Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एकल साँझमा गुन्झदै नारायण रायमाझी

खबरडबली संवाददाता

काठमाडौंँ । बिशिष्ट लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझी एकल साँझमा गुन्जने भएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले यहि भदौ १५ गते प्रज्ञाप्रतिष्ठान कमलादीमा रायमाझीको एकल साँझ आयोजना गर्ने भएको हो ।

नेपाल टेलिकम मुख्य प्रयोजक रहेको एकल साँझको ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ नाम दिइएको छ ।
कार्यक्रममा गायक रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ दर्जनबढी गीत प्रस्तुत गर्नेछन् । प्रतिष्ठानले पहिलो पटक श्रष्ठाको एकल साँझ आयोजना गर्न लागेको हो ।
सोमबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रतिष्ठानले एकल साँझको बिभिन्न पक्षबारे जानकारी गराएको छ ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रज कलाकारको सम्मान, लोककला र संस्कृितको संरक्षण गर्ने उद्देश्यका साथ यो बर्षबाट एकल साँझ आयोजना थालेको जानकारी दिइन् ।
‘हामीले अबदेखि हरेक बर्ष एक अग्रज कलाकारको एकल साँझ आयोजना गर्ने उदेश्य राखेका छौ । त्यसै अनुरुप यो बर्ष नारायण रायमाझी एकल साँझ हुन लागेको हो’, थापाले भनिन् ।
कार्यक्रममा गायक तथा संगीतकार रायमाझीले प्रतिष्ठान जस्तो गरिमामय संस्थाले गर्न लागेको पहिलो एकल साँझमा आफु छनोटमा पर्नु भनेको आफ्नो अहोभाग्य भएको बताए । उनले आयोजना हुन लागेको एकल साँझ आफ्नो जीवनकै पहिलो एकल साँझ भएकोले आफ्ना लागि चुनौती र अवसर दुबै रहेको धारणा राखे ।
‘जीवनमा एकल साँझ गरिन्थ्यो, गरिदैन थियो । प्रतिष्ठानले एक अवसर दिएको छ’, रायमाझीले भने ‘कताकता डर, कताकता उत्साह लागि रहेछ । म पनि एउटा नयाँ अनुभव गर्दैछु ।’ जीवनका सुख, दुःखका नयाँ तथा पुराना गीतसंगीत दर्शक समक्ष पोख्ने सुवर्ण अवसरको रुपमा एकलसाँझलाई आफुले लिएको उनले सुनाए ।
‘जीवनमा धेरै गीत गाइयो । कार्यक्रममा सबै गीत प्रस्तुत गर्न सकिदैन होला । सकेसम्म सबै खालका रंगले भरिएका गीतहरु राख्नेछु’, उनले अगाडि थपे ‘अलिकति भावना, अलिकति संस्कृति बोकेका, सबैको मन छोएका, जीवनमा आफुलाई सन्टुष्टि मिलेका जतिसक्दो धेरै गीत राख्ने कोसिस गर्नेछु ।’
कार्यक्रममा नेपाल टेलिकमका प्रवन्धक हरि ढकालले लोक गीतसंगीत राष्ट्रको पहिचान भएका बताउदै लोक गीत संगीतको अग्रज श्रष्ठाको कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको बताए ।
दिनको १ देखि ७ बजेसम्म ६ घन्टा चल्ने एकल साँझमा करिब हजारौ दर्शक हुने अपेक्षा आयोजकको छ । प्रज्ञाप्रतिष्ठानको हल भित्र भिआइपीहरुका लागि प्रत्यक्ष हेर्न र सुन्ने ब्यवस्था गरिने र बाहिर चौरमा स्क्रिन मार्फत सर्वसाधारणका लागि हेर्ने र सुन्ने ब्यवस्था हुनेछ । कार्यक्रमको खर्च तिस लाख हुने आयोजकले अनुमान गरेको छ । क्लालिटी साउन्ड सिस्टम सहित उत्कृष्ट तरिकाले आयोजना हुने कार्यक्रमका लागि टिकटको समेत ब्यवस्था गरिनेछ ।
एकल साँझको प्रोमो समेत सार्वजनिक गरिएको कार्यक्रममा प्रतिष्ठानका पुर्व अध्यक्ष तथा संरक्षक दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी, राजन लम्साल, उज्वोल जंग ठकुरी, रामचन्द्र कोइराला, आरसी कोइराला, प्रेमराजा महत लगायत थुप्रै ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

पाल्पा जिल्ला साबिकको झडेवा वडा नं. ५ र हाल माथागढी गाउँपालिका वडा नं. ४ देउवीर, गोठादीमा वि.सं. २०२० सालमा जन्मिएका गायक रायमाmभी लोक गीतसङ्गीतमै जीवन समर्पण गर्ने ब्यक्ति हुन् । २०४२ सालमा कारगिल (रेलिमै) बाट आफ्नो साङ्गीतिक यात्राको  थालनी गरेका रायमाझीका भईफुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, राम्दी पूल तर्ने, गेटमा बेलीजाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेउ साईंली, लाइछौ बेशन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायतका सयौँ लोकप्रिय गीतहरू छन् ।
रायमाझीले ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ लगायतको फिल्म पनि निर्माण निर्देशन गरेका छन् । ‘परदेशी २’ प्रदर्शनमान आउन बाँकी रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending