Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

हुलाकी राजमार्गको वन क्षेत्रमा सडक निर्माण अघि बढाइने

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत विगतमा अध्ययन हुन नसकेको खण्डमा अध्ययन अघि बढाउन लागिएको छ । वनका कारण राजमार्गको एक सय ७७ किमीको चितवन–नवलपरासी खण्डमा अध्ययन अघि बढाउन लागिएको हो ।

यसअघि बस्तीमा मात्रै निर्माणको काम भइरहेकामा अहिले त्यो सकेर वन क्षेत्रमा पनि निर्माण  गर्न खोजिएको हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख शुभराज न्यौपानेले बताए । उनका अनुसार कुनै पनि खण्डको सडक निर्माणमा जानु पहिले त्यहाँ आवश्यकता पर्ने होइन भनी पहिले पनि प्राथमिकता निर्धारण गर्न जरुरी रहेको छ । प्रमुख न्यौपानेले  भने, “अहिले नै आवश्यक परेको क्षेत्रमा अध्ययन गरेर  सडक निर्माणमा जान लागिएको छ ।

विगतमा हुलाकी राजमार्गका कतिपय खण्ड निर्माण गर्न नसकिएमा पूर्व–पश्चिम राजमार्ग नै प्रयोग गर्ने गरी छलफल भएको थियो । पूर्व–पश्चिम राजमार्ग हुलाकी राजमार्गको विकल्प नभएको र राज्यसँग रहेको सीमित स्रोत  सडकमा लगानी गर्दा त्यसले दिने प्रतिफल पनि हेर्नुपर्ने उनले बताए । प्रमुख न्यौपानेले भने, “त्यसैले अहिले चितवनलाई पहिलो प्राथमिकतामा राखेर अध्ययन गर्न लागिएको छ ।” 

चितवन र नवलपरासी पहिलो र दोस्रो प्राथमिकतामा बाँके र दाङको वन क्षेत्रलाई राखिएको निर्देशनालयले जनाएको छ । हुलाकी राजमार्गको बाँकी खण्डका लागि वनसँग समन्वय गर्दा चितवन–नवलपरासी खण्डको वातावरणीय अध्ययन गर्न सहमति दिएको उनको भनाइ थियो । 

यो खण्डमा विस्तृत अध्ययन प्रतिवेदनका लागि फाइल वन मन्त्रालयमा पठाउन लागिएको प्रमुख न्यौपानेले बताए । अहिले त्यो फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आएको छ । आफ्नो मन्त्रालयमा छलफल गरेर सहमतिका लागि वन मन्त्रालयमा पेस गर्ने जानकारी दिँदै उनले भने, “वन मन्त्रालयबाट सहमति भएपछि यो वर्ष ‘डिपिआर’ र ‘इआइए’ गर्न सकियो भने अर्को वर्ष निर्माणमा जान सकिएला ।”

अहिले त्रिवेणीदेखि ठोरीसम्मको खण्डमा अध्ययन गर्न वन मन्त्रालयले सहमति पनि दिइसकेकाले अघि बढाउन लागिएको हो । लुम्बिनी प्रदेशको बाँके, दाङ, र कपिलवस्तुमा पनि वन क्षेत्रका कारण सडक निर्माण हुन सकेको छैन । त्यहाँ अहिले लगानी धेरै नगर्दा पनि त्यो क्षेत्रमा हुलाकी राजमार्गले दिने सेवा फरक नपर्ने प्रमुख न्यौपानेको भनाइ थियो । 

“चितवनमा अहिले वनले अध्ययनका लागि सहमति दिइएको छ । विस्तृत अध्ययन गर्दा जनावरलाई  आवतजावतमा  असर नपर्ने गरी सडक निर्माण गरिने आयोजनाको तयारी छ,’’ उनले भने, “केही न केही गर्नुपर्छ भन्नेमा हामी प्रष्ट भए पनि कहाँकहाँ र कसरी गर्ने कति ठाउँमा बनाउने भनी विस्तृत अध्ययन भएपछि नै थाहा हुनेछ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending