इलाम । इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धान केन्द्रलाई चिया र अलैंची उत्पादन हुने स्थानमा स्थापना गर्न जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु गर्न लागिएको हो ।
अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका– १ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरि कार्यालय निर्माणका लागि जग्गा सम्याउने काम भइसकेको इलाम नगरपालिकाले जनाएको छ । कार्यालय भवन निर्माणका लागि यो वर्ष दुई करोड ३८ लाख रुपियाँ बजेट छुट्याएको इलाम नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालले जानकारी दिए । यो रकमले जग्गामा कम्पाउण्डका लागि तारबार र कार्यालय भवन निर्माण हुनेछ । दुलालका अनुसार अब ५२ रोपनी जग्गा अनुसन्धान केन्द्रका लागि दाताहरुले उपलब्ध गराउने कार्य भइरहेको छ । आगामी कात्तिक महिनासम्मको उक्त जग्गा पनि केन्द्रका नाममा आइसक्ने बताइएको छ ।
इलाममा स्थापना गर्न लागिएको यो केन्द्रले चिया र अलैंचीको क्षेत्रमा अनुसन्धान गर्ने र सूर्योदय नगरपालिकास्थित पान्दाममा रहेको अलैंची विकास केन्द्रले अलैंची विस्तारको काम गर्ने धनकुटास्थित राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमका प्रमुख डाक्टर हिमाल तिम्सिनाले बताए ।
उनले इलाममा स्थापना गर्न लागिएकाे यो कार्यालयले चाहिँ अनुसन्धानको काम गर्ने उनकाे भनाइ छ । अहिलेसम्म नेपाली चियाको जात नभएकाे र नेपाली अलैंचीको पाँच वटा जात बल्ल दर्ता भएको उनले बताए । अझै अन्य जातको अनुसन्धान हुनै बाँकी रहेकाे उनकाे भनाइ छ । यो कार्यालय इलाममा स्थापनापछि चिया र अलैंचीका लागि महत्वपूर्ण काम हुनसक्ने तिम्सिनाले बताए ।
डाक्टर तिम्सिनासहित इलाम नगरपालिकाको एक टोलीले साँखेजुङस्थित अनुसन्धान केन्द्रका लागि व्यवस्थापन गरिएको जग्गाको निरीक्षण गरेको छ । त्यसोत विसं १९२० मा रोपण सुरु गरिएको चियाको भने अहिलेसम्म नेपालको आफ्नै जात छैन । “चिया रोपेको ६० वर्षपछि आफ्नो जात दर्ता गर्न पाइन्छ । तर १६० वर्ष पुग्दा पनि नेपाली चियाको जात बन्न सकेको छैन,” डाक्टर तिम्सिनाले भने, “अहिले हामी चियाको आफ्नै जात बनाउन पनि लागिरहेका छौं । अब प्रस्तावना तयार गरेर नयाँ जातको दर्ताका लागि अघि बढ्नेछौं ।”
चिया र अलैंचीका लागि इलाम महत्वपूर्ण रहेकाले अनुसन्धान केन्द्र पनि इलाममै स्थापना हुँदा नेपाली चिया र अलैंचीका लागि चिया र अलैंचीको अध्ययन, अवलोकन र अनुसन्धान गर्नेहरुलाई समेत सहज हुने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...
आषाढ़ ११ गते, २०८३ - २०:२७
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...
आषाढ़ ११ गते, २०८३ - २०:२४
राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...
आषाढ़ ११ गते, २०८३ - २०:१५
काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...
आषाढ़ ११ गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...
आषाढ़ ११ गते, २०८३ - २०:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...
आषाढ़ ११ गते, २०८३ - १९:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...
आषाढ़ ११ गते, २०८३ - १९:४७
काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...
आषाढ़ ११ गते, २०८३ - १९:४३
काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...
आषाढ़ ११ गते, २०८३ - १९:३६
पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...



प्रतिकृया लेख्नुहोस्: