Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

यी सभासद हुन् घैटेंका व्यापारिक साझेदार

\"ghaite_savasad\"काठमाडौं । बिहिबार नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाको इन्काउन्टरमा मारिएका चर्चित ‘डन’ कुमार श्र्रेष्ठ ‘घैटें’ का व्यपारिक साझेदार नेपाली कांग्रेसका सभाषद तथा नेता जगदिशनरसिंह केसी रहेको तथ्य खुलेको छ ।   हप्ता असुली, गुण्डागर्दी र ठेक्कापट्टाबाट अवैध सम्पक्ति जोडेका घैटेंको अवैध सम्पक्तिलाई बैध बनाउन सभासद केसी ले नै मुख्य भुमिका खेलेको समेत भेटिएको नेपाल प्रहरीको आशंका छ । तथ्यहरु खोज्दै जाँदा विगत २० वर्षदेखि घैटेंले चलाउने गुण्डागदी तथा अपराधिक कृयाकलापको संरक्षण नेपाली कांग्रेसका सभासद तथा नेता अर्जुननरसिह केसीका भाइ जगदिशनरसिंह केसीले संरक्षण गरिरहेको भेटिएको छ ।   घैटेंले कालो धनलाई सेतो बनाउन खोलेको गजुरमुखि निर्माण सेवामा सभासद जगदिशनरसिंह केसीकी श्रीमति ज्योति केसीको समेत साझेदारी रहेको भेटिएको छ  । देशभर हुने ठेक्कापट्टामा गजुरमुखि निर्माण सेवाको फर्म दर्ता गर्ने र ठेकेदार व्यावसायिहरुलाई धम्क्याउने काम गर्दै आइरहेको निर्माण व्यावसायिहरुले बताएका छन् । केसी स्वयंमले पनि एक टेलिभिजनसँगको अन्तर्वार्तामा आफुले ठेक्कापट्टामा लगाएको स्विकारेका छन् ।   निर्माण व्यावसायिका अनुसार नेपाली कांग्रेसका नेताहरु नै घैटेंलाई टेण्डरहरुमा पटाउथें र हप्ता जर्वजस्ती रकम असुलीमा सहयोग गर्थे । व्यावसायिहरु नेता र घैटेंको यस्तो रवैयाप्रति निरिहजस्तै हुन्थे । [caption id=\"attachment_34574\" align=\"alignleft\" width=\"720\"]\"घैटेंको घैटेंको मृत्युपछि महाराजगंज शिक्षण अस्पताल पुगेका सभासद केसी[/caption] प्रहरीका प्ररम्भिक रिर्पोटकाअनुसार घैटेंसँग करिब २० करोडभन्दा बढी अवैध सम्पतिका देखिएको छ । उसले केसीको नाममा जम्मा गरेको सम्पतिमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी स्रोत बताउँछ । घैटें पछिल्लोचरण पक्राउ परिने डरले कांग्रेस सम्बद्ध मन्त्रालय तथा नेताहरुको गाडीमा ओहोरदोहोर गर्न थालेका थिए ।   प्रहरी स्रोतका अनुसार गजुरमुखि निर्माण सेवाको नाममा अहिलेपनि करौडौं रकमको लगानी विभिन्न निर्माण भइरहेका काममा छ  । सो लगानीमा सभासद केसीको समेत सेयर देखिनुले घैटेंका सम्पुर्ण अपराधिक काममा सभासद केसीको हात रहेको पुष्टी हुन्छ  ।   स्रोतका अनुसार एक हाउजिंग कम्पनिका मालिकलाई धम्क्याएर घैटेंले लगानी गरेका छन् । सो लगानीमा समेत सभासद केसीको सेयर रहेको हुनसक्ने आंशका गरिएको छ ।   घैटेंबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले नाम नबताउने शर्तमा भने, –‘सबैजसो गुण्डाहरुलाई संरक्षण गर्ने र उनका अपराधिक कामहरुमा साथ दिनेहरु राजनीतिक दलका नेताहरु नै हुन् । कहिलेकांही त अनपत्यारिला नेताहरु नै गुण्डाहरुसँग जोडिएको प्रमाण फेला पर्छ’ । उनि स्विकार्छन ति नेताहरुका अघि प्रहरी प्रशासन निरिह बन्नुपर्छ ।   नेता तथा सभासद केसी डन घैटेंलाई इन्काउन्टरमा मारिएको आधा घण्टा नबित्दै महाराजगंज शिक्षण अस्पताल पुगेर प्रहरीले उल्टो गुण्डागर्दी गरेको भन्दै घैटें निर्दोष र इमान्दार रहेको बताएका थिए ।   कांग्रेसका केही सभासदहरुले डन घैटेंलाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै संसदमा समेत बोलिरहेका छन् । यो पनि पढ्नुहोस्  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending