Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

नेपाल र पाकिस्तानसँग एसिया कप खेल्न भारतले घोषणा गर्यो राष्ट्रिय टोली

रोहित शर्माको नेतृत्वमा १७ सदस्य खेलाडी छनोट

खबरडबली संवाददाता

काठमाडौं। एसिया कपका लागि भारतले आफ्नो टिम घोषणा गरेको छ। टिमका प्रमुख छनोटकर्ता अजित अगरकरले सोमबार रोहित शर्माको कप्तानीमा आफ्नो टिम घोषणा गरेका हुन्।

खेलका लागि जसप्रित बुमराह र केएल राहुल पनि फर्किएका छन्। बुमराह आयरल्याण्डमा ट्वान्टी २० सिरिज खेलिरहेको भारतीय टिमको कप्तानी गरिरहेका छन् । बुमराह लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका हुन्। 

यस्तै आईपीएलमा चोटका कारण लामो समय आराम गरेका राहुल पनि हाल खेलका लागि तयार भएका हुन् । साथै श्रेयस अय्यर पनि चोटका कारण लामो समय टिमबाहिर थिए ।

टिममा जम्मा १७ जना खेलाडी छानिएको प्रमुख छनोटकर्ता अगरकरले बताएका छन्। जसअनुसार शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा र सन्जु सेमसन भारतीय टोलीमा छन्। एसिया कपका लागि भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्नेछन् । हार्दिक पाण्डेय भने उपकप्तान छन्।

प्रमुख छनोटकर्ता अगरकरका अनुसार सन्जु सेमसन ब्याकअप प्लेयरको रुपमा चयन गरिएका हुन्। अगस्ट ३० मा सुरु हुने एसिया कप अन्तर्गत भारतको पहिलो म्याच पाकिस्तानसँग हुनेछ। सेप्टेम्बर २ मा हुने भारत(पाकिस्तानको उक्त खेललाई निकै महत्त्वका साथ हेरिएको छ।

एसिया कपमा भारत र पाकिस्तानसँगै श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेपालले प्रतिस्पर्धा गर्नेछन्। वान डे क्रिकेटमा १७ सतकसहित ६ हजारभन्दा धेरै रनका बनाएका धवन भने एसिया कपका लागि भारतीय टिममा परेका छैनन्। कप्तान रोहितका सशक्त साझेदार मानिएका धवनको सट्टामा यसपटक इशान किशन र शुभमन गिलले रोहितलाई साथ दिनसक्ने देखिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: