काठमाडौं । इक्वेडरको आसन्न राष्ट्रपतीय चुनावका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ। देशको उत्तरी सहर क्विटोमा बुधवार आयोजित एक कार्यक्रममा त्यहाँका सांसद फर्नान्डो भिल्लाभिसेन्सिओमाथि आक्रमण भएको थियो।
उनको प्रचार अभियान समूहका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार भिल्लाभिसेन्सिओ आफ्नो कारमा चढ्ने क्रममा एक व्यक्तिले उनको टाउकोमा गोली हानेका थिए।
प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सिओलाई तीन पटक गोली प्रहार भएको थियो। राष्ट्रपति गुइलेर्मो लासोले उनको मृत्यु भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन्।
सुरक्षाकर्मीसँग मुठभेड हुँदा सन्दिग्ध व्यक्तिलाई पनि गोली लागेको थियो र पछि उनको मृत्यु भएको महान्यायाधिवक्ताले जानकारी दिएका छन्। त्यहाँ आगामी अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ।
लासोले हत्याबाट आफू “आक्रोशित र स्तब्ध” भएको बताउँदै “अपराधीलाई दण्ड दिने” प्रतिबद्धता व्यक्त गरेका छन्। “सङ्गठित अपराध सफल ठहरिएको छ तर यसमा संलग्नहरूलाई कानुनअनुरूप सजाय दिइन्छ,” उनले भने। लासो यस पटक चुनावी मैदानमा उत्रिएका छैनन्।
गत महिना लासोले सङ्गठित अपराधसँग सम्बन्धित कैयौँ हत्याका घटना भएपछि तीन वटा प्रान्तमा आपत्कालीन अवस्था र रात्रिकालीन कफ्र्यू को घोषणा गरेका थिए।इक्वेडरमा लागू औषध कारोबारीहरूको बढ्दो उपस्थितिका कारण हिंसात्मक अपराधमा वृद्धि हुनु राष्ट्रपतिको चुनावी अभियानको मुख्य मुद्दा बनेको छ।
भिल्लाभिसेन्सिओको चुनावी अभियान पनि सुरक्षाका साथै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धतामा केन्द्रित थियो। यसअघि पत्रकारितामा संलग्न रहँदा उनले यिनै विषयमाथि लेख्थे। उनी पर्यावरणीय क्षति पनि कम होस् भन्ने चाहन्थे। गत साता पूर्व पत्रकार भिल्लाभिसेन्सिओले आफू र आफ्नो समूहलाई लागु औषध ओसार प्रसारमा संलग्न गिरोहका नेताले धम्की दिएको बताएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: