सिमकोट । नेपालको सङ्घीय राजधानी काठमाडौँबाट केरुङ नाका हुँदै हुम्लाको सदरमुकाम सिमकोटमा खाद्यान्न ल्याइने भएको छ । गाडीमार्फत पैदल मार्ग भएर चार हजार क्वीन्टल खाद्यान्न ल्याइने भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौँबाट रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाएको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । उनका अनुसार साउन महिनाभरि हवाई उडान कम भएकाले हुम्लामा खाद्यान्न समस्या भएको छ ।
जिल्लामा खाद्यान्न समस्या देखिएको बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्वीन्टल खाद्यान्न लोड भएका ४० वटा गाडीमा ढुवानी गरेर आज काठमाडौँबाट हुम्लाको लागि छुटेको शाखा प्रमुख अधिकारीले बताए ।
उनका अनुसार यसअघि ढुवानीको जिम्मा पाएको सप्लायर्सले काठमाडौँमा लिमिटेडबाट खाद्यान्न बुझेर गाडी लोड गरिएको र तिब्बती मार्गबाट ढुवानी गर्न प्रक्रिया मिलाएर खाद्यान्न लोड गाडी हुम्लातर्फ लागेको छ ।
उक्त खाद्यान्नमा एक हजार क्वीन्टल नाम्खा गाउँपालिकाका लागि र तीन हजार क्वीन्टल सिमकोट शाखाका लागि ढुवानी हुन लागेको हो । तिब्बती मार्ग भएर ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गबाट आउने खाद्यान्नभन्दा ढुवानी दर सस्तो पर्ने गरेको शाखा प्रमुख अधिकारीले बताए ।
काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोटसम्म पुग्ने खाद्यान्नप्रति क्वीन्टल रु सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्वीन्टल खाद्यान्न रु चार हजार आठ सय ढुवानी लाग्नेछ । नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यनन्नको हवाई भाडाप्रति क्वीन्टल रु १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्वीन्टल १५ हजार पाँच सय रुपियाँ लिमिटेडले तिर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: