सिन्धुपाल्चोक । अविरल वर्षाका कारण अवरुद्ध मेलम्ची नगरपालिका– ११ स्थित सिमखेतमा सडक सञ्चालनमा आएको छ । मेलम्चीहेलम्बु सडक अन्तर्गतको सिमखेतमा आइतबार आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो ।
आज बिहानैदेखिको प्रयासपछि सडक अहिले सञ्चालनमा आएको नगर प्रमुख आइतमान तामाङले बताए । तामाङले नगरपालिका अन्तर्गत अवरुद्ध भएका सडक सञ्चालनका लागि तीव्रगतिमा काम गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै हेलम्बु गाउँपालिकाले हिउँदको समयमा नदी नियन्त्रणका लागि गरिएका सबै प्रयास असफल भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । चनौटे, ग्याल्थुम र ढुङ्ग्रे बजारमा हालिएको ग्याबिन जालिसमेत बाढीले बगाएको उनको भनाइ छ ।
गाउँपालिकाको ढुङ्ग्रे बजारदेखि ग्यालथुम बजारसम्म र ग्याल्थुम बजारदेखि ग्याल्थुम पुलसम्म, चनौटेको बेलिब्रिजदेखि गणेश बगरसम्मको सडक अवरुद्ध भएको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिए । तत्कालका लागि सडक सञ्चालनमा ल्याउन सक्ने स्थिति नरहेको उनको भनाइ छ । खोलाको अवस्था हेरेर बस्ती संरक्षण र सडक सञ्चालनका लागि आवश्यक पहल र प्रयास गर्ने बताए ।
यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिकोको वडा नं ८ खाल्डे गेट अगाडि उत्तिस घारीमा खोलाले कटान गरेका कारण पहिरोले सडक अवरुद्ध भएको छ । त्यस्तै तिपेनी ‘ड्याम साइड’ अगाडिको पहिरो पन्छ्याइएको र अहिले सडक सञ्चालनमा आएको अध्यक्ष टासी लामाले जानकारी दिए । अध्यक्ष लामाले प्राकृतिक विपत्तिका कारण ठूलो क्षति बेहोर्नुपरेको भन्दै पालिकावासीमा धैर्य गरी सुरक्षित रहन आग्रह गरेका छन् ।
अध्यक्ष लामाले अवरुद्ध भएका सडक सञ्चालनका लागि निरन्तर लागिपरेको बताउनुभयो । कतिपय स्थानमा अवरुद्ध भएका सडक सञ्चालनमा आएको उल्लेख गर्दै लामाले खाल्डे खोलास्थित उत्तिसघारीमा भने केही समय लाग्ने बताए । अति आवश्यक काम परेमा मात्र घरबाट निस्कन र यात्रा गर्न आग्रह गर्दै तत्कालका लागि खाल्डे –लागर्चे तिपेनीको सडक वैकल्पिक रुपमा प्रयोग गर्न सुझाव दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...
आषाढ़ ११ गते, २०८३ - २०:२७
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...
आषाढ़ ११ गते, २०८३ - २०:२४
राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...
आषाढ़ ११ गते, २०८३ - २०:१५
काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...
आषाढ़ ११ गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...
आषाढ़ ११ गते, २०८३ - २०:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...
आषाढ़ ११ गते, २०८३ - १९:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...
आषाढ़ ११ गते, २०८३ - १९:४७
काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...
आषाढ़ ११ गते, २०८३ - १९:४३
काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...
आषाढ़ ११ गते, २०८३ - १९:३६
पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...



प्रतिकृया लेख्नुहोस्: