Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

चित्लाङको आकर्षण– बाख्राको चिज र आरुबखडाको वाइन

\"cheese\"काठमाडौ । गाईभैँसीको दूध बिक्री हुन्छ र गरिन्छ भन्ने जो कोहीलाई पनि थाहा छ । तर बाख्राको दूध पनि बिक्री हुन्छ भन्ने विषय सबैको जानकारीमा नहुन सक्छ तर बाख्राको दूध र चिज बिक्री गरेर अशोककुमार सिंह ठकुरी लखपति बनेका छन् । पहिले पहिले धार्मिक आवश्यकता पूरा गर्नका लागि मात्र बाख्रा पालिने प्रचलन थियो । तर हिजोआज आर्थिक उपार्जनको प्रमुख मेरुदण्ड बनेको बाख्रापालन व्यावसायिक बन्दै गएको छ । ठकुरी मकवानपुर, चित्लाङ निवासी हुन । २०५९ सालमा फ्रान्समा पुगी  बाख्रापालन तालिम लिएका थिए उनले । रु दुई लाख ५० हजारको जागिर पेरिसमा तिरस्कार गरी स्वदेश फर्केका ठकुरीको चित्लाङमा बाख्रा फार्म छ । उनको बाख्रा फार्ममा अहिले लगभग १५० विभिन्न जातका बाख्रा छन् । बेल्जियममा लामो समय बसेका ठकुरी बेल्जियमबाट फर्केपछि मात्र फ्रान्स पुगेका हुन ।  लामो समय बेल्जियममा काम गरेका  ठकुरीले अन्ततः चित्लाङमा नेपालकै पहिलो निजीस्तरबाट बाख्राको दूधबाट बनाइने चिज कारखाना स्थापना गरे । फलस्वरुप उनले फ्रान्स र बेल्जियममा चिज आपूर्ति गरी नेपालको इज्जत र गौरवलाई चिनाएका छन् । बेल्जियमकै साथीहरुबाट बाख्राको चिज धेरै माग भएको छ । बाख्राको दूधबाट निर्माण गरिने चिज मागअनुसार आपूर्ति गर्न नसकिएकामा उनी दुखी छन् । उनले चिज काठमाडौंका ठूला–ठूला होटलमा बिक्री वितरण गर्ने गर्दछन् । त्यसका अलावा पोखराबाट समेत  माग आएको तर पूरा गर्न नसकेको प्रति उनी दुखी छन् । चार लिटर दूधबाट एक किलो चिज बनाउन सकिन्छ । उनले दूध प्रतिलिटर २०० मा र कडा चिज प्रतिकिलो दुई हजार ५०० मा बिक्री गर्ने गरेका छन् । उनले आफ्नो चिज कारखानामा नरम चिजसमेत उत्पादन गर्छन । नरम चिज भने प्रतिकिलो एक हजार ५०० देखि रु दुई हजार किलोमा बिक्री गर्ने गरेका छन् । बाख्रापालन व्यवसायमा सातजना व्यक्तिलाई रोजगार दिएका छन् ठकुरीले । प्रतिमहिना लगभग तीन लाख आम्दानी गर्ने गरेका ठकुरीका छोरा नाथम कलेजमा होटल व्यवस्थापन विषय अध्ययन गरिरहेका छन् । ठकुरीले चित्लाङमा सामुदायिक होमस्टेसमेत सञ्चालनमा ल्याएका छन् । ठकुरीको नेतृत्वमा सञ्चालनमा आएको होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकलाई बाख्राको दूध, चिज र आलुबखडाको वाइन खुवाएर स्वागत गर्ने प्रचलन छ । मकवानपुर जिल्लाको आकर्षित पर्यटकीयस्थल चित्लाङ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको जिविस मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताए । हाल जिविस मकवानपुरले चित्लाङको आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा विशेष प्राथमिक क्षेत्र तोकेको छ । होमस्टे सञ्चालन गर्ने चाहना ठकुरीको  रहर थिएन । बाध्यता हो भन्छन् –बाख्रा विकास फार्म चित्लाङ, मकवानपुरका प्रमुख मेघराज ढकाल । कर्म गर्दै गएपछि क्रमशः फल विस्तारै लाग्दै जाँदोरहेछ भन्ने उदाहरणको प्रतिमूर्ति बनेकाछन् अहिले ठकुरी । बेल्जियम, फ्रान्स, अस्ट्रेलियालगायत अन्य केही युरोपियन मुलुकबाट आएका पर्यटकले बाख्राको चिज औधी मनपराइदिएकाले  आफू लखपति बनेको उनले सुनाए । बाख्राको चिज नियमित खानाले पायल्स आजीवन नहुने  र क्यान्सर रोगसँग लड्न सक्ने क्षमता ९० प्रतिशतमाथि हुने भएकाले स्वास्थ्यका लागि श्रेयस्कर मानिएको हो । ठकुरीले  सानन जातको बाख्राको दूध र चिज बनाई बिक्री वितरण गरेका छन् । युरोपमा सानन जातका बाख्राको चिज खोजी खोजी खाने प्रचलन रहेको बुझिन्छ । नेपालमा भारतको हरियाणा हँुदै सानन जातको बाख्रा भित्रिएको इतिहास पाइन्छ । सानन जातको बाख्राले लामो समयसम्म दूध दिने र दूधको पोषक तत्व  थप  गुणस्तरीय भएको विज्ञहरुको दाबी छ । दूधमा औसत ३ दशमलव ५५ प्रतिशत चिल्लो पदार्थ पाइन्छ ।  साथै साननको मासु नरम र पोषिलो भएको अनुमान छ । यस जातको बाख्राको शारीरिक तौल औसत ६५ किलो र बोकाको शारीरिक तौल ९५ किलोसम्म हुने गरेको छ । हालको आँकडामा पाठापाठीलाई पु¥याएर प्रतिदिन एक बाख्राले ४०० एमएलदेखि एक हजार ५०० एमएलसम्म दूध दिने गरेको बाख्रा विकास फार्म चित्लाङले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies