सल्यान । धार्मिक पर्यटनको महत्वपूर्ण स्थल सल्यान कालिमाटीको गंगामाला भगवति मन्दिरको सरसफाई गरिएको छ । श्रावण महिनाभर बन्द रहने यो मन्दिर शुक्रबार (भदौ १ गते) देखि खुल्दै छ ।
त्यस अघि मन्दिर परिसर र मन्दिर सम्म पुग्ने सिढीको सरसफाई गरिएको मन्दिर व्यवस्थापन समितिका निवर्तमान सचिव सशिराम वलीले जानकारी दिए । कालिमाटी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित गंगामाला भगवति मन्दिरमा देशका विभिन्न स्थानबाट सयौँ मानिसले दर्शन, अवलोकन र पुजाअर्चना गर्दछन् ।
विहिबार मन्दिर व्यवस्थापन समितिको अगुवाईमा ३ नम्बर वडाका जनप्रतिनिधी, इलाका प्रहरी कार्यालय कालिमाटीका प्रतिनिधी तथा स्थानीयहरुले सरसफाई गरेको वलीले जनाए । पवित्र धार्मिक स्थललाई सफा, सुन्दर बनाउनका लागि रामपुर बजार देखि मन्दिर परिसर सम्मको सिढी र मन्दिर वरिपरी विहान ७ बजेदेखी करिव ९ः३० सम्म सरसफाई गरिएको थियो ।
वडा अध्यक्ष शिव बहादुर खत्री, इप्रका कालिमाटीका प्रहरी सहायक निरिक्षक अक्ष्मण अधिकारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थमन बहादुर खत्री लगाएत प्रहरी, स्थानीय व्यापारि सरसफाइमा सहभागि भएका थिए ।
मन्दिरका पुजारी टोप बहादुर राजीका अनुसार गंगामालाको दर्शन, अवलोकनका लागि कैलाली कञ्चनपु, बाँके, बर्दिया, दांग, प्युठान लगाएत देशका विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेका छन् । मन्दिरमा पुजाअर्चना संगै बोका, पाठी र कुखुराको बली पनि चढाइन्छ ।
मन्दिरमा वर्षभरी करिव चार हजार बढी बोका, पाठीको बलि चढ्ने गरेको छ । बलि चढाएका टाउका विक्रिबाट र दानपेटीकामा खसेको दान रकम गरेर मन्दिरले वार्षिक १२ देखि १४ लाख रुपैयाँ सम्म आम्दानी गर्नेगरेको समितिका निवर्तमान सचिव वलीले जानकारी दिए । मन्दिरमा पुजा अर्चनाको क्रममा चढाएको भेटी वापतको रकम भने पुजारीले नै लग्नेगरेका छन् ।
कालिमाटी गंगामाला भगवति मन्दिरमा हरेक वर्षको मंशिर महिनामा ठूलो मेला लाग्ने गर्दछ । धान्य पूर्णिमाको अवसरमा त्यस क्षेत्रमा परम्परादेखी मेला लाग्ने गरेको छ । यो मन्दिर हरेक वर्षको साउन महिनामा बन्द रहन्छ । स्थानीय बुढापाकाका अनुसार साउन महिनामा गंगामाला भगवती रजस्वला हुने भएकाले यो महिनामा मन्दिर बन्द रहन्छ ।
कालिमाटी गाउँपालिकामा गंगामाला भगवती मन्दिर संगै त्रिकोटेश्वर मन्दिर, कछुवा दह, शिव मन्दिर, सिम्ले लहरा, चमेरे गुफा लगाएतका पर्यटकीय एवम् धार्मीक स्थल छन् । पालिका भित्रका धार्मिक एवम् पर्यटकीय स्थलको संरक्षण, विकास, प्रचारप्रसारका लागि गाउँपालिका आफै र प्रदेश, केन्द्र सरकार तथा विभिन्न निकायसंग समन्वय भइरहेको कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...
आषाढ़ ११ गते, २०८३ - २०:२७
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...
आषाढ़ ११ गते, २०८३ - २०:२४
राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...
आषाढ़ ११ गते, २०८३ - २०:१५
काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...
आषाढ़ ११ गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...
आषाढ़ ११ गते, २०८३ - २०:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...
आषाढ़ ११ गते, २०८३ - १९:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...
आषाढ़ ११ गते, २०८३ - १९:४७
काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...
आषाढ़ ११ गते, २०८३ - १९:४३
काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...
आषाढ़ ११ गते, २०८३ - १९:३६
पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...



प्रतिकृया लेख्नुहोस्: