काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजले संगीतरत्न बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई आलोक–सुरज स्मृति सम्मानबाट सम्मानित गर्ने भएको छ ।
नेपालमा पहिलो म्युजिक भिडियोको निर्देशन गरेर म्युजिक भिडियोको यात्रा शुभारम्भ गर्दै नेपाली गीत संगीत र म्युजिक भिडियोको विकाशमा अतुलनीय योगदान दिएको भन्दै बासकोटालाई ‘ आलोक–सुरज स्मृति सम्मान’बाट सम्मानित गर्न लागेको समाजले जनाएको छ ।
यही ३ भदौ आईतबार काठमाडौंको जमल स्थित नाचघरमा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समारोहमा बासकोटासहित विभिन्न म्युजिक भिडियो निर्देशकहरुलाई सम्मान गरिने संघका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेले जनाएका छन् ।
नेपाल म्युजिक भिडियो निर्देशक समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठको संयोजनमा हुने सो कायक्रममा विशेष सम्मानबाट वरिष्ठ लोकगायक प्रेमराजा महत, वरिष्ठ म्युजिक भिडियो सम्पादक प्रकाश तुलाधर, वरिष्ठ म्युजिक भिडियो छायांकार धिरजजङ्ग शाह, वरिष्ठ म्युजिक भिडियो निर्देशक शंकर बिसी र वरिष्ठ म्युजिक भिडियो महिला निर्देशक अनुपा श्रेष्ठलाई पनि कार्यक्रममा सम्मानित गरिने भएको छ ।
सोही समारोहमा वरिष्ठ म्युजिक भिडियो तथा चलचित्र निर्देशक तथा प्रतिनिधि सभा सांसद असिम शाहलाई मानार्थ सदस्य सम्मानबाट सम्मानित गरिने समाजका महासचिब सुव्रतराज आचार्यले जानकारी गराएका छन् ।
सम्मान समारोहमा विभिन्न श्रष्टाहरुले नृत्य एवम् विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । कार्यक्रममा अग्रज गायक आनन्द कार्कीसहित गायक गायिकाहरु यस कुमार, प्राश्ना शाक्य, जुनु रिजाल काफ्ले, रामजी खाँडले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने भएका छन् ।
यस्तै गायक/अभिनेता दुर्गेश थापा, मोडल/नृत्याङ्गना करिश्मा ढकाल, बाल कलाकार जेविन÷जेविश श्रेष्ठले पनि कार्यक्रममा आफ्नो विशेष प्रस्तुति दिने कार्यक्रम संयोजक बबिता श्रेष्ठले जानकारी गराएकी छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...
आषाढ़ १८ गते, २०८३ - ०८:१८
चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...
आषाढ़ १८ गते, २०८३ - ०८:००
काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...
आषाढ़ १८ गते, २०८३ - ०७:३७
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...
आषाढ़ १८ गते, २०८३ - ०७:३५
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...
आषाढ़ १८ गते, २०८३ - ०७:३२
सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...
आषाढ़ १८ गते, २०८३ - ०७:२९
काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...
आषाढ़ १८ गते, २०८३ - ०७:०५
काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...



प्रतिकृया लेख्नुहोस्: