Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

सिख्रौलीघाटमा तेह्रौँ शताब्दीको शिव मन्दिर पुन: निर्माण

खबरडबली संवाददाता

नवलपुुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुन:निर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले विसं २०७० मा उत्खनन सुरु गरेको थियो । 

दुई वर्ष लगाएर उत्खनन गरिएपश्चात् सिख्रौलीमा सुर्खेतको काँक्रे विहारमा रहेको जस्तै १३औँ शताब्दीको शिखर शैलीको शिव मन्दिर रहेको विभागले निष्कर्ष निकालेको थियो । पुरानै भग्नावशेष भेटिएको स्थानमा नै पुरातत्व विभागले रु सात करोड ६८ लाखको लागतमा गत फागुनमा शिखर शैलीको शिव मन्दिर पुन: निर्माण सम्पन्न गरेको छ । 

मन्दिरको पुन: निर्माण सकिए पनि मन्दिरको प्राण प्रतिष्ठा नगरिएका कारण पूजाआजाका लागि मन्दिर खुला नगरिएको कैलाश सन्न्यास आश्रम, महादेव थान व्यवस्थापन समितिका उपाध्यक्ष प्रेमलाल पौडेलले बताए । “पुरातत्व विभागले मन्दिरको पुन: निर्माण सकिएको भनेर बजेट निकासा गरिसक्यो”, उनले भने, “तर, उत्खनन गर्ने बेलामा मन्दिरको शिवलिङ्ग फुटेको अवस्थामा भेटिएको थियो, मन्दिर पुन: निर्माण गर्दा फुटेकै शिवलिङ्ग राखेका छौँ ।” 

पुरानो शिवलिङ्गको ठाउँमा नयाँ शिवलिङ्ग प्रतिस्थापन नगरेसम्म मन्दिरको प्राणप्रतिष्ठा नगर्ने भन्दै उहाँले त्यसपछिमात्र मन्दिरमा पूजाआजा सुरु हुने जानकारी दिए । “नयाँ शिवलिङ्ग राख्ने भनेर विभागले नापजाँचसमेत गरिसकेको छ”, उनले भने, “गएको फागुनमा मन्दिर निर्माण  सकिएको अवस्थामा अझैसम्म शिवलिङ्ग राख्ने काम नभएपछि हामी विभागमा ‘डेलिगेसन’ जाने तयारी गरेका छौँ ।” 

कैलाश सन्यास आश्रममा भेटिएको १३ औँ शताब्दीको मन्दिर नापजाँच गरेर मन्दिर पुन: निर्माण गर्ने क्रममा केही अपुग भएका ढुङ्गा गैँडाकोट–१४ को रनतपुर तथा पाल्पाबाट ल्याइएको पौडेलले बताए । “विसं२०७० मा उत्खनन सुरु गरिएको ठाउँमा दुई वर्ष लगाएर मन्दिरका भग्नावशेषका रुपमा रहेका करिब एक हजार पाँच सय ढुङ्गाहरु झिकिएका थिए”, उनले भने, “त्यहाँ आठ सय वर्ष पुराना इँटा, पुरानो बुद्धको मूर्ति, हात्तीको सुँढ र गणेशको प्रतिमा भेटिएको थियो ।” 

बुद्धको मूर्ति पुरातत्व विभागले लिएर गएको जनाउँदै उपाध्यक्ष पौडेलले इँटा, हात्तीको सुँढ र गणेशको प्रतिमा समितिले सुरक्षित राखेको बताए । “मन्दिर पुन: निर्माणका क्रममा मन्दिरको चारवटै कुनामा थप चारवटा साना मन्दिर पाइएको थियो”, उनले भने, “विभागले मन्दिरको चारैतिर रहेका साना मन्दिर पनि पुन: निर्माण गर्ने बताएको छ ।” 
नवलपुरमा पहाडबाट बसाइँ सरेर आउने बेलातिर नै यस ठाउँमा मन्दिरको भग्नावशेषमात्र देखिएको उनले बताए । “हाम्रो बुबा विसं २०२१ मा यहाँ आएर बस्न सुरु गर्नुभएको हो, हामी सानै थियौँ”, उनले भने, “त्यतिबेला यहाँ हामी पशुचौपाया चराउन आउँदा यहाँ मन्दिर थिएन, तर पुराना ढुङ्गाहरु देखिन्थे ।” 

धर्तीपुत्रका रुपमा रहेका यहाँका आदिवासी थारू समुदायले समेत मन्दिर नदेखेको बताउँछन् । सिख्रौलीका शिखाराम चौधरीले आफ्ना बुबा, हजुरबुबाले समेत यहाँ मन्दिर नदेखेको बताए । “यो मन्दिर १९९० सालको भूकम्प अगाडि नै भत्किएको हुनुपर्छ”, उनले भने, “यहाँ हाम्रो समुदायले सालको रूखमुनि संसारी पूजा गर्दै आएको थियो, तर मन्दिरका बारेमा कसैलाई जानकारी नै छैन ।” 

पूर्वपश्चिम राजमार्ग निर्माण नहुने बेलासम्म नारायणी नदी तर्नका लागि सिख्रौलीघाट प्रयोग हुने गरेको चौधरीले बताए । यो मार्ग सिख्रौलीघाट हुँदै भारतसम्म व्यापार गर्नका लागि प्रयोग हुने गरेको चौधरीको भनाइ छ । “यहाँ हरेक वर्षको हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ”, उनले भने, “पहिले पहिले मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाबाट मात्रै नभएर भारतबाट समेत व्यापारी यहाँ आउने गरेका थिए ।” 

सिख्रौलीघाटको ऐतिहासिकसँगै व्यापारिक महत्वसमेत रहेको कैलाश सन्न्यास आश्रम महादेव थान व्यवस्थापन समितिका सदस्य तीर्थलाल पौडेलले बताए । ऐतिहासिक सम्पदा भएर पनि उचित प्रचारप्रसारको अभावमा मन्दिर ओझेलमा परेको उनको भनाइ छ । “यहाँ अहिले पनि साउन महिनाभरि, नयाँ वर्ष र महाशिवरात्रिमा भक्तजनको ठूलो उपस्थिति हुने गरेको छ”, उनले भने, “साउनको एउटा सोमबार मात्रै भक्तजनले भेटीस्वरुप चढाएको रकम रु ५० हजार बढी सङ्कलन हुने गरेको छ ।” 

पाँच बिघा चार कट्ठा क्षेत्रफलमा फैलिएको आश्रममा विभिन्न मन्दिर तथा धर्मशाला निर्माणको काम पनि भइरहेको उनले बताए । मन्दिर सञ्चालनका लागि रु एक करोडको अक्षयकोष निर्माण गर्नेगरी समिति अगाडि बढेको भन्दै उनले हालसम्म अक्षयकोषमा रु ७५ लाख जम्मा भइसकेको बताए । “आश्रममा एकजना पुजारी, माली तथा गाई हेरालु नियमित बस्दै आउनुभएको छ”, उनले भने, “यहाँ दैनिक १४ जनासम्म साधुसन्त आएर नि:शुल्क भोजन ग्रहण गर्नुहुन्छ ।” 

पछिल्लो समय प्रदेश सरकारको आर्थिक सहयोगमा नारायणी नदी किनारमा व्यवस्थित स्नानघाट निर्माण गरिएको छ । सिख्रौलीघाटको ठीक पारिपट्टि जननेता मदन भण्डारीको शव भेटिएको स्थान गाजिपुर रहेको छ । सिख्रौलीघाट र गाजिपुरलाई जोड्न सकेको खण्डमा यहाँको धार्मिक र ऐतिहासिक महत्व बढ्ने स्थानीयको बुझाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ - रास्वपा सांसद

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए...

पोखरा–दुबई उडानको बुकिङ २०२७ सम्म खुला

कास्की। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन...

दैलेख बस दुर्घटनाको उद्धारमा भएको ढिलाइबारे छानबिनका लागि रुलिङ गरियोस्: सांसद शाही

काठमाडौं । दैलेखमा १८ असारमा भएको सवारी दुर्घटनाको विषयमा सरकारले पर्याप्त चासो नदिएको भन्दै प्रतिनिधिसभाका सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग...

जनताको काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्ने मन्त्री लम्सालको अभिव्यक्ति चर्चामा

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अर्को अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यसअघि निर्माण व्यवसायीको ‘खुट्टा भाँच्ने’ अभि...

पश्चिम नेपालको विद्युत् आपूर्ति सुधार गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

नेपालगन्ज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत् आपूर्ति, वि...

एसियाली विकास बैंकका अध्यक्ष दुईदिने नेपाल भ्रमणमा, प्रधानमन्त्री शाहसँग भेटवार्ता हुने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। उनी आइतबार राति करिब १० बजे त्रिभुवन अन्तर...

अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने नेयमारको सङ्केत

संयुक्त राज्य अमेरिका। विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्...

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्...

नागढुंगा–मुग्लिङ सडक विस्तारले गति लियो, २७ किलोमिटर निर्माण सम्पन्न

काठमाडौं। कुल ४३ किलोमिटर लामो नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले तीव्रता पाएको छ। हालसम्म २५ ...

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending