Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

नेयमार साउदी भासिँनुको यस्तो छ कारण?

खबरडबली संवाददाता

काठमाडौँ।  नेयमार जुनियर अब साउदीको क्लव अल हिलालका खेलाडी भएका छन्।  साउदी फुटबलका समर्थकका लागि त यो असाध्यै राम्रो समाचार भयो। उनी जत्तिको खेलाडी पाउनु पनि कम्तीको उपलब्धी होइन् । तर पूरा घटनाक्रमलाई अर्को दृष्टिकोणले पनि हेर्न सकिन्छ ।

त्यसो भनेको नेयमारको युरोपको माथिल्लो स्तरको फुटबल खेल्ने सम्भावना पनि समाप्त भएको छ । कुनै समय उनलाई लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछिको सबैभन्दा ठूलो स्टार मानिन्थ्यो । केही सिजन उनी बेलन डे’अर उपाधिका लागि प्रत्यासी पनि बने । तर नेयमारले न त मेसी र रोनाल्डोको जत्तिको ख्याति कमाए, न त सफलता चुम्न सके ।

नेयमारको साउदी यात्रालाई केहीले उनको खेल जीवन अवसानको सुरुआतका रूपमा पनि मानेका छन् । यो पक्कै पनि प्रगति होइन् । त्यसो त अल हिलालले उनलाई आठ करोड डलर जति तिरेको छ । यो ठूलै रकम हो । तीस वर्ष माथिका खेलाडी भएर पनि उनले रोनाल्डो र ह्यारी केनपछि बढी मूल्य पाएका छन् ।

तर पक्कै पनि उनी त्यस्तो खेलाडी रहेनन्, जस्तो उनी बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) आउँदा थिए । त्यति बेला नेयमार विश्व कीर्तिमानमा पेरिस गएका थिए, त्यो भनेको २२ करोड डलर भन्दा पनि बढी । तर उनले त्यो मूल्य अनुसार पेरिसमा खेल्न भने सकेनन्, त्यसै कारण मेसी र रोनाल्डोको छायाँमै परिरहे ।


विश्व फुटबलले नेयमारलाई त्यस्तो खेलाडीका रूपमा सम्झने छन्, जसले नाम र दाम त कमाए, तर मैदानमा त्यसै अनुसार आपूmलाई प्रमाणित भने गर्न सकेनन् । क्लब फुटबलमा मात्र होइन्, उनले ब्राजिलकै लागि पनि त खासै केही गर्न सकेनन् । यस्तोमा यो भनाइ पनि ठीकै हो, नेयमारको खेल जीवन ओरालो लाग्ने दिन अब सुरु भएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: