Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

हामी सबै घेराहरू तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौँ : पुन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् । पार्टी सम्बद्ध पेसागत जिल्ला समिति बैठकलाई सोमबार सम्बोधन गर्दै पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमाथि अकारण हमला भइरहेको बताएका हुन् । 

‘राम्रो काम गर्दा हाम्रो अध्यक्षले नेतृत्व गर्नुभएको सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ’, पुनले भने, ‘हामी सबै घेराहरू तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौँ ।’  सरकार जनताको साथ लिएर सबै खाले घेराबन्दी तोड्दै लक्ष्यमा अघि बढ्ने उनको भनाइ थियो ।

उनले सरकारले पछिल्लो समय असल नियतका साथ अघि बढाएका लोकप्रिय काम नरोक्ने पनि उल्लेख गरे । वर्तमान सरकारले गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको पुनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उनले चर्चा गरे । सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिपय अवस्थामा सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको उनको भनाइ थियो ।

राजनीति, प्रशासन र सुरक्षा संयन्त्रका राम्रा मानिसहरूमाथि एकैसाथ सुनियोजित आक्रमण भइरहेको भन्दै पुनले मुलुकमा कोही पनि राम्रा छैनन् र केही पनि राम्रो भएको छैन भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको औँल्याए । आफ्नो पार्टीले विगतदेखि नै भ्रष्टाचार शून्य समाज, उत्पादन मैत्री, विकास मैत्री संरचना र सामाजिक न्यायको पक्षमा भूमिका खेल्दै आएको दाबी गर्दै उनले सरकारमा हुँदा वा नहुँदा उक्त भूमिकाबाट विमुख नहुने उल्लेख गरे । 

पुनले केन्द्रीय समितिको निर्णयअनुसार सुरु ‘घरघरभा माओवादी, जनजनमा माओवादी’, अभियानका क्रममा काठमाडौँ उपत्यकामा रक्तदान, वृक्षारोपण तथा सफाइ अभियान सञ्चालन गरिने बताए । यस्तै राणा शासनविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन, बहुदलीय व्यवस्था स्थापनाका लागि भएको २०४६ को जनआन्दोलन तथा माओवादी जनयुद्धका शहीद परिवार, घाइते तथा ती आन्दोलनमा योगदान गर्ने योद्धाहरूलाई सम्मान र राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरूलाई अभिनन्दन गरिने जानकारी दिए । पुन माओवादीको उपत्यका विशेष प्रदेश समितिका इन्चार्जसमेत हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

३२ वर्षदेखि अतिक्रमणमा कारागारको डेढ विघा जग्गा, अदालतको आदेश पनि कार्यान्वयन भएन

राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...

द्वन्द्वकालीन यौन हिंसामा कानुनी न्याय मात्र पर्याप्त छैनः देवी खड्का

काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...

‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’ — खाण पक्षको जिकिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...

स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको शतप्रतिशत मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...

प्रदेश सभा खारेजीको रास्वपा एजेण्डामा कांग्रेस, एमाले र नेकपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त

काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...

जुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षाजुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षा

काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...

फेवातालमा सुरक्षा कडाइ : कास्की प्रशासनको १९ बुँदे निर्देशन

पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending