Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

वर्षापछि महोत्तरीका किसान खुसी, धान राेप्न बीउको पिरलो

खबरडबली संवाददाता

महोत्तरी । साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ ।  तर बीउ र जनशक्ति नपाउँदा किसान छटपटिएका छन् ।

“एक साता पहिले पर्न थालेको पानीले खेत डम्म भरिएका छन्, अब धान रोप्नुबाहेक अर्को विकल्प छैन, तर न बीउ छ, न काम गर्ने मानिस नै भेटिन्छन्”, भङ्गाहा–४ थारुटोल बनराका ७० वर्षीय किसान रामऔतार सिंह थारुले भने । 

यसपालिको खडेरी लामो समयसम्म हुँदा बीउ ब्याडमै सुकेर रोप्न नपाएपछि खरुअन ९बीउ रोप गरेर गाँजिएको रोपो फेरि उखेलेर रोपिने बीउ, धानको कलम० को हाहाकार छ । साउन अन्तिम साता स्थानीय जातको धानको खरुअन पाइए अझै रोपाइँ गर्न सकिने भए पनि त्यो नभेटाउँदा किसान अहिले रनभुल्ल परेका छन् । 

महोत्तरीसहितका मधेसका जिल्लामा ढिलै भए पनि भदौ पहिलो सातासम्म स्थानीय जातका धानको खरुअन रोप्न पाए धेरथोर उत्पादन लिन सकिनेमा किसान आशावादी छन् ।

“लोकल (स्थानीय) जातको धानको खरुअन पानी प्रशस्त भए भदौ पहिलो सातासम्म पनि रोपेर फलाएका छौँ”, पुराना कुरा सम्झदै भङ्गाहा–४ कै पलार बस्तीका ८० वर्षीय किसान चांैठी बाँतरले भने, “यसपाली त न खरुअन छ, न काम गर्ने मानिस नै  छन् , खेतको पानी त्यत्तिकै खेर जान्छ कि जस्तो लागेको छ ।” 

साउन चौथो सातामा धान रोपाइँ ढिलो हुने भए पनि अब खेतमा भरिएको पानीले अर्को बाली लगाउन नदिएपछि किसान खरुअनको खोजमा लागेका छन् । “नजिक हुँदो खरुअन पाइएको छैन, टाढाबाट खरुअन किनेर ल्याइँदा ओसार्न खर्च बढ्ने पीर छ”, बर्दिबास–७ मनहरिपुरका ३० वर्षीय युवा किसान नीरबहादुर खत्रीले भने, “नजिकका खेतीपातीमा काम गर्ने मानिस धेरैजसो भारतको पञ्जाव तिर गएपछि मान्छे पाउनै मस्किल परेको छ ।”

मधेसमा सामान्यतया मध्य जेठभित्र ब्याड तयार गरेर बीउ राख्ने, मध्यअसारभित्र बीउको रोप सक्ने र मध्य साउनभित्र खरुअन रोपिने चलन छ । समयमै धान रोप्न नपाएपछि अब सुख्खाबाली लगाउने तयारीका बेला मुसलधार पानी परेर खेत डम्म भरिएपछि किसान बिलखबन्द परेका हुन् । असारभरि खडेरीले बीउ रोप्न नपाएपछि अहिले खरुअनको अभाव भएको छ ।

गाउँघरमा खरुअन सामान्यतया दुई मनको कठ्ठा ९खरुअन किनेबापत मङ्सिरमा प्रतिकठ्ठा दुई मन धान दिइने चलन० पुरानो चलन भए पनि अब त्यसरी पाउन मुस्किल छ । नजिक नपाइँदा खोज्न टाढाटाढा पुग्न परेको किसान बताउँछन् ।  खरुअन  नगदानगदी लिनुपर्दा पैसाको जोहोमा पनि  सकस परेको किसानको गुनासो छ । 

अहिले यहाँका किसान खरुअनको खोजीमा धनुषा, सर्लाहीसहितका जिल्लामा कुलोरनहर लाग्ने क्षेत्रमा रोपिएको धानको खरुअन खोज्न भौतारिएका छन् । लामो खडेरीले धान रोप्न नपाएपछि अब खनजोत गरेर अन्य बाली लगाउने तरखर गरेका बेला साउन अन्तिम साता खेतबारी जलाम्य भएपछि धानै रोप्न पर्ने किसानलाई बाध्यता छ ।

तर अब राखेको बीउले नहुने र खरुअन हतपत नभेटिएपछि छटपटी बढेको भङ्गाहा–५ भूचक्रपुरका ६५ वर्षीय किसान दीपनारायण चौधरी थारुले बताए । ढिलो गरी भएको वर्षाले थुप्रै किसान अहिले रनभुल्लिएका छन् । 

बर्सेनिजसो दुई बिघा क्षेत्रफलमा धान लगाउँदै आउनु भएका भङ्गाहा–४ रामनगरका किसान हरिदेव साहले यसपाली धानको गब ९हिल्याइएको खेतमा रोपिने धानको बीउ० नै नलगाइएको बताए । लामो खडेरीले बीउ सुकेपछि अब तरकारी, तिल र अन्य सुख्खाबाली लगाउने सोचिएका बेला पछिल्लो वर्षाले त्यो पनि नदिएको साहको बेचैनी छ ।  

“धान रोप्न पाइएन, अरु बाली लाउने आश पनि मर्‍यो”, पछिल्लो वर्षाले जलाम्य खेत देखाउँदै साहले भने, “अब पानी नथपिँदा पनि खेतबारी जोतखन गर्ने गरी रुखिन धेरै दिन पर्खनपर्छ ।” खेतीपाती सबै आकासे पानीको भरमा गर्नुपर्दा आफूहरुका खेती योजना सफलिभूत नभएका साहले बताए । गत साताको आइतबार पर्न थालेको पानी त्यसयता दिनहुँजसो थपिँदै जाँदा जिल्लाका अधिकांश भेग जलाम्य छन् ।

जिल्लामा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेमध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिदै आइएको छ । तर आकासे पानीकै भरमा गरिनुपर्ने खेतीमा पानीको तुक ९ठीक समय० नमिल्दा जिल्लामा विगत वर्षमा पनि ४५ हजार हेक्टरको सेरोफेरोमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरको तथ्याङ्क छ । कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा कुलोरनहर पुगेको छ । यी कुलोरनहरका पानीका स्रोत नदी, खोल्साखोल्सीका मुहान पनि यसपाली लामो खडेरीले सुकेपछि राम्ररी पानी नचल्दा अपेक्षित धान रोपाइँ हुन नसकेको किसान बताउँछन् ।

“हेर्दा त बाँध, कुलो, नहर देखिन्छ नि, तर नदीको मूहान नै सुकेपछि असारमै पानी  चल्न छाड्यो” , कुलोरनहरको सिञ्चित क्षेत्र मानिने भङ्गाहा–८ धर्मपुरका ६० वर्षीय किसान रामसागर राउतले भने, “कसैगरी दु:खजिलो रोपिएको धान पनि पछिको खडेरीले खायो ।” बीउको रोपो खडेरीले गाँजिन नपाएपछि अहिले खरुअनको अभाव भएको राउतले बताए । 

अहिलेको वर्षा उही पहिलेको रोपो जोगाउन मात्र काम लागेको राउतसहितका धर्मपुरका किसान बताउँछन् । “बीउ रोप राम्ररी गाँजिएको भए अहिलेको पानीमा अलि ढिलै भए पनि खरुअन लगाइन्थ्यो, तर लामो खडेरीले रोपो नगाँजिएपछि अब थप रोपाइँ चल्ने आश रहेन” राउतकै छिमेकी उपेन्द्र चौधरी थारुले भने । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये धान रोपाइँ हुनै नसकेका पाँचमाथि छन् । 

त्यस्तै केहीमा १०/२० प्रतिशत र एकरदुई स्थानीय तहमा ४० प्रतिशतसम्म धान रोपाइँ भएको तथ्याङ्क कृषि ज्ञान केन्द्र महोत्तरीको अभिलेखमा छ । पछिल्लो वर्षामा मरिहत्ते गरेर किसान धान रोपाइँमा लागे पनि पनि बीउ र जनशक्तिको अभावले अझै रोपाइँ ५० प्रतिशत नपुगेको कार्यालयका विज्ञको भनाइ छ । 

“सबैभन्दा दु:खको कर्म हामी किसानकै रहेछ”, बर्दिबास(९ पशुपतिनगरका किसान महेन्द्र महतोले भने, “न दु:ख देख्ने कोही छन्, न भरथेग गर्ने १” समय प्रतिकूल भएर बालीनालीमा असर पर्ने भएपछि लालाबालाको गुजाराको चिन्ताले गलाउने गरेको महतोले बताए ।  


 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending