Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

नारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न रेनु दाहालको आग्रह

खबरडबली संवाददाता

चितवन । नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छन् । भरतपुर– २७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगत निरीक्षणका क्रममा उनले आग्रह गरेकी हुन् । 

सरोकारवालासहित नदी तटीय क्षेत्रमा निरीक्षणमा पुगेकी प्रमुख दाहालले ठेक्का लगाएका क्षेत्रमा ठेकेदारमार्फत् र अन्य क्षेत्रमा नारायणी नदी व्यवस्थापन आयोजनालाई आफैले कटान रोक्ने काम अघि बढाउन आग्रह गरिन् ।

स्थानीयसँग उनले कटान गरेलगत्तै आइतबारै आयोजनालाई काम अघि बढाउन र आवश्यक परे महानगरका तर्फबाट जुनसुकै सहयोग गरिने बताएको जानकारी दिइन् । उनले स्थानीयलाई भनिन्, “तपाईहरु ढुक्क हुनुहोस् नदी बस्ती पस्न दिइदैन ।” 

सो ठाउँमा आयोजनाले कटान गरेको ठाउँमा एक सय बोरामा ढुङ्गा भरेर राखेको छ । त्यसैगरी आज दिउँसोसम्म चार ट्रक ठूला ढुङ्गा राखेर नदी नियन्त्रण गरिएको छ । थप ढुङ्गा आउने क्रम जारी रहेको दाहालले जानकारी दिइन् । सो ठाउँमा गरिएको तटबन्ध कटान गरेपछि आइतबार राति ११ बजेबाट काम थालिएको प्रमुख दाहालले बताइन् । 

सोही क्रममा उनले भरतपुर–२८ को लौखरीको तामाङ टोल र वडा नं २६ को भगडीको शिवालय मन्दिर नजिक नारायणी नदीले कटान गरेका क्षेत्रको स्थलगत अवलोकन गरेकी थिइन् । 

सो क्रममा सँगै पुगेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुख, नारायणी नदी व्यवस्थापन आयोजनाका इञ्जीनीयर, वडाध्यक्षलाई दाहालले सबैले हातेमालो गरेर नदी कटान रोक्न लाग्न आग्रह गरेका थिए ।  

तटबन्धको काम धमाधम भइरहेकाले अर्को वर्षबाट समस्या नहुने उनको भनाइ थियो । तामाङ टोल र शिवालय मन्दिर छेउमा नदीले कटान थालेसँगै आवश्यक सावधानी तथा तटबन्धका काम गर्नुपर्ने देखिएको छ । नदी किनारलाई पाँच भागमा विभाजन गरेर तटबन्धको काम भइरहेको छ । कटान क्षेत्र पुग्नुभएका नारायणी नदी व्यवस्थापन आयोजनाका डिभिजनल इञ्जीनीयर शङ्कर बुढाथोकीले नदीले कटान गरेका कतिपय क्षेत्रमा आयोजना र निर्माण व्यवसायीले काम गरेका क्षेत्रमा उनीहरुलाई कटान रोक्न भनिसकिएको बताए । 

नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ । विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै–थोरै काम हुँदै आएकामा रकमको निकासासँगै गत वर्षबाट नदी किनारका महानगरपालिकातर्फका अधिकांश भू–भागमा काम थालिएको हो । पाँच खण्ड बनाएर काम गरिएको छ । तीमध्ये नारायणी नदी बीच मोडलको काम सम्पन्न भइसकेको छ । बुढाथोकीका अनुसार समग्रमा ३५ प्रतिशत काम सम्पन्न भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खडेरीले किसान चिन्तित, बारीमै सुक्यो मल

धनकुटा । लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्। असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त ...

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ पर...

सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक विज्ञापन हटाउन निर्देशन

काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै यस्ता वि...

माइखोला बाढीले मेची राजमार्ग मर्मतका सामग्री बगायो

इलाम। बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ। बाढीले तारजारी, पाइपलगायत केही...

असार लागेसँगै धमाधम अनुगमन

हुम्ला। असार लागेसँगै स्थानीय तहमा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको धमाधम अनुगमन भइरहेको छ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति...

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending