काठमाडौं । पर्वतका फोटो पत्रकार तथा कालीगण्डकी बचाऊ अभियानका अभियान्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पर्वतका पत्रकारहरूविरुद्ध फेसबुकमा लेखेको आरोपमा साइबर अपराधमा किटानी जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
गिरीले पर्वतका सक्रिय पत्रकारहरू नेता, दलाल, माफिया र तस्करहरूको गोजीमा रहेको भन्दै आरोप लगाएका थिए । उक्त आरोपले व्यक्तिगत जीवनमै असर गरेको भन्दै उनीविरुद्ध पत्रकार गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापालगायतले किटानी जाहेरी दिएका हुन् ।
विवाद सुल्झाउन समाधानको उपाय खोजी गरिएकोमा पार नलागेपछि पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यलय पर्वतका डीएसपी मधुसुधन न्यौपानेले नेपाल प्रेसलाई बताए ।
‘केही पत्रकार साथीहरुले नै उहाँविरुद्ध किटानी जाहेरी गर्नुभएको थियो हामीले मौखिकरूपमा समस्या समाधान गर्ने प्रयत्न गर्यौं यद्यपि सो सफल हुन नसकेपछि पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ भने गरिएको छैन’, न्यौपानेले भने ।
गिरीले कालीगण्डकीमाथि चलिरहेको गैरकानूनी दमनविरुद्ध मुकदर्शक बनेको भन्दै पत्रकारको भूमिकामाथि प्रश्न उठाउँदै आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - ०९:२९
काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...
आषाढ़ ११ गते, २०८३ - ०८:४९
काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...
आषाढ़ ११ गते, २०८३ - ०८:४५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...
आषाढ़ ११ गते, २०८३ - ०८:४२
काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...
आषाढ़ ११ गते, २०८३ - ०८:३९
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...
आषाढ़ ११ गते, २०८३ - ०८:३०
वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...
आषाढ़ ११ गते, २०८३ - ०८:२६
पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...
आषाढ़ ११ गते, २०८३ - ०८:२५
लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...
आषाढ़ ११ गते, २०८३ - ०८:२१
झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...



प्रतिकृया लेख्नुहोस्: