Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

वर्षापछि महोत्तरीका किसान खुसी, धान राेप्न बीउको पिरलो

खबरडबली संवाददाता

महोत्तरी । साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ ।  तर बीउ र जनशक्ति नपाउँदा किसान छटपटिएका छन् ।

“एक साता पहिले पर्न थालेको पानीले खेत डम्म भरिएका छन्, अब धान रोप्नुबाहेक अर्को विकल्प छैन, तर न बीउ छ, न काम गर्ने मानिस नै भेटिन्छन्”, भङ्गाहा–४ थारुटोल बनराका ७० वर्षीय किसान रामऔतार सिंह थारुले भने । 

यसपालिको खडेरी लामो समयसम्म हुँदा बीउ ब्याडमै सुकेर रोप्न नपाएपछि खरुअन ९बीउ रोप गरेर गाँजिएको रोपो फेरि उखेलेर रोपिने बीउ, धानको कलम० को हाहाकार छ । साउन अन्तिम साता स्थानीय जातको धानको खरुअन पाइए अझै रोपाइँ गर्न सकिने भए पनि त्यो नभेटाउँदा किसान अहिले रनभुल्ल परेका छन् । 

महोत्तरीसहितका मधेसका जिल्लामा ढिलै भए पनि भदौ पहिलो सातासम्म स्थानीय जातका धानको खरुअन रोप्न पाए धेरथोर उत्पादन लिन सकिनेमा किसान आशावादी छन् ।

“लोकल (स्थानीय) जातको धानको खरुअन पानी प्रशस्त भए भदौ पहिलो सातासम्म पनि रोपेर फलाएका छौँ”, पुराना कुरा सम्झदै भङ्गाहा–४ कै पलार बस्तीका ८० वर्षीय किसान चांैठी बाँतरले भने, “यसपाली त न खरुअन छ, न काम गर्ने मानिस नै  छन् , खेतको पानी त्यत्तिकै खेर जान्छ कि जस्तो लागेको छ ।” 

साउन चौथो सातामा धान रोपाइँ ढिलो हुने भए पनि अब खेतमा भरिएको पानीले अर्को बाली लगाउन नदिएपछि किसान खरुअनको खोजमा लागेका छन् । “नजिक हुँदो खरुअन पाइएको छैन, टाढाबाट खरुअन किनेर ल्याइँदा ओसार्न खर्च बढ्ने पीर छ”, बर्दिबास–७ मनहरिपुरका ३० वर्षीय युवा किसान नीरबहादुर खत्रीले भने, “नजिकका खेतीपातीमा काम गर्ने मानिस धेरैजसो भारतको पञ्जाव तिर गएपछि मान्छे पाउनै मस्किल परेको छ ।”

मधेसमा सामान्यतया मध्य जेठभित्र ब्याड तयार गरेर बीउ राख्ने, मध्यअसारभित्र बीउको रोप सक्ने र मध्य साउनभित्र खरुअन रोपिने चलन छ । समयमै धान रोप्न नपाएपछि अब सुख्खाबाली लगाउने तयारीका बेला मुसलधार पानी परेर खेत डम्म भरिएपछि किसान बिलखबन्द परेका हुन् । असारभरि खडेरीले बीउ रोप्न नपाएपछि अहिले खरुअनको अभाव भएको छ ।

गाउँघरमा खरुअन सामान्यतया दुई मनको कठ्ठा ९खरुअन किनेबापत मङ्सिरमा प्रतिकठ्ठा दुई मन धान दिइने चलन० पुरानो चलन भए पनि अब त्यसरी पाउन मुस्किल छ । नजिक नपाइँदा खोज्न टाढाटाढा पुग्न परेको किसान बताउँछन् ।  खरुअन  नगदानगदी लिनुपर्दा पैसाको जोहोमा पनि  सकस परेको किसानको गुनासो छ । 

अहिले यहाँका किसान खरुअनको खोजीमा धनुषा, सर्लाहीसहितका जिल्लामा कुलोरनहर लाग्ने क्षेत्रमा रोपिएको धानको खरुअन खोज्न भौतारिएका छन् । लामो खडेरीले धान रोप्न नपाएपछि अब खनजोत गरेर अन्य बाली लगाउने तरखर गरेका बेला साउन अन्तिम साता खेतबारी जलाम्य भएपछि धानै रोप्न पर्ने किसानलाई बाध्यता छ ।

तर अब राखेको बीउले नहुने र खरुअन हतपत नभेटिएपछि छटपटी बढेको भङ्गाहा–५ भूचक्रपुरका ६५ वर्षीय किसान दीपनारायण चौधरी थारुले बताए । ढिलो गरी भएको वर्षाले थुप्रै किसान अहिले रनभुल्लिएका छन् । 

बर्सेनिजसो दुई बिघा क्षेत्रफलमा धान लगाउँदै आउनु भएका भङ्गाहा–४ रामनगरका किसान हरिदेव साहले यसपाली धानको गब ९हिल्याइएको खेतमा रोपिने धानको बीउ० नै नलगाइएको बताए । लामो खडेरीले बीउ सुकेपछि अब तरकारी, तिल र अन्य सुख्खाबाली लगाउने सोचिएका बेला पछिल्लो वर्षाले त्यो पनि नदिएको साहको बेचैनी छ ।  

“धान रोप्न पाइएन, अरु बाली लाउने आश पनि मर्‍यो”, पछिल्लो वर्षाले जलाम्य खेत देखाउँदै साहले भने, “अब पानी नथपिँदा पनि खेतबारी जोतखन गर्ने गरी रुखिन धेरै दिन पर्खनपर्छ ।” खेतीपाती सबै आकासे पानीको भरमा गर्नुपर्दा आफूहरुका खेती योजना सफलिभूत नभएका साहले बताए । गत साताको आइतबार पर्न थालेको पानी त्यसयता दिनहुँजसो थपिँदै जाँदा जिल्लाका अधिकांश भेग जलाम्य छन् ।

जिल्लामा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेमध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिदै आइएको छ । तर आकासे पानीकै भरमा गरिनुपर्ने खेतीमा पानीको तुक ९ठीक समय० नमिल्दा जिल्लामा विगत वर्षमा पनि ४५ हजार हेक्टरको सेरोफेरोमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरको तथ्याङ्क छ । कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा कुलोरनहर पुगेको छ । यी कुलोरनहरका पानीका स्रोत नदी, खोल्साखोल्सीका मुहान पनि यसपाली लामो खडेरीले सुकेपछि राम्ररी पानी नचल्दा अपेक्षित धान रोपाइँ हुन नसकेको किसान बताउँछन् ।

“हेर्दा त बाँध, कुलो, नहर देखिन्छ नि, तर नदीको मूहान नै सुकेपछि असारमै पानी  चल्न छाड्यो” , कुलोरनहरको सिञ्चित क्षेत्र मानिने भङ्गाहा–८ धर्मपुरका ६० वर्षीय किसान रामसागर राउतले भने, “कसैगरी दु:खजिलो रोपिएको धान पनि पछिको खडेरीले खायो ।” बीउको रोपो खडेरीले गाँजिन नपाएपछि अहिले खरुअनको अभाव भएको राउतले बताए । 

अहिलेको वर्षा उही पहिलेको रोपो जोगाउन मात्र काम लागेको राउतसहितका धर्मपुरका किसान बताउँछन् । “बीउ रोप राम्ररी गाँजिएको भए अहिलेको पानीमा अलि ढिलै भए पनि खरुअन लगाइन्थ्यो, तर लामो खडेरीले रोपो नगाँजिएपछि अब थप रोपाइँ चल्ने आश रहेन” राउतकै छिमेकी उपेन्द्र चौधरी थारुले भने । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये धान रोपाइँ हुनै नसकेका पाँचमाथि छन् । 

त्यस्तै केहीमा १०/२० प्रतिशत र एकरदुई स्थानीय तहमा ४० प्रतिशतसम्म धान रोपाइँ भएको तथ्याङ्क कृषि ज्ञान केन्द्र महोत्तरीको अभिलेखमा छ । पछिल्लो वर्षामा मरिहत्ते गरेर किसान धान रोपाइँमा लागे पनि पनि बीउ र जनशक्तिको अभावले अझै रोपाइँ ५० प्रतिशत नपुगेको कार्यालयका विज्ञको भनाइ छ । 

“सबैभन्दा दु:खको कर्म हामी किसानकै रहेछ”, बर्दिबास(९ पशुपतिनगरका किसान महेन्द्र महतोले भने, “न दु:ख देख्ने कोही छन्, न भरथेग गर्ने १” समय प्रतिकूल भएर बालीनालीमा असर पर्ने भएपछि लालाबालाको गुजाराको चिन्ताले गलाउने गरेको महतोले बताए ।  


 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालगन्ज नाकामा आयात–निर्यात वृद्धि

नेपालगन्ज। पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्ये एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा आयात तथा निर्यात दुवै वृद्धि भएको छ। नेपालगन्ज भन्सार ...

फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । ...

सङ्घीय सरकारबाट ६ महानगरलाई ११ अर्ब ७१ करोड रुपैयाँ अनुदान, कसले कति पाए ?

काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालय...

बोर्डिङ पास अनियमितता प्रकरणमा नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी बोर्डिङ पास अनियमितता प्रकरणमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइत...

झुटा कागजातका आधारमा नागरिकता दिएको आरोपमा वीरगञ्जका मेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजेशमान सिंह सहित सात ज...

सातै प्रदेशलाई १ खर्ब ९ अर्बभन्दा बढी बजेट हस्तान्तरण, मधेशले पायो सबैभन्दा धेरै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अन...

विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प...

कांग्रेस नीति प्रतिष्ठानको बैठकमा आन्तरिक आचारसंहितामा छलफल हुने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ । कांग्रेस केन्द्र...

एसियन गेम्स क्वालिफायरको उपाधि नेपालले जित्यो, हङकङ १९ रनले पराजित

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...

विश्वकपमा सहभागी हुन विदेश जाने तयारीमा रहेका एन्फा अध्यक्ष र महासचिवलाई राखेपले लगायो रोक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending