Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

एकीकृत समाजवादीद्वारा श्रम आयोग गठनको माग

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अनौपचारिक क्षेत्रका श्रमजीवीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न श्रम आयोग गठनको माग गरेको छ ।

केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मलेनमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम निरीक्षण प्रणालीजस्ता संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्दै श्रमको अवस्थामा सुधार ल्याउन सरकार र सम्बन्धित सबै सरोकारवाला पक्षसँग माग गर्नुुभयो । जनताको बचत अपचलन गरी ठूलो धनराशि दुरुपयोग गरेका सहकारी संस्थामाथि छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्नुुपर्ने उनको भनाइ छ । यस क्षेत्रमा देखिएका समग्र समस्या समाधानका लागि आर्थिक तथा वित्तीय अपराधमा संलग्न सबैलाई दण्डित गरी पीडित नागरिकको निक्षेप फर्काउन अध्यक्ष नेपालले सरकारसँग आग्रह गरे ।

मुलुकका विभिन्न स्थानमा यो वर्ष डढेलो र आगलागीमा परी ठूलो जनधनको क्षति भएकामा दुुःख व्यक्त गर्दै बैठकले घाइतेको निःशुल्क उपचार र धनजनको क्षति व्यहोरेका पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । आगामी मनसुनको समयमा सामान्यभन्दा अधिक वर्षा हुने भएकाले विषम मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै अधिक वर्षा र बाढी, पहिरोबाट हुने जनधनको न्यूनीकरण गर्न आवश्यक पूर्वतयारीमा रहन पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले नदी किनारा र बाढीले प्रभावित हुनसक्ने क्षेत्रका  जनतालाई सतर्क रहनसमेत अपिल गरेको छ ।

वर्षाको सुरूआत भएपछि मुलुकभर रोपाइँको गतिविधि तीव्र रूपमा अगाडि बढ्ने अवस्थामा रोपाइँका लागि आवश्यक पर्ने बीउबिजन र मलखाद आपूर्तिको व्यवस्था सुनिश्चित गर्न बैठकले माग गरेको छ । लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमीको संरक्षण गरी आर्थिक, वित्तीय तथा मौद्रिक नीतिहरूमार्फत अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न आग्रह गरेको छ ।

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगका लागि लगानीको वातावरण तयार गर्न, औद्योगिक विकासलाई तीव्रता दिन व्यवस्थापनमा सुधार गर्दा नाफामा जान सक्ने सार्वजनिक संस्थानहरूलाई सञ्चालन गर्न, औद्योगिक क्षेत्रको पूर्वाधार विकासमा तदारुकता देखाउन तथा लगानीमैत्री कानुन एवं छिटो–छरितो कार्यविधि निर्माण गर्न माग गरेको बैठकले वित्तीय सुविधामा निश्चित व्यावसायिक घरानाको मात्र पहुँच हुने वर्तमान वित्तीय एकाधिकारको स्थितिको अन्त्य गरी अधिकतम रोजगारी सिर्जना गर्ने साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्ने नीति तय गर्नुका साथै नेपालमा आयात हुने तयारी माल÷वस्तुमा भन्सार कम गर्ने तथा कच्चा पदार्थको आयातमा भन्सार दर बढी हुने व्यवस्थाको अन्त्य गरी उत्पादनमैत्री कानुनी व्यवस्था गर्न बैठकले सुुझाएको छ ।

इजरायलमा अध्ययन गर्न गएका नेपालका विपिन जोशी लामो समयदेखि हमासको कब्जामा रहेकाले बैठक उहाँलाई सकुशल मुक्त गर्न सम्बन्धित अधिकारीहरूसमक्ष बैठकले अपिल गरेको छ । रूस–युक्रेन युद्ध लम्बिँदै र जटिल बन्दै गएको, हतियारको अत्यधिक प्रयोग बढ्दै गएको र धनजनको क्षति त्यही रूपमा बढ्दै गएकाले आर्थिक विकासमा बाधा, खाद्यान्नको अभाव, महँगी, विश्वव्यापारमा तथा रोजगारीमा गिरावट, इन्धनको मूल्यमा बृद्धिजस्ता नकारात्मक प्रभाव बढ्दै गएको तथा युद्धरत मुलुकहरू तथा यस युद्धमा प्रत्यक्ष–अप्रत्यक्ष रूपले संलग्न मुलुकलाई संयमित हुन र वार्ताद्वारा समस्याको समाधानमा प्रभावकारी भूमिका खेल्न संयुक्त राष्टङ्घलगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई बैठकले अनुुरोध गरेको छ ।

बैठकले रूसी सेनामा नेपाली युवाको भर्ती कार्य रोक्न, युद्धमा मारिएका र घाइतेलाई क्षतिपूर्ति दिलाउन, रूसी सेनामा फसेका युवालाई स्वदेश फिर्ता गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न र गैरकानुनी रूपमा  रूसी सेनामा भर्ती गराउनेलाई कारबाहीको दायरामा ल्याउनेलगायत सरकारसमक्ष माग गरेको छ । बैठकले ताप्लेजुङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्कुमलुङ÷पाथीभारा क्षेत्रमा केबुलकार निर्माण गर्दा त्यहाँका आदिवासी लिम्बूको मुन्दुमी पवित्रस्थल, जैविक विविधता, महत्त्वपूर्ण जडीबुटीको संरक्षणको माग गरेको छ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी कानुन र नियमावलीलाई तत्काल कार्यान्वयन गरी किसानका जायज माग तुरून्त पूरा गर्न अनुुरोध गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending