Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank

खाँदवारी नगरपालिकाको न्यायिक समिति, काठमाडौँ महानगरको अध्ययन अवलोकनमा

खबरडबली संवाददाता

काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । कोशी प्रदेश, सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकाकी उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य नेतृत्वको अध्ययन टोलीसँगको छलफलका क्रममा डंगोलले यस्तो बताएकी हुन् । 

‘मेलमिलापकर्ताको शुल्क विवादका पक्षले दिँदा मनोवैज्ञानिक असर देखियो । यसपछि हामीले एउटा मेलमिलाप सत्रको १ हजार ५ सय रुपैयाँ शुल्क महानगरपालिकाले नै तिरिदिएर पक्षहरुले प्राप्त गर्ने सेवा निःशुल्क बनाएका छौँ । यो पनि एउटा अनुकरणीय काम हो ।’ डंगोलले भनिन्, ‘धेरै मानिसहरु भएका कारण अन्य पालिकाका तुलनामा काठमाडौँमा स्वभावैले विवादका संख्या धेरै छन् । हामीले मेलमिलापका माध्यमबाट विवाद समाधान गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।’

भेटका क्रममा खाँदवारी नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक महेश्वरा श्रेष्ठ बज्राचार्यले भनिन्, ‘हामी निर्वाचित भएर आउँदा २९ वटा विवाद दायित्वमा थिए । हामी आएपछि २७ वटा थपिए । अहिले २७ वटा छिनिएका छन् । २९ वटा छिन्न बाँकी छन् ।’ उनले विवादलाई वडाबाट समाधान गर्ने प्रयास गरिएको बताइन् । 

भूगोल, सामाजिक संरचना, शिक्षाको स्तरका कारण पालिकाहरुपिच्छे फरक फरक विवाद हुन सक्छन् । महानगरपालिकाको न्यायिक समितिका सदस्य कुश ढकालले भने, ‘काठमाडौँमा सबै जिल्लाबाट मानिस आउने भएकोले यहाँ सबै खालका विवाद आउने गरेका छन् ।’

छलफलमा खाँदवारी नगरपालिकाका न्यायिक समिति सदस्य उदिम राई,  उजुरी प्रशासक टंक डाँगीले खाँदवारी नगरमा दर्ता भएका उजुरी र यसलाई सुल्झाउन गरिएका अभ्यासमा कुरा गर्दै, लेनदेनका विवाद बढ्न थालेको, ज्याला मजदुरी जस्ता विषयमा उजुरीकर्ताले जसका विरुद्ध निवेदन दिनुभएको छ, उनी आउँछु भन्दै नआउने गरेकोले विवाद छिन्न कठिन भएको अनुभव सुनाएका थिए ।   

यस्तै कानुनी सल्लाहकार किरण शाक्यले क्षेत्राधिकारका विषयमा समितिहरुका विचमा साझा धारणा निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । 

त्यस क्रममा महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले, महानगरपालिकाले अबलम्बन गरेका कानुनी अभ्यास र महानगरपालिकाले जारी गरेका ऐनका बारेमा प्रस्तुतिकरण गरेका थिए । यस क्रममा खाँदवारी नगरपालिकाका कानुनी सल्लाहकार शाक्यले कागज धुल्याउने विषयमा सोध्नुभएको प्रश्नको जवाफमा आचार्यले, कागजलाई ४ भागमा बाँडेर धुल्याउने काम भएको बताए । ‘कहिल्यै धुल्याउन नमिल्ने, ५ वर्षमा धुल्याउन मिल्ने, १० बर्षमा धुल्याउन मिल्ने १५ वर्षमा धुल्याउन मिल्ने प्रकृतिको मापदण्डका आधारमा कागज धुल्याउने गरिएको छ ।’ आचार्यको भनाइ थियो । 

छलफलपछि टोलीलाई कानुन तथा मानव अधिकार विभाग, मेलमिलाप कक्ष, कानुनी सहायता कक्ष, सुनुवाई कक्षसहितका स्थानको अवलोकन गराइएको थियो ।

भेटपछि खाँदवारी नगरका प्रतिनिधि मण्डलले अहिलेसम्म जारी गरिएका कानुनहरु, स्थानीय उत्पादनका रुपमा रहेको रुद्राक्षको माला र व्रासलेट तथा सख्खर उपहार दिएका थिए । महानगरपालिकाकातर्फबाट अहिलेसम्म जारी भएका कानुनी संग्रह र विभागीय प्रमुख आचार्यले लेकह्का २ वटा पुस्तक प्रदान गरिएको गरिएको थियो ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज

काठमाडौँ । अभिनेत्री पुजा शर्माको एक्शन अवतार रहेको फिल्म दान्भी युट्युबमा रिलिज भएको छ । विहिबार फिल्म युट्युबको बुढा सुब्बा डिजिटल च्यानलमा रिलि...

फाइनलको यो हार बिर्सिन धेरै समय लाग्छः साम्बा

काठमाडौँ । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा ...

अर्सा र सेल रोटी बनाउन भ्याइनभ्याइ

पाल्पा। रामपुर नगरपालिका–४, देविस्थानका भागीरथ आलेको परिवारलाई यतिबेला रोटीका परिकार बनाउन भ्याइनभ्याइ छ । तिहार नजिकिदै गर्दा अर्सा, चिनी रोटी, सेल र...

सट्टेबाजी बजारको फेभरेट देखिए ट्रम्प !

काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिक आउदै गर्दा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ । चुनावको नतिजा कसैको पक्षमा ...

साफमा उपविजेता बनेको महिला फुटबल टिमलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रद...

बलिवुड फिल्म 'सिंघम अगेन' र 'भूल भुलैया- ३' साउदी अरबमा प्रतिबन्ध

काठमाडौँ । बलिवुडका चर्चित निर्देशक रोहित शेट्टीद्वारा निर्देशित र अजय देवगन अभिनित ‘सिंघम अगेन’ अनिस बज्मी निर्देशित र कार्तिक आर्यन स्टारर ‘भूल भुलै...

उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण

काठमाडौँ । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परिक्षण गरेको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको पुर्व सन्ध्यामा उत्तर कोरिय...

स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो

काठमाडौँ । भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको प्रशासनले जनाएको...

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती खेप्नु परेको छ । दसैँमा भत्ता नपाएका उनीहरूलाई तिहारका बेल...

मादल बिक्री गरी मनग्य आम्दानी

घोराही। चाडपर्वको समयमा घोराही उपमहानगरपालिका –१४ झिंगौरा निवासी जुठे बादीले मादल बिक्री गरेर राम्रो आम्दानी गर्दै आएको छन् ।  अन्य समयमा मादलको का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy