काठमाडौं । ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले श्रम स्वीकृत बिना नै ठूलो संख्यामा नेपाली चिकित्सक विदेश पठाउनका लागि विज्ञापन गरेको छ । कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगाले ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेर सुचना निकालेको हाे ।
ओमेगाले सार्वजनिक गरेको सूचना अनुसार कुवेतको अस्पतालमा काम गर्ने गरी विभिन्न सात वटा विधामा विशेषज्ञ डाक्टरहरु माग गरिएको छ । ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिष्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिष्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख छ ।
विदेशमा नेपाली कामदार पठाउनका लागि वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिनु पर्ने कानूनी व्यवस्था रहेकाे भए पनि ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले भने कुवेतमा चिकित्सक लैजानका लागि श्रम स्वीकृति नलिएको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए ।
ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडका एक कर्मचारीले पुरानो माग नै रहिरहेकोले अहिले विज्ञापन गरिएको दाबी गरे । कुवेतको सरकारी दमन अस्पतालका लागि चिकित्सक पठाउन लागिएको उनले बताए । उनका अनुसार ९७५ जना चिकित्सक पहिलो चरणमा दुई वर्षका लागि माग छ । अस्पतालले सुरुमा दुई वर्षका लागि कन्ट्याक्ट दिनेछ भने त्यसपछि बस्न मन हुने चिकित्सकहरुले भिसा थपेर अवधि लम्बाउन सक्ने बताइएकाे पनि उनले जनाए ।
विशेषज्ञ चिकित्सकको तलब ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म हुने ओमेगाले जानकारी दिएको छ । उक्त तलबमा चिकित्सकले मासिक २६ दिन काम गर्नुपर्ने सूचनामा उल्लेख छ । कुवेत पठाउने खर्चका लागि आमेगाले ६ लाखको हाराहारीमा लाग्ने जनाएको छ । भदौको अन्तिमबाट अन्तरर्वाता लिन सुरू गरिने ती कर्मचारी बताउँछन् ।
कुवेतको दमन अस्पतालले सुरुको महिना खाना र बस्ने व्यवस्था समेत दिने उनले बताए । तर, दोस्रो महिनाबाट भने खानाको व्यवस्था चिकित्सक आफैंले गर्नुपर्ने हुन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: