत्थानकालागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) गोल्ड अबार्ड –२०२३ प्राप्त गरेको हो ।
 
पर्यटनका माध्यमबाट महिला शसक्तिकरणमा गरेको पहलकदमी दीगोपन तथा सामाजिक उत्तरदायित्वको लागि (Woman Empowerment initiative) प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) ले नेपाल पर्यटन बोर्ड /एसटीएलआरपीलाई पाटा गोल्ड अबार्ड २०२३ पदान गरेको हो । पाटा हेडक्वाटरले हिजो विज्ञप्ति जारी गदै यो अबार्ड प्रदान गरेको जानकारी दिएको छ । यो परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेशन रेसिलेन्सि विधा अन्र्तगत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो ।

यस्तै २०२३ मा पनि  पाटाबाट स्पेशल पाटा अवार्ड समेत प्राप्त गरेको थियो ।  सन् १९९५ बाट शुरु भएको यो अबार्ड यसपाली विभिन्न २३ वटा संघ संस्थाहरुलाई विभिन्न विधामा प्रदान गरिएको छ । यो पुरस्कार अक्टुवर ५ मा नयाँदिल्लीमा आयोजना हुने पाटा टार्वल मार्ट २०२३ को अवसरमा प्रदान गरिने नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणीराज लामिछानेले जानकारी दिए । 

पाटा अबार्ड प्राप्त गर्नुले परियोजनाले गरिरेहेका कामको मूल्याङ्कन भएको र बोर्डलाई थपकार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) तथा परियोजनाका राष्ट्रिय निर्देशक डा.धनञ्जय रेग्मीले बताए ।

‘हामीले कोभिडको असरसंगै पर्यटकहरुको उद्धार देखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा कार्यहरु निरन्तर गर्दै आइरहेका छौं । यसले थोरै भएपनि जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा सहयोग गरेको छ । हामीले गरेका कामहरुले मुल्याङ्कन गर्दै निरन्तर विभिन्न अन्तरराष्ट्रिय अबार्डहरु प्राप्त गरेका छौं । यसले हामीलाई थपकार्य गर्न प्रोत्साहन मिलेको छ’ डा. रेग्मीले भने ।

यस्तै पर्यटकको खोज तथा उद्दारमा खोजमा गरेको योगदानको कदर स्वरुप पनि बोर्डले विभिन्न राजदुतावास तथा अन्तरराष्ट्रिय संस्थाहरुबाट सम्मानप्राप्त गरेको थियो । 

बोर्डले युएनडीपीसँगको सहकार्यमा शुरु गरेको परियोजनाले लगातार दुई वर्ष यस  प्रकारको अबार्ड प्राप्त गर्दा युएनडीपी खुशी रहेको प्रतिक्रिया दिँदै युएनडीपीका पोर्टफोलियो म्यानेजर  कल्पना सरकारले यस प्रकारका तालिमले पर्यटनमा भएको महिला सहभागिताको ग्याप कम गर्नुका साथै अल्पसंख्यक अप्लसंख्यकहरुलाई समेत कामको अवसर प्रदान गरेको बताए ।

उनले पर्यटनमा भएको महिला जनशक्तिअभाव तथा समावेशिताको पक्षलाई समेत ध्यानमा राख्दै युएनडीपीले आउँदा दिनमा समेत सहकार्य गर्ने बताए ।  बोर्ड तथा एसटीएलआरपीले कोभिड–१९ पछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धि सहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

यस अन्र्तगत महिलाहरुका लागि रिभर गाईड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि ट्रेकिङ गाइड लगायतका विभिन्न तालिम तथा पर्यटनसंग सम्बनिधत विभिन्न विधाका गाइड म्यानुयलहरु तयार गर्दै आइरहेको छ । परियोजनाले अहिलेसम्म करिब एक हजार महिलाहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गरेको परियोजनाले जनाएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending