Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

श्रम स्वीकृति बिना नै चिकित्सक कुवेत लैजान विज्ञापन

खबरडबली संवाददाता

काठमाडौं । ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले श्रम स्वीकृत बिना नै ठूलो संख्यामा नेपाली चिकित्सक विदेश पठाउनका लागि विज्ञापन गरेको छ । कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगाले ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेर सुचना निकालेको हाे ।

ओमेगाले सार्वजनिक गरेको सूचना अनुसार कुवेतको अस्पतालमा काम गर्ने गरी विभिन्न सात वटा विधामा विशेषज्ञ डाक्टरहरु माग गरिएको छ । ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिष्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिष्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख छ ।

विदेशमा नेपाली कामदार पठाउनका लागि वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिनु पर्ने कानूनी व्यवस्था रहेकाे भए पनि  ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले भने कुवेतमा चिकित्सक लैजानका लागि श्रम स्वीकृति नलिएको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए ।

ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडका एक कर्मचारीले पुरानो माग नै रहिरहेकोले अहिले विज्ञापन गरिएको दाबी गरे । कुवेतको सरकारी दमन अस्पतालका लागि चिकित्सक पठाउन लागिएको उनले बताए । उनका अनुसार ९७५ जना चिकित्सक पहिलो चरणमा दुई वर्षका लागि माग छ । अस्पतालले सुरुमा दुई वर्षका लागि कन्ट्याक्ट दिनेछ भने त्यसपछि बस्न मन हुने चिकित्सकहरुले भिसा थपेर अवधि लम्बाउन सक्ने बताइएकाे पनि उनले जनाए ।

विशेषज्ञ चिकित्सकको तलब ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म हुने ओमेगाले जानकारी दिएको छ । उक्त तलबमा चिकित्सकले मासिक २६ दिन काम गर्नुपर्ने सूचनामा उल्लेख छ । कुवेत पठाउने खर्चका लागि आमेगाले ६ लाखको हाराहारीमा लाग्ने जनाएको छ । भदौको अन्तिमबाट अन्तरर्वाता लिन सुरू गरिने ती कर्मचारी बताउँछन् । 

कुवेतको दमन अस्पतालले सुरुको महिना खाना र बस्ने व्यवस्था समेत दिने उनले बताए । तर, दोस्रो महिनाबाट भने खानाको व्यवस्था चिकित्सक आफैंले गर्नुपर्ने हुन्छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending