पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताको कार्यान्वयनमा केन्द्रीकृत मानसिकता नै प्रमुख समस्याका रुपमा देखिएको बताएका छन् ।
जिल्ला समन्वय समिति कास्कीद्वारा आइतबार पदस्थापना दिवसका सन्दर्भमा आयोजित ‘जिल्ला समन्वय समितिको भूमिका’ विषयक वैचारिक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानत: प्राप्त अधिकार उपयोग हुन नसक्दा समस्या बढेको बताए ।
संविधानले व्यवस्था गरेका अधिकार संघबाट बन्नुपर्ने सम्बन्धित ऐन नबनेका कारण उपयोग हुन नसकेको जनाउँदै उनले जसका कारण समन्वय समितिका साथै प्रदेश सरकारको औचित्य तथा भूमिकामाथि प्रश्न उठ्न थालेको बताए ।
जिल्ला समन्वय समितिको प्रमुख भूमिका समन्वय र अनुगमन भएको उल्लेख गर्दै उनले उक्त भूमिकालाई पूरा गर्न साधन स्रोत र अधिकार जरुरी रहेको उल्लेख गरे । गण्डकी प्रदेशमा ६२ कानुन बनिसकेका र ४० बन्न बाँकी रहेको उनले बताए ।
प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रतिपक्षी दलका नेता खगराज अधिकारीले जिल्ला समन्वय समितिको भूमिकालाई बलियो बनाउन कानुनी प्रबन्धलाई प्रभावकारी बनाउनुपर्ने बताए । साधन स्रोतको कमीका साथै आफ्नै साधन स्रोत बनिनसकेको अवस्था रहेको उनको भनाइ छ ।
समन्वय समितिको काम न्याय दिनु पनि भएको उल्लेख गर्दै उनले यो सकेसम्म विवादमा पर्नु नहुनेमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जिल्ला समन्वय समितिको भूमिकालाई बलियो बनाउनका लागि अधिकारको सुनिश्चिततासँगै साधन स्रोतको व्यवस्थापन आवश्यक भएको बताए ।
जिल्ला समन्वय अधिकारी नवराज बरालले सरकारले जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार स्पष्ट हुनेगरी कार्यविधि नबनाइदिँदा समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको बताए । जिल्ला सभाको कोष खडा हुन नसकेको, सीमित साधन स्रोत आदि समस्याका रुपमा रहेको उनले बताए ।
कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधिले प्राप्त अधिकारको कार्यान्वयन, सीमित साधन स्रोत आदिका कारण भूमिका प्रभावकारी बनाउन नसकिएको धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - १२:५५
काठमाडौं। राहदानी छपाइसम्बन्धी ठेक्का विवादका बीच नेपालमा नयाँ प्रणालीमार्फत ई–पासपोर्ट उत्पादन तथा वितरण सेवा औपचारिक रूपमा सुरु भएको छ। राहदानी व...
आषाढ़ २९ गते, २०८३ - १२:३९
चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरि...
आषाढ़ २९ गते, २०८३ - १२:२८
काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि परिवारका सदस्यहरू प...
आषाढ़ २९ गते, २०८३ - ११:३१
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर...
आषाढ़ २९ गते, २०८३ - ११:१६
बारा। बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ६:३० बजे स्थानी...
आषाढ़ २९ गते, २०८३ - १०:४२
काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेख...
आषाढ़ २९ गते, २०८३ - १०:३३
घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छ...
आषाढ़ २८ गते, २०८३ - १७:४३
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...
आषाढ़ २८ गते, २०८३ - १७:२३
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...
आषाढ़ २८ गते, २०८३ - १७:१९
बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...



प्रतिकृया लेख्नुहोस्: