Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र

खबरडबली संवाददाता

इलाम । इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धान केन्द्रलाई चिया र अलैंची उत्पादन हुने स्थानमा स्थापना गर्न जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु गर्न लागिएको हो । 

अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका– १ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरि कार्यालय निर्माणका लागि जग्गा सम्याउने काम भइसकेको इलाम नगरपालिकाले जनाएको छ । कार्यालय भवन निर्माणका लागि यो वर्ष दुई करोड ३८ लाख रुपियाँ बजेट छुट्याएको इलाम नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालले जानकारी दिए । यो रकमले जग्गामा कम्पाउण्डका लागि तारबार र कार्यालय भवन निर्माण हुनेछ । दुलालका अनुसार अब ५२ रोपनी जग्गा अनुसन्धान केन्द्रका लागि दाताहरुले उपलब्ध गराउने कार्य भइरहेको छ । आगामी कात्तिक महिनासम्मको उक्त जग्गा पनि केन्द्रका नाममा आइसक्ने बताइएको छ । 

इलाममा स्थापना गर्न लागिएको यो केन्द्रले चिया र अलैंचीको क्षेत्रमा अनुसन्धान गर्ने र सूर्योदय नगरपालिकास्थित पान्दाममा रहेको अलैंची विकास केन्द्रले अलैंची विस्तारको काम गर्ने धनकुटास्थित राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमका प्रमुख डाक्टर हिमाल तिम्सिनाले बताए । 
उनले इलाममा स्थापना गर्न लागिएकाे यो कार्यालयले चाहिँ अनुसन्धानको काम गर्ने उनकाे भनाइ छ । अहिलेसम्म नेपाली चियाको जात नभएकाे र  नेपाली अलैंचीको पाँच वटा जात बल्ल दर्ता भएको उनले बताए । अझै अन्य जातको अनुसन्धान हुनै बाँकी रहेकाे उनकाे भनाइ छ । यो कार्यालय इलाममा स्थापनापछि चिया र अलैंचीका लागि महत्वपूर्ण काम हुनसक्ने तिम्सिनाले बताए । 

डाक्टर तिम्सिनासहित इलाम नगरपालिकाको एक टोलीले साँखेजुङस्थित अनुसन्धान केन्द्रका लागि व्यवस्थापन गरिएको जग्गाको निरीक्षण गरेको छ । त्यसोत विसं १९२० मा रोपण सुरु गरिएको चियाको भने अहिलेसम्म नेपालको आफ्नै जात छैन । “चिया रोपेको ६० वर्षपछि आफ्नो जात दर्ता गर्न पाइन्छ । तर १६० वर्ष पुग्दा पनि नेपाली चियाको जात बन्न सकेको छैन,” डाक्टर तिम्सिनाले भने, “अहिले हामी चियाको आफ्नै जात बनाउन पनि लागिरहेका छौं । अब प्रस्तावना तयार गरेर नयाँ जातको दर्ताका लागि अघि बढ्नेछौं ।”

चिया र अलैंचीका लागि इलाम महत्वपूर्ण रहेकाले अनुसन्धान केन्द्र पनि इलाममै स्थापना हुँदा नेपाली चिया र अलैंचीका लागि चिया र अलैंचीको अध्ययन, अवलोकन र अनुसन्धान गर्नेहरुलाई समेत सहज हुने बताइएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending